• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मकैको च्याख्ला र चामल कुन उत्तम ?


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • अहिले चामलको विकल्पमा धेरैले च्याख्ला खाने गर्छन् । के चामलको साटो मकैको च्याख्ला उपयुक्त हुन्छ ? धेरैको मनमा यो प्रश्न हुनसक्छ ।

    Advertisement

    उपलब्ध हुँदा मकैको च्याख्ला खानु पनि स्वास्थ्यको हिसाबले राम्रो हो । तर, चामल चाहिँ विष नै यो त छुनै हुन्न भन्ने पनि हैन । बजारमा पाइने पोलिस भएको चामलमा कार्बोहाइड्रेट मात्र बढी पाउने भयो । त्यसैले तरकारी दालसँग मिसाएर खाइन्छ, यसरी सागसब्जी दालसँग खाँदा चामल पनि त्यति बेफाइदाजनक हैन । चामलबाट कार्बोहाइड्रेट, सागबाट भिटामिन मिनरल्स प्राप्त हुन्छ ।

    चामल कार्बोहाइड्रेट, च्याख्ला फाइबरको राम्रो स्रोत

    मकैको च्याख्ला पाए चाहिँ खाने, चामल खाँदै नखाने बिष नै हो भन्ने होइन । चामलमा पनि शरीरलाई शक्ति दिने कार्बोहाइड्रेट पाइन्छ । तर च्याख्लामा धेरै फाइबर हुने भएकोले र यसमा भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट पाइने भएकोले च्याख्ला खानु राम्रो हो ।

    चामल चटक्कै छाडेर च्याख्ला खाँदा

    चामल चटक्कै छाडेर च्याख्ला खाँदा शरीरलाई सिधै असर त गर्दैन । तर, मकैमा कतिपय अमिनो एसिडहरूको अभाव हुन्छ ।

    हाम्रो शरीरलाई चाहिने ‘अलैलिन’ र ‘ट्रिप्टोफान’ लगायतका अमिनो एसिड पाइँदैन । त्यसैले मकैको च्याख्लाले मात्र पोषण पुरा गर्दैन, हरियो सागपात, दाल, गेडागुडीसँग मिलाएर खानुपर्छ । जसरी हामी चामलको भात खाँदा जसरी दाल तरकारीसँग खान्छौ त्यसरी खाँदा कुनै असर पर्दैन ।

    च्याख्ला मा पोषक तत्वको भण्डार

    धानलाई ढिकीमा कुटेर त्यसको भुस मात्र निकालेको चामलमा पनि धेरै पोषक तत्त्व पाइन्छ । विभिन्न भिटामिन मिनरल्स पनि त्यसमा पाइन्छ । तर , बजारमा पाइने चामल पोलिस गरेको भुस र ढुटो निकालेको हुन्छ । जसले गर्दा चामलमा स्टार्च मात्र हुन्छ ।

    केपी लम्साल
    बजारमा पाइने चामलसँग तुलना गर्दा च्याख्लामा धेरै पोषक तत्त्व पाइन्छ । च्याख्लामा भिटामिन सी, डी, इ, लगायतका भिटामिनहरू पाइन्छ । मकैको बोक्रासहित बनाइने भएकोले यसमा प्रशस्त फाइबर पनि हुन्छ ।

    च्याख्ला ले पाचन प्रणाली राम्रो

    च्याख्लामा प्रशस्त मात्रामा फाइबर हुने भएकोले पाचन प्रणालीलाई राम्रो बनाउँछ र पेट सफा रहन्छ । यसमा विभिन्न भिटामिन मिनरल्स पनि पाइने भएकोले यसले शरीरलाई चाहिने पोषण पनि दिन्छ ।

    च्याख्ला लाई राम्ररी भण्डारण गर्नु जरुरी

    मकैको मुख्य समस्या भनेको ‘माइकोटोसिन’ढुसीले निकाल्ने विषाक्त रसायन हुन्छ, जुन शरीरको लागि घातक हो । नेपाल जस्तो भण्डारण गर्ने राम्रो व्यवस्था नभएको ठाउँमा त्यो ढुसी उत्पन्न हुने सम्भावना हुन्छ ।

    त्यस्तो ढुसी आएपछि गाईबस्तुलाई खुवाउने चलन हुन्छ । गाईबस्तुलाई खुवाउँदा पनि त्यो दूध मार्फत आउँछ । त्यसैले राम्ररी भण्डारण गरिएन वा राम्ररी प्याक गरिएन भने यो ढुसीको समस्या हुन्छ । नत्र मकैमा मिसावट र विषादी हुने भय हुँदैन ।

    ढिँडो र च्याख्ला उस्तै

    मकैको ढिँडो र च्याख्लाबाट लगभग उस्तै पोषक तत्त्व प्राप्त हुन्छ । बोक्रा नफाली पिठो च्याख्ला बनाएको छ भने दुवैमा उस्तै पोषक तत्त्व पाइन्छ । तर, पिठो बनाउँदा बोक्रा फालिने भएको पोषक तत्त्वमा फरक पर्छ । मकैमा पाइने फाइबर र केहि भिटामिनहरू पनि घट्छ ।

    ढिँडो खाए पनि च्याख्ला खाए पनि बोक्रा नफालिएको खानु पर्यो । बोक्रा फालेर बनाइएको पिठोको ढिँडोमा पोषक तत्त्व कम हुने भएकोले मकैको बोक्रा नफालिएको च्याख्ला खानु नै उपयुक्त हुन्छ ।

    मधुमेहमा च्याख्ला नै राम्रो भन्ने हुँदैन

    मधुमेह छ भने चामल तुरुन्तै छोडेर च्याख्ला , रोटी जति खाए पनि हुन्छ भन्ने जुन भ्रम छ त्यो गलत हो । रगतमा सुगर बढ्ने भनेको खानाबाट आउने कार्बोहाइड्रेट र इस्ट्राचबाट हो । त्यसैले ढिँडो र च्याख्लामा फाइबर हुने भएकोले चामलको हिसाबमा केही फाइदाजनक हुन सक्छ ।

    मधुमेहको हकमा ‘ग्लाइसेमिक इंडेक्स’ खानेकुरामा भएको चिनीजन्य पदार्थले रगतमा चिनीको मात्र कसरी बढाउँछ भन्ने हो । ‘ग्लाइसेमिक इंडेक्स’ कम भएको खानेकुरा मधुमेहको लागि राम्रो मानिन्छ । मकैमा चामलको भन्दा बढी ‘ग्लाइसेमिक इंडेक्स’ हुन्छ । यो च्याख्लामा ९३ देखी ९८ प्रतिशत हुन्छ भने चामलमा ७३ देखी ८० प्रतिशत हुन्छ । यो हिसाबले चामलले भन्दा च्याख्लाले मधुमेह बढाउने भयो ।

    फाइबरको हिसाबले हेर्दा भने च्याख्लामा बढी हुन्छ त्यसैले उपलब्ध छ भने च्याख्ला खाँदा पनि हुन्छ । कति मात्रामा खाने त्यो बढी महत्त्वपूर्ण हुन्छ । प्रशस्त फाइबर भएकोले मोटोपना नियन्त्रण गर्न भने च्याख्ला चामल भन्दा उपयुक्त हुन्छ । एउटै खानेकुरा सबै रोगको लागि उपयुक्त हुँदैन परिस्थिति र रोग हेरेर फरक पर्न सक्छ ।

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer