• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
मङ्गलबार, भदौ ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नगदे बालीतर्फ लोभिदै चितवनका किसान


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • चितवन । चितवनका किसान पछिल्लो समय नगदेबाली तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् ।

    Advertisement

    माडी नगरपालिका–३ का ओमप्रकाश महतो विगत पाँच वर्षदेखि तोरीखेती गर्दै आएका छन् । उनले यसभन्दा पहिला धान भित्र्याएपछि गहुँ र आलुखेती गर्दै आएका थिए । महतोले अहिले आफ्नो १० कट्ठा र भाडामा लिएको १० कट्ठा जग्गामा तोरीखेती गर्दै आएका छन् । उनले भने, “जङ्गली जनावारले तोरीबालीलाई कम क्षति गर्ने भएकाले यसमा जोड दिएका हौँ ।”

    यस क्षेत्रमा हात्ती, गैँडा, चित्तललगायतले अन्नबाली क्षति गर्ने गर्दछन् । अहिले माडीमा तोरी टन्न फलेको छ । महतोले भने, “हाम्रो गाउँमा ६० हेक्टरभन्दा बढी जमिनमा तोरी खेती गरिएको छ । तोरी छिटो पाक्ने तथा उचित मूल्य पनि पाइने भएकाले सबैले तोरीबाली लगाउने गरेका छन् ।”

    यस्तै खैरहनी नगरपालिका–१२ का नवीनकुमार श्रेष्ठ विगत दुई वर्षदेखि तोरीखेती गर्दै आएका छन् । उनले १६ कट्ठा जग्गामा तोरीखेती गर्दै आएका छन् । पानी कम लाग्ने र जनावरले समेत असर कम गर्ने भएपछि तोरीखेती गर्न थालेको उनको भनाइ छ ।

    श्रेष्ठले भने, “गहुँ र मुसुरो खेती ढिला पाक्छ, त्यसैले तोरी खेती गरेको हुँ ।” तोरी थन्काएपछि सोही बारीमा खर्बुजा खेती गर्ने योजनामा रहेको उनले सुनाए । तोरीले मूल्य पनि राम्रो पाउने भएकाले यो खेती गरिएको भए पनि अहिले बजार सुस्त हुँदा मूल्य घट्छ कि भन्ने चिन्ता लाग्ने गरेको श्रेष्ठको भनाइ छ ।

    कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा यस वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो । गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको केन्द्रका योजना अधिकृत उमराज अर्यालले बताए । उनका अनुसार यो क्षेत्रफल गत वर्षको तुलनामा सात हजार ८५ हेक्टरले बढी हो । गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यो वर्ष तोरी उत्पादनमा समेत वृद्धि हुने उनको भनाइ छ ।

    बर्खे धान र मकै लगाएका अधिकांश ठाउँमा तोरी खेती गरिएको छ । तोरी बाली छिटो पाक्ने, चैते धान लगाउन सहज हुने नगदे बाली भएकाले किसानको ध्यान यस बालीतर्फ गएको योजना अधिकृत अर्यालले बताए । उनले भने, “यस वर्ष मुसुरो र गहुँ बालीलाई समेत तेलहन बालीले विस्थापित गरेको छ ।”

    जिल्लामा गत वर्ष तीन हजार चार सय ६० हेक्टर क्षेत्रफलमा गहुँ र एक हजार पाँच सय ३६ हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएको थियो । अहिले कहीँ कतै मात्रै यी बाली लगाइएको पाइएको योजना अधिकृत अर्यालले बताए । तेलहन बाली प्रवर्द्धनका लागि सरकारले समेत कार्यक्रम बनाएको हुँदा यसतर्फ आकर्षण बढेको उनको भनाइ छ । (रासस)

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer