काठमाण्डौ। सरकारले आर्थिक वर्ष ०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ।
Advertisement
आज बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ तोकेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बैठकका निर्णय सुनाउँदै प्रवक्ता शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको अहिलेको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताइन्।
यसैगरी, सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोकेको छ।




