• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दश लाख पर्यटक आगमनको लक्ष्य पूर्ण


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • काठमाडौँ । सन् २०२३ को पर्यटन आगमनको सरकारी लक्ष्य पुरा भएको छ । सरकारले यस वर्ष १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । डिसेम्बर अन्तिम साता आइपुग्दा १० लाख पर्यटक भित्र्याएर सरकारले आफ्नो लक्ष्य पुरा गरेको हो ।

    Advertisement

    पर्यटन बोर्डका अनुसार डिसेम्बर २७, २०२३ बिहानसम्म ९ लाख ९९ हजार १०९ जना विदेशी पर्यटक नेपाल भित्रिसकेका थिए । जसमा बुधबार बेलुका ४ बजेसम्म थप ३ हजार बढी पर्यटक भित्रिएको अध्यागमन विभागले जनाएको छ । बुधबार मात्र नेपालीसहित कूल ६ हजार २०२ जना त्रिभुवन विमानस्थल अध्यागमन हुँदै नेपाल भित्रिएका छन् ।
    १० लाखको लक्ष्य पुरा हुँदै गर्दा पर्यटन क्षेत्रको सुधारमा सरकार सफलता भएको मान्न सकिए पनि समयमा नै पर्यटन गतिविधि प्रचारप्रसार तथा आवश्यक तयारी नहुँदा अझ बढी पर्यटक भित्र्याउन नसकिएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन् ।

    ‘भनेजस्तो भएको भए यो वर्ष नै प्रि–कोभिड (कोभिड–१९ महामारी पूर्व ) कै अवस्थामा पर्यटन क्षेत्र फर्किसक्थ्यो । हामीले समयमा नै विश्व बजारमा प्रचारप्रसार गर्न सकेनौँ । अनलाइन मार्केटिङको भरमा यत्रो पर्यटक भित्रिएका हुन्’ लामिछानेले भने, ‘अझ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरू फूल अप्रेसनमा लैजान सकिएको भए सहजै पर्यटन आगमनको सन् २०१९ लाई भेट्नेमा कुनै शङ्का थिएन,’ लामिछानेले रातोपाटीसँग भने ।

    ‘कोभिड–१९ पूर्व सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । २०१९ को तुलनामा यस वर्ष ८३.५३ प्रतिशतको रिकभरी हो । तथापि, यदि समयमा नै राम्रो मार्केटिङ गर्न सकिएको भए लक्ष्यमा थप ३ प्रतिशत पर्यटक आगमन थपिने पक्का थियो,’ लामिछानेले भने ।

    मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूले दोस्रो पटक मुलुकको नेतृत्व सम्हालेको एक वर्ष पुरा भएको अवसरमा देशका नाममा सम्बोधन गर्दै पर्यटन भित्र्याउने सवालमा सरकारले सफल भएको उद्घोष गरेका थिए ।

    पर्यटन क्षेत्रको लय करिब कोभिड–१९ पूर्व (सन् २०१९) कै अवस्थामा फर्किसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो वर्ष पर्यटकको सङ्ख्या लगभग रेकर्डकै रूपमा बढेको दाबी गरेका थिए ।

    भारतीय र बंगलादेशी पर्यटकको उत्साहप्रद आगमन

    नेपालको पर्यटन बजारको हिसाबले छिमेकी भारत र बंगलादेशी पर्यटकको उत्साहप्रद सहभागिता देखिएको छ । यो वर्ष भारतीय र बंगलादेशी पर्यटक सन् २०१९ को भन्दा पनि बढी आगमन भएको छ । सन् २०१९ मा भारतबाट २ लाख ५४ हजार १५० जना पर्यटक आएका थिए । तर यो वर्ष सोही बजारबाट २ लाख ८७ हजार २४४ पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ । सन् २०१९ को तुलनामा यो वर्ष भारतीय पर्यटक १३ प्रतिशतले वृद्धि भएको हो ।

    यसै गरी, सन् २०१९ मा जम्मा २५ हजार ८४९ जना मात्र बंगलादेशी पर्यटक आएकामा यो वर्ष ३१ हजार २७७ जना नेपाल आएको बोर्डले जनाएको छ । यसै गरी अमेरिकी पर्यटक समेत सन् २०१९ को तुलनामा केही सङ्ख्या बढेर ९३ हजार ३२७ जना भित्रिएका छन् । सन् २०१९ मा ९३ हजार २४१ जना अमेरिकी पर्यटक नेपाल आएका थिए ।

    सन् २०२३–२०३३ भ्रमण दशक घोषणा : ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य

    अघिल्ला तीन पटकको भ्रमण वर्ष घोषणाबाट असफल भएको सरकारले सन् २०२३ देखि सन् २०३३ लाई भ्रमण दशककै रूपमा मनाउने घोषणा गरेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेकोमा जम्मा २ लाख मात्र पर्यटक भित्रिएका थिए । भलै, कोभिड–१९ को असर देखाएर सरकार उम्किन पाएको थियो ।

    तर, यो पटक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण दशक घोषणा गरेको सरकारले सुरुवाती वर्षमा नै सफलता प्राप्त गरेको छ । सन् २०२३ मा १० लाख पर्यटक भित्र्याएको सरकारलाई आफ्नो लक्ष्य भेट्न अब २५ लाखको मात्र आवश्यक छ । तथापि, कोभिड–१९ अघिकै लय वार्षिक १२ लाख बढी पर्यटक भित्र्याउने तयारीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड लगायत पर्यटन सम्बद्ध निजी क्षेत्रहरू रहेका छन् ।

     

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer