• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पोखरा – मुग्लिन सडक यात्रुलाई सधैको सास्ती


  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
  • तनहु। पानी पर्नासाथ हिलाम्मे, अरू बेला धुलाम्मे सडकका कारण चीनको निर्माण छविलाई नै धमिल्याउने काम गर्‍यो । पृथ्वी राजमार्गमा चिनियाँ निर्माण कम्पनीकै चित्र कहिले हिलाम्मे त कहिले धुलाम्मे बनेको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्ण पण्डितको विश्लेषण छ ।

    Advertisement

    १ भदौमा नीति तथा योजना आयोग गण्डकीले दोस्रो पञ्चवर्षीय योजनाको अवधारणाबारे राखेको छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलले नेपालको विकास कस्तो हुन्छ भनेर पोखरा–मुग्लिन सडकलाई हेर्न आग्रह गरे । पोखरा–मुग्लिन सडक सम्झिंदा मात्रै पनि बिरामी पर्ने भन्दै उनले सडककै कारण आफू घर जान नसकेको सुनाएका थिए । १० असोजमा पोखरामा आइपुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि पोखरा–मुग्लिन सडकमाथि व्यंग्य गरे । भारतले छिटो सडक बनाएर विश्व रेकर्ड कायम गरेको भन्दै उनले भने, ‘यो सडक कसले बनाइरहेको छ, थाहा छैन तर हामीले बनाएको भए यस्तो हुँदैनथ्यो ।’

    मुग्लिन–पोखरा सडक खण्डलाई ४० देखि ६० किलोमिटर प्रतिघण्टाको दूरीमा सवारी साधन गुडाउन मिल्ने गरी ६ लेन र ४ लेन सडकको ठेक्का दुई चिनियाँ कम्पनीले पाएका हुन् । दुवै खण्डको निर्माण सुस्त छ । त्यसमध्येको पश्चिमी खण्डमा कामै हुन नसकेर बदनामी नै कमायो । अहिलेसम्म यो खण्डमा १४ प्रतिशत मात्र काम सकिएको छ । पूर्व खण्डका लागि माघ २०७७ मा ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०८१ साल वैशाखसम्म निर्माण सक्ने प्रतिबद्धता जनाएको थियो । अहिलेसम्म पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम भएको छ ।

    पश्चिम खण्डका लागि २०७८ जेठमा ७ अर्ब ४० करोड ४६ लाखको ठेक्का सम्झौता गरेको यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पनि २०८१ साल भदौसम्म काम सक्नुपर्ने थियो । तर सम्झौता अवधि सकिनै लागिसक्दा पनि चिनियाँ ठेकेदार कम्पनीले निकै सुस्त गतिमा काम गर्दा पोखरासँगै गण्डकी प्रदेशकै पर्यटन क्षेत्र प्रभावित भयो । स्थलमार्गबाट आउने भारतीय पर्यटकहरू बीच बाटोबाटै फर्किन थालेपछि पोखराका पर्यटन व्यवसायी, पृथ्वी राजमार्ग क्षेत्रका स्थानीयले सरकारको ध्यानाकर्षण गराए । शुक्लागण्डकीमा स्थानीयले आन्दोलनै गरे ।

    भौतिक पूर्वाधार मन्त्रालयले दुई पटकसम्म ठेक्का तोड्न सक्ने आशयको पत्र नै काट्यो, तर कामको गति नबढेपछि प्रचण्ड सरकारमा सुरुमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले चिनियाँ राजदूतलाई समेत लगेर सडक देखाए । त्यसबेला मन्त्रीहरूले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कामको गति सन्तोषजनक भए/नभएको जानकारी गराउन भनेका थिए । सोमबार सडकको निरीक्षणमा गएका मेयर आचार्यले अहिले भने कामको गति बढेको पाएको सुनाए । ‘भौतिक पूर्वाधार मन्त्रीले स्थलगत रूपमा हेरेर जानकारी गराउनू भनेपछि हामीले काम हेर्‍यौं, निर्माण कम्पनीका व्यक्तिहरूलाई भेट्यौं’ मेयर आचार्यले भने, ‘अहिले कामले केही गति लिएको देखियो ।’ बर्खामा हिलो र अरू बेला धुलो सहेका शुक्लागण्डकी, म्याग्दे, पोखराका स्थानीयमा पनि आशा पलाएको छ ।

    बल्ल बढ्यो कामको गति

    निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर फाङ इफाका अनुसार अहिले सम्झौता अवधिभित्रै काम सक्ने अवस्था नभए पनि कोरोनाकालमा काम नभएको ६ महिना बराबर म्याद थप्दा सडक विस्तार सक्ने लक्ष्य छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिमी सडकखण्डमा अहिले ४० वटा एक्साभेटर, १० वटा लोडर र ६ वटा ग्रेडरसहित करिब ४०० कामदार खटिएका छन् । ठेकेदार कम्पनीको उपाध्यक्ष आफैं नेपालमा छन् भने नेपाली सहित ६० जना इन्जिनियर फिल्डमा छन् । ‘समस्या धेरै सुल्झिंदै गएका छन्, अहिले द्रुत गतिमा काम भइरहेको छ’ कम्पनीका इन्जिनियर अनुप श्रेष्ठले भने, ‘यही योजनालाई द्रुत बनाउन कम्पनीका उपाध्यक्ष नै आउनुभएको छ ।’ अहिले सबै सडक निर्माणको काम चिनियाँ ठेकेदार कम्पनीले नै गरिरहेको छ । यसअघि दुई वटा ठेकेदार कम्पनीलाई दिइएको पेटी ठेक्का तोडेर अहिले आफैं गरिएको कन्ट्रयाक्ट म्यानेजर फाङले बताए । काम नगर्ने मनसाय आफूहरूको नभए पनि बिजुलीका पोल सार्ने, खानेपानी पाइप, रूख काट्ने, घर भत्काउने जस्ता प्रक्रियागत विषयले ढिला बनाएको उनले बताए ।

    ‘अहिले तपाईंहरूले हेर्न सक्नुहुन्छ, धमाधम काम भइरहेको छ । मेसिनहरू आइरहेका छन् । अबको १५ महिनाभित्र लक्ष्य नजिक पुग्नुपर्छ भनेर आदेश आएको छ’ उनले भने, ‘बरु घाटा नै व्यहोरेर पनि यो योजना सफल पार्नुपर्छ भनेर उपाध्यक्षज्यू नै लाग्नुभएको छ । दिन–रात काम थालिएको छ ।’ फागुनबाट कालोपत्रे सुरु गर्ने तयारी छ । त्यसका लागि १६ करोडमा नेपालकै सबैभन्दा ठूलो अस्फाल्ट प्लान्ट तयार गरिएको छ । सोमबारदेखि सडकमा बेसको काम सुरु गरेको भन्दै इन्जिनियर अनुपले भने, ‘पोखरा र दुलेगौंडा सहित मुख्य बजार क्षेत्रमा ४६ मिटरको पिच हुनेछ । जामुनेदेखि कुम्लेखोलासम्म १८ मिटरको पिच हुन्छ । बाँकीमा २३ मिटरको पिच हुने छ ।’ अझै पनि केही समस्या रहेको कन्ट्रयाक्ट म्यानेजर इफाले बताए । बिजुलीका पोल र तार सार्ने काम अझै सकिएको छैन । २ हजार २०० मध्ये ६०० वटा बिजुलीका पोल मात्रै गाडिएको छ । अहिले पनि सडकका बीच–बीचमा बिजुलीका पोल छन्, जसमध्ये कतिपय जोखिमपूर्ण र जीर्ण अवस्थामा पनि छन् ।

    केही रूख काट्न बाँकी छन् । खैरेनी, दुलेगौंडा, पोखरा लगायत बजार क्षेत्रमा ५०० मध्ये २५० घर भत्काउन बाँकी छ । खानेपानी व्यवस्थापनको काम पनि भइरहेको छ । ४३ वटा खानेपानी समितिसँग सहमति गरेर निर्माणको काम अगाडि बढाइएको छ । डिजाइन परिवर्तन भइरहँदा पनि समस्या भएको निर्माण कम्पनीको गुनासो छ । विजयपुरकै पुलको अझै डिजाइन फाइनल भइसकेको छैन ।

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer