• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पशुपतिनाथको सम्पत्ती कति छ ?


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • काठमाडौँ । हिन्दुहरूको प्रमुख आस्थाको केन्द्रको रुपमा रहेको पशुपतिनाथ मन्दिरको भेटी, भाडा तथा बैंक व्याजबाट उठेको कूल २ अर्ब ७८ करोड रुपमा बैंकमा मौज्दात रहेको छ ।

    Advertisement

    बिहीबार प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले कोषका नाममा खोलिएका विभिन्न बैंकका खातामा मुद्दती, अक्षयकोष र बचत रकम गरी सो मात्राको रकम रहेको जानकारी दिए । चल्ती र बचत खातामा ४१ करोड रुपैयाँ रहेको छ भने अक्षयकोष तथा मुद्धति खातामा २ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

    पशुपतिको जग्गा एयरपोर्टसम्म रहेको र त्यहाँ नागरिक उड्डयन प्राधिकरणले जग्गा प्रयोग गरेकोले त्यसबापत १ करोड रुपैयाँ वार्षिक भाडा आउने उनले जानकारी गराए । यस्तै तारागाँउ विकास समितिले वार्षिक ४९ हजार ६ रोपनि जग्गा भाडा बापत दिने गरेको उनले उल्लेख गरे ।

    पशुपति क्षेत्र घुम्न आउने तेस्रो मुलुकका पर्यटकबाट मात्रै दैनिक ५ देखि ६ लाख रुपैयाँसम्म भेटी संकलन हुने खत्रीले जानकारी दिए । दैनिक भेटी पर्यटनबाट र पशुपति क्षेत्रका सटर पसल भाडाबाट आएको रकम नै आम्दानीको मुख्य स्रोत रहेको उनले बताए । दैनिक भेटी संकलन गर्न ९ वटा घ्याम्पा राखिएको र हरेक दिन गनेर बैंकमा जम्मा गर्ने गरिएको खत्रीले जानकारी गराए ।

    कति छ पशुपतिनाथको जग्गा ?

    समितिको बैठकमा सांसदहरुले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुलाई पशुपतिनाथको नाममा कति जग्गा रहेको छ भनेर प्रश्न गरेका थिए । तर सदस्यसचिव राजकुमार खत्रीले हालसाविकको क्रममा रहेकोले जग्गा कति छ भन्ने यकिन विवरण आउन बाँकी रहेको बताए । उनले यसअघि कायम भएको जग्गा विवरण अनुसार त्रिभुवन विमानस्थलमा ११ सय ६१ रोपनी १४ आना ३ पैसा जग्गा रहेको जानकारी दिए । यस्तै तारा गाउँ विकास समितिमा १७ रोपनी, पशुपति क्षेत्र विकास कोषले अधिग्रहण गरेको १५ सय ५ रोपनी २ आना २ पैसा, कोषको गोठाटारमा ५३५ रोपनी, मठ मन्दिर, शिवालय ११९ रोपनी १५ आना २ दाम र महास्नान गुठीको १२ सय ४१ रोपनी १ आना २ दाम जमिन रहेको बताए ।

    कोषले काठमाडौँमा जयबागेश्वरीमा प्राचीन पोखरी पत्ता लगाएको खत्रीले बताए । साढे ६ रोपनी प्राचीन पोखरी रहेको जग्गा पत्ता लगाएको बताउँदै सो पोखरी रहेको जग्गामा केही व्यक्तिले घर खाली गरिसकेको र केही घर खाली गर्न बाँकी रहेको जानकारी गराए । घर खाली गराएर कोषले पोखरी बनाउने खत्रीले जानकारी दिए । उनले कर्मचारी व्यवस्थापनमा समस्या रहेको समितिमा जानकारी गराए ।

    मुख्य लेखा अधिकृत नभएको र नियम अनुसार करारमा केही जनशक्ति राख्ने गरिएको बताए । बैंकहरुले व्यवस्था गरिदिएका ६० जना सरसफाईकर्मी रहेको खत्रीले जानकारी गराए ।

    पशुपति क्षेत्रमा भाडामा लगाउनका लागि ३८ वटा पसल तयार रहेको र १६४ वटा फूल पसल संचालन गर्न लागिएको बताए ।

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer