• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एकबर्षमा प्रतिनिधिसभाको उपलब्धी: २३७ घण्टा लामो एक सयवटा बैठक, सिङ्गै एउटा कानून


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • काठमाडौँ । गत वर्ष मङ्सिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनपछि सुरु भएको प्रतिनिधि सभाको बैठक १ वर्षमा २३७ घण्टा २० मिनेट बसेको छ । यसमा दुवै सदनको संयुक्त बैठकको हिसाब गरिएको छैन । उक्त एक वर्षमा २ अधिवेशन सञ्चालन हुँदा पहिलो र दोस्रो अधिवेशनमा गरेर १ सय वटा बैठक बस्यो तर सो अवधिमा बजेट सम्बन्धी ३ विधेयकबाहेक जम्मा एउटा कानुन बनेको छ ।

    Advertisement

    गत असार ३१ गते मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको थियो । यस्तै ३ वटा बजेट सम्बन्धी विधेयकहरू पास भएका थिए । बजेटसम्बन्धी विधेयकलाई पनि समावेश गर्ने हो भने एक वर्षको अवधिमा जम्मा ४ वटा विधेयक संसद्बाट पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् ।

    हाल एउटा गैरसरकारी विधेयक सहित प्रतिनिधि सभामा २० विधेयक विचाराधीन अवस्थामा छन् । एक वर्षको अवधिमा प्रतिनिधि सभामा १३ विधेयक दर्ता भएका थिए भने राष्ट्रिय सभामा ६ वटा विधेयक दर्ता भएका थिए ।

    यी हुन प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेका २० विधेयकहरू

    प्रतिनिधि सभामा २ विधेयक दर्ता भई सांसदहरूलाई वितरण गरिएको छ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले औषधी तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक २०८० गैरसरकारी विधेयक र सरकारले दर्ता गरेको निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० सांसदहरूलाई वितरण गरिएको अवस्थामा रहेको छ ।

    यस्तै बैङ्किङ कसुर तथा सजाय विधेयक, २०८० र भन्सार विधेयक, २०८० सभामा प्रस्तुत गरिएको छ । सन्देश सहित प्राप्त भएका विधेयकहरूमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ र विद्युतीय व्यापार विधेयक, २०८० रहेका छन् ।

    यस्तै संसदीय समितिमा १५ विधेयक छलफलका क्रममा रहेको छ ।

    कानुन न्याय तथा मानव अधिकार समितिमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० रहेको छ ।

    राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्रिय सभामा उत्पत्ति भएर आएको अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, राष्ट्रिय सभामा उत्पत्ति भएर आएका २ विधेयक अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन विधेयक २०७६ र भ्रष्ट्राचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ छलफलको क्रममा रहेको छ ।

    राष्ट्रिय सभामा उत्पत्ति भएर आएको खाद्य स्वच्छता तथा मूल्याङ्कन, २०७६ कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा विचाराधीन रहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राष्ट्रिय सभाबाट उत्पत्ति भएर आएको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७, विद्युत् विधेयक, २०८० पूर्वाधार समितिमा विचाराधीन रहेको छ ।

    राष्ट्रिय सभामा उत्पत्ति भएर आएका विधेयकहरू सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक २०७९ शिक्षा, स्वास्थ्य तथा प्राविधिक समितिमा छलफलका क्रममा रहेको छ । यस्तै सोही समितिमा विद्यालय शिक्षा विधेयक, २०८० पनि छलफलका क्रममा रहेको छ ।

    यस्तै राष्ट्रिय सभामा अध्यागमन विधेयक, २०७६, विधायन सम्बन्धी विधेयक, २०८०, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० गरी ३ विधेयक कार्यवाही प्रक्रियामा रहेका छन् ।

    यो एक वर्षको अवधिमा प्रतिनिधि सभामा दुई अधिवेशन सम्पन्न भए । पहिलो हिउँदे अधिवेशन अघिल्लो वर्षको पुस २५ गते सुरु भएर वैशाख १५ गतेसम्म ११० दिन चलेको थियो । जसमध्ये २८ दिनमा २८ पटक बैठक बसी ९२ घण्टा ३० मिनेट संसदीय काम कारबाही भएको थियो । यस्तै गत वर्ष माघ २७ गते संयुक्त सदनको एउटा बैठक ५० मिनेट चलेको थियो ।

    यस्तै प्रतिनिधि सभाको दोस्रो अधिवेशन २०८० साल वैशाख २४ गते सुरु भएर कात्तिक १६ गतेसम्म १८० दिन चालू रहेको थियो । जसमध्ये ६१ दिनहरूमा ६५ पटक बैठक बसी जम्मा २४४ घण्टा ५० मिनेट संसदीय काम कारबाही भएको थियो । साथै यो अवधिमा संयुक्त सदनको जम्मा ६ वटा बैठक बसी ७ घण्टा ५ मिनेट संसदीय गतिविधि भएको थियो ।

     

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer