• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्यटन बोर्डलाई बनाइदै अनियमितताको पर्याय


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • काठमाण्डौ। नेपाल पर्यटन बोर्ड बदनामीको पर्यायजस्तै बन्न थालेको छ । तत्कालीन निमित्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौलादेखि सुरु भएको बदनामीको सिलसिला अहिलेका सीईओ धनञ्जय रेग्मीसम्म आइपुग्दा चरम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनका लागि स्थापित बोर्ड उद्देश्यविपरीत अभियानमा लागेको छ । बोर्डको प्रवर्द्धन अभियान अन्तर्राष्ट्रिय बजारमा भन्दा पनि गाउँघरमा केन्द्रित हुन थालेको छ ।

    Advertisement

    करिब ४० वर्षको इतिहासमा पहिलोपटक यो वर्ष नेपालले वर्ल्ड ट्राभल मार्टमा सहभागिता जनाएन । नेपाल पर्यटन बोर्डभन्दा पहिलादेखि सहभागी हुँदै आएकाे इभेन्टमा यसपटक सहभागी नहुने स्थितिको निर्माण सीईओ रेग्मीले नै बनाएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र तत्कालीन सचिव भरतमणि सुवेदीसँगको टसलका कारण गत असोजमा हुने उक्त मार्टमा नेपाल गएन । बेलायतमा हुने उक्त मार्ट संसारकै ठूलोमध्येको एक हो । जहाँ बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने गर्थ्यो । यो वर्ष मार्टमा बोर्ड सहभागी नहुने निर्णयचाहिँ सीईओको एकल झोँकमा भएको हो ।

    मन्त्री किराँतीले बोर्डको बजेट निर्माणका क्रममा असहमति जनाए । अनि, कार्यक्रमहरू संशोधन गर्न लगाए । त्यसले गर्दा बजेट निर्माण प्रक्रियामा केही ढिलाइ भएको थियो । रेग्मीले चाहेअनुसार बजेट नआउने भएपछि मन्त्रीसँग बार्गेनिङ गर्न सीईओ रेग्मीले बजेट अभाव देखाएर बेलायतको ट्राभल मार्टमा नजाने निर्णय गरे, जुन निर्णय ४० वर्षको इतिहासमै पहिलो थियो । रेग्मीकै कारण बेलायतको वर्ल्ड ट्राभल मार्ट मात्र होइन, जर्मनीमा हुने आईटीबीमा समेत सहभागी नहुने खतरा बढेको छ । बेलायतको ट्राभल मार्ट खासमा रेग्मीको विवादास्पद छवि निर्माणका लागि सहयोगी बनेको थियो । २०७८ सालमा विमानस्थलमा सीईओ रेग्मीले भन्सारका कर्मचारी कुटेको घटना त्यही मार्टबाट फर्किने क्रममा भएको हो ।

    २० कात्तिक २०७८ मा बोर्डका सीईओ रेग्मी वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर काठमाडौं ओर्लिए । जब क्वीआर ६५२ विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर रेग्मी भन्सार कार्यालय पुगे, त्यहाँ उनको झोलामा विदेशी मदिरा चिभास रिगल २ बोतल भेटियो । त्यति मात्र होइन, उनी स्वयम् मदिराले लठ्ठ परेका थिए, त्यतिबेला भन्सार कर्मचारीले रेग्मीमाथि प्रश्न उठाए । प्रश्न उठाएलगत्तै भन्सारका कर्मचारी नासु सुमन थापासँग विवाद बढ्यो अनि रेग्मीले आफूसँग भएको झोलाले भन्सार कर्मचारी थापालाई हिर्काए ।

    त्यसपछि विवाद थप बढ्यो, बिहान ९ बजे विमानस्थल ओर्लिएका रेग्मी अभद्र व्यवहारका कारण भन्सारमा केही घण्टा ‘नियन्त्रण’मा रहन बाध्य भए । त्यति मात्र होइन, लिखित रूपमै माफी मागेपछि बल्ल उनले छुटकारा पाए । रेग्मीले भन्सार कार्यालयमा बुझाएको लिखित प्रतिबद्धतामा भनेका छन्, ‘आज मिति २०७८/०७/२० गते म क्वीआर ६५२ बाट यस विमानस्थलबाट ९ बजे ओर्लेर भन्सार क्षेत्रमा मैले भन्सार कर्मचारीलाई गरेको व्यवहार आवेशबाट हुन गनएकाले आज उप्रान्त यस प्रकारकाको व्यहार हुने छैन भन्ने प्रतिबद्धता गर्दछु ।’

    भन्सार ऐन २०६४ को दफा ५८ मा कुनै व्यक्तिले भन्सार अधिकृत वा भन्सार कार्यालयको कर्मचारीलाई यस ऐन र यस ऐनअन्तर्गत बनेको नियमले दिएको अधिकार प्रयोग गर्न जानाजानी बाधा अवरोध पुर्‍याएमा भन्सार अधिकृतले त्यस्तो व्यक्ति सरकारी कर्मचारी भएमा ५ हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था गरिएको छ । त्यही व्यवस्थाअनुसार लिखित प्रतिबद्धतापछि सीईओ रेग्मीलाई ५ हजार जरिवाना गराइएको थियो । झण्डै ३ घण्टा विमानस्थलमा रेग्मीको विषयले लफडा सिर्जना भएंको थियो । त्यसै पनि अरुलाई आतिथ्यता र संस्कार सिकाउने र प्रवर्द्धन गर्ने निकायमा बसेका रेग्मीको हर्कत आलोच्य मात्र थिएन, कारबाहीयोग्य नै थियो । हुन पनि, रेग्मीको हर्कतले पर्यटन बोर्डको हित तथा छविमा गम्भीर आघात पारेको थियो ।

    त्यतिबेला भन्सारका कर्मचारीमाथि हातपात गरेको मात्र होइन, सहभागितामा पनि प्रश्न थियो । अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि कम्तीमा १५ निजीक्षेत्रका कम्पनी सहभागी हुनुपर्ने व्यवस्था थियो । त्यतिबेला छवटा मात्रै कम्पनीलाई बोकेर बोर्डका सीईओ रेग्मी बेलायत उडेका थिए । बेलायतको उक्त कार्यक्रमका लागि १ करोड २० लाख रुपैैयाँ बजेटको व्यवस्था गरिएको थियो । त्यतिबेला सहभागिताको संख्या र खर्च विवरणमा प्रश्न उठेसँगै अभद्र व्यवहारले थप चर्चा पायो । त्यसको २ वर्षपछिचाहिँ रेग्मीले मार्टमा नजाने नै निर्णय गरिदिए ।

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल असार ५ गते (१९

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer