• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पास हुन भन्दा सर्टिफिकेट झिक्न गाह्रो: त्रिवि पनिका


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बिहानैदेखि विद्यार्थीको लाइन लाग्छ । सर्टिफिकेट झिक्न, नाम थर बिग्रिएको सच्याउन, प्रतिलिपि निकाल्न, नम्बर सच्याउन लगाययका कामका लागि विद्यार्थी बल्खु पुग्छन् । तर दिनभर लाइनमा बस्दा पनि काम नहुने गरेको गुनासो विद्यार्थीहरूको छ । ‘पास गर्न सजिलो, सर्टिफिकेट झिक्न गाह्रो,’ दिनभर लाइनमा बसेका एक विद्यार्थी बुधबार दिउँसो ठूलो स्वरमा भन्दै थिए ।

    Advertisement

    उनी मात्र होइन, ठेलामठेल गर्दै लाइनमा बसेका विद्यार्थीको एउटै स्वर थियो । फारम भरेपछि बैंकको लाइनमा बस्नु पर्ने । पालो कुर्दाकुर्दै दिन जाने तर काम नहुने गरेको गुनासो विद्यार्थीको छ। बुधबार दिउँसो १ बजे परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्दा झ्याल झ्यालमा विद्यार्थीको लाइन थियो ।

    तल गेटमा भने स्वतन्त्र विद्यार्थी युनियनले १० सुत्रीय माग राखेर ठूलो ब्यानर झुण्ड्याइरहेको थियो । पनिकाको बेथिति अन्त्य हुनुपर्ने माग राखेर त्रिविका विद्यार्थी नेता नारा लगाउँदै थिए । ‘विश्वविद्यालय पदाधिकारी जागिर हो कि जिम्मेवारी ? कुलपतिज्यू, राजनीतिक भागवण्डाबाहेक अरु बेला विश्वविद्यालय कहिल्यै सम्झिनुभएको छ ? परीक्षा उत्तीर्ण गर्न भन्दा प्रमाणपत्र लिन किन यति धेरै सास्ती ?,’ ब्यानर र नारा बनाएरै उनीहरू प्रश्न गरिरहेका थिए ।

    त्रिविमा पदाधिकारी राजनीतिक भागवण्डाको आधारमा गर्न नहुने, शैक्षिक क्यालेन्डरको लागू गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यालयको सुधार गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन सुरु गरिएको स्ववियु सभापति श्यामराज ओझाले बताए । ad100395-98af-425f-b5cc-
    ‘विश्वविद्यालयको सुधार, परीक्षा नियन्त्रण कार्यालयको सुधारको लागि डिजिटलाइजेसनको माग राखेका छौँ । पदाधिकारीको अकर्मण्यताका कारण आन्दोलन गर्न बाध्य भएका हौँ,’ उनले भने । प्रमाणपत्र पाउन विद्यार्थीले पाउनु परेको दुःखको अन्त्य गर्न आन्दोलन गरिएको उनी बताउँछन् ।

    ‘स्ववियु चुनावपछि परीक्षा नियन्त्रण कार्यालयमा आएर ढिलासुस्ती अन्त्य गर्न ज्ञापनपत्र बुझायौँ । तीन दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने र अनलाइन प्रणालीमा लैजने भनियो तर अहिलेसम्म कार्यान्यवयन भएन,’ ओझाले भने ।

    त्रिविको ६१ औँ ग्रेसलिस्टमा ७३ हजार विद्यार्थी थिए । प्रमाणपत्र बनाउन आउने विद्यार्थीको संख्या धेरै भएका कारण भिड भएको पनिकाको तर्क छ ।

    ‘विद्यार्थीको संख्या धेरै छ । दीक्षान्त समारोहलाई आधार मान्ने हो भने पनि वार्षिक ७३ हजारले प्रमाणपत्र लिन्छन्,’ सहायक परीक्षा नियन्त्रक पवन बराल भन्छन् । पनिका प्रविधिमैत्री हुन नसके कारण असहज भएको भने उनी स्वीकार गर्छन् । ‘आइटी फ्रेण्डली भएको भए सहज हुने थियो । कति काम विद्यार्थीले घरबाट गर्न सक्ने थिए,’ उनी भन्छन् ।अहिले आइटीको काम भइरहेको उनी बताउँछन् ।

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer