• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गोरखामा एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री


  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
  • गोरखा । ४० रोपनी क्षेत्रफलमा हुर्काएका आठ सय बोटमा फलेका सुन्तला गोरखा नगरपालिका–१४ का सन्तोष थापाले १४ लाख रुपैयाँमा बिक्री गरे । असोज पहिलो साता बगैंचामा पुगेका ठेकेदारले बैना गर्दै खरिदको जिम्मा लिएपछि सन्तोषलाई उत्पादित सुन्तला बजार पुर्‍याउने पिरलो पनि रहेन ।

    Advertisement

    ठेकेदारले बगैंचाको सुन्तला टिप्दै गर्दा सन्तोष यतिखेर बोटको काटँछाट सँगै मलखाद व्यवस्थापनमा जुटिरहेका छन् । यस वर्ष उनको बगैंचाको एउटै बोटबाट ३० हजार रुपैयाँसम्मको सुन्तला फलेको छ । ‘यो बगैंचामा २८/३० वर्षका पुराना रुख पनि छन्, पुरानो एउटै बोटमा १५ क्यारेटसम्म फल्यो, एक क्यारेटको १५ सय रुपैयाँले बिक्री गर्दा पनि ३० हजार हुँदो रहेछ,’ उनले भने,‘केही मझौला र करिब डेड सय बोट हुर्किरहेका छन्, अब आउने साल सुन्तला पनि धेरै फल्छ, मूल्य पनि धेरै पाउँछौ ।’ यस क्षेत्रमा उत्पादित सुन्तला काठमाडौंको कालिमाटी पुर्‍याएर बिक्री गरिँदै आएको छ ।

    धान र मकै खेती हुने जग्गामा सुन्तला खेती थालेको सन्तोष बताउँछन् । ‘यो भिरालो जग्गा धान खेती गर्दा दु:ख गरेजसो उब्जनी हुन्थ्यो, रोपाइँ गर्न पानी नपुग्ने,’ उनले भने,‘सुन्तलाले जस्तो धान र मकै खेतीले कताको लाख रुपैयाँ आम्दानी दिने ।’ गत वर्षभन्दा सुन्तला राम्रो भएको उनले बताए । ‘गत वर्ष ठेकेदारलाई नदिई आफैं लगेर बेच्दा १० लाख रुपैयाँ आयो, यो वर्ष सुन्तला पनि राम्रो छ, १४ लाखमा बगैँचा नै जिम्मा दिएँ,’ उनले भने । केही वर्ष अघिसम्म जीविकोपार्जनको माध्यमका रूपमा हुने सुन्तलालाई विस्तार गरि व्यावसायिकीकरण गरेको उनले सुनाए ।

    साथीभाइको लहैलहैमा सन्तोषलार्ई विदेसिने सोच नआएको पनि होइन । ‘यति कटिबद्ध भएर खेती किसानीमा लागि सकियो, बगैंचाको सबै रुखको माया लाग्छ,’ उनले भने,‘तल रोड छेउमा घडेरी किन्दा पनि यही सुन्तला बेचेको पैसा थपथाप भयो, घर थप्दा पनि सुन्तला बेचेकै पैसाले पुग्यो, घरखर्च मज्जाले चलेको छ आम्दानी पनि राम्रै छ, किन विदेश जानु सोचेर पछि हटेँ ।’ बगैंचाको क्षेत्र विस्तार गर्दै आगामी वर्ष अझै आम्दानी बढाउने ध्याउन्नमा उनी जुटिसकेका छन् । गोरखा नगरपालिका–१४ भट्टबेंसीमा २० जनाभन्दा बढी किसानले व्यवसायिक सुन्तला खेती गरेका छन् । गत वर्ष मात्र भट्टबेंसीमा सुन्तला बिक्रीबाटै ९६ लाख भित्रिएको थियो । यो वर्ष उत्पादन राम्रो भएकाले एक करोड रुपैयाँभन्दा बढीको सुन्तला कारोबार भएको स्थानीय बताउँछन् ।

    भट्टबेंसीकै ज्ञानेन्द्रजंग शाहले यस वर्ष साढे चार लाखको सुन्तला बिक्री गरे । रोजगारीको सिलसिलामा भारतको गुजरात पुगेका शाह १२ वर्षअघि फर्किएर पुर्ख्यौली पाखोबारीमा क्षेत्र विस्तार गर्दै सुन्तला खेतीलाई व्यावसायिकता दिएका थिए । ‘दुई/चार बोट त पहिलो पनि थियो, गुजरात हुँदा ती बोटहरू बिग्रिसकेका थिए,’ उनले भने,‘आफ्नै माटोमा केही गरौं भनेर फर्किएर स्याहारमा जुटे, पहिलो वर्ष ४८ हजार, दोस्रो वर्ष एक लाख हुँदै आम्दानी बर्सेनि बढ्दै गयो ।’

    १० रोपनी क्षेत्रफलको बगैंचाबाट उनले गत वर्ष ६ लाखको सुन्तला बिक्री गरेका थिए । ‘गत वर्ष मुटुमा समस्या देखियो, उपचार गर्न लागेको चार लाख पनि यही सुन्तला बेचेको पैसा नै हो,’ ५१ वर्षीय शाह भन्छन्,‘मुटुको अपरेसन पछि स्याहार सभ्भार नपाएर पोहोर जस्तो सुन्तला बेच्न सकिनँ, यस वर्ष बेलैदेखि स्याहार पुर्‍याउने गरी लागिपरेको छु ।’ क्षेत्र विस्तारमा पनि जोड गरेकाले यही बगैंचाबाट १५ लाखसम्मको सुन्तला उत्पादन गर्ने लक्ष्य शाहले लिएका छन् ।

    सुन्तला टिप्ने सिजनमा गाउँका ६० भन्दा बढी स्थानीयले रोजगारी समेत पाउने गरेको स्थानीय विकास थापा बताउँछन् । ‘एउटा बगैंचाको सुन्तला टिप्दा बोक्ने र टिप्ने गरेर कम्तीमा २५ जना चाहिन्छ, दुई बगैंचाको सुन्तला एकै दिन टिप्न परे ५० जनाले रोजगारी गाउँमै पाउँछन्,’ उनले भने । सुन्तला टिप्ने र बोक्नेलाई दैनिक ५ देखि ६ सय रुपैयाँ ज्याला पाउने गरेको उनले सुनाए । ‘अहिले गाउँमा भएका युवा कोही पनि घरमा भेटिदैनन्, सवै बगैंचामा छन्,’ उनले भने ।

    केही वर्षयता भट्टबेंसीबाट वार्षिक एक करोडको सुन्तला बिक्री हुन थालेको भन्दै उनले खुसी व्यक्त गरे । ‘परार गाउँभरिबाट एक करोड ६ लाख आम्दानी भएको थियो, पोहोर पातलो फल्दा पनि ९६ लाखको बिक्री भयो,’ उनले भने,‘ यस वर्ष एउटै बगैंचाको सुन्तला २१ लाखसम्म बिक्री भएको छ, १२–१५ बोट भएकाको पनि २५/३० हजार आम्दानी गरेका छन्, यो वर्ष करोड त मज्जाले नाघ्छ ।’ सुन्तला खेतीका लागि स्यहार पुर्‍याउन सके अझै आम्दानी बढ्ने स्थानीयको विश्वास छ । फल राम्रो पाउनका लागि बोटमा कटिङ, मल हाल्ने, कटुसको स्याउला राख्नेलगायतका गर्नुपर्ने उनले बताए । थापाले यस डेढ सय बोटमा उत्पादन भएको सुन्तला चार लाख रुपैयाँमा बिक्री गरिसकेका छन् ।

    ३५ वर्षदेखि सुन्तला खेती गरेका रामबहादुर आले सुन्तला बिक्रीबाट घर खर्च चलाउन सहज बनेको बताउँछन् । ‘घैया धान हुने बारीमा सुन्तला खेती थालेका हौँ, त्योबेला दु:खअनुसार उब्जनी हुन्नथ्यो,’ उनले भने,‘अहिले सुन्तला बिक्री गरेर चामल किन्ने, छोराछोरी पढाउने, विवाहको खर्च, परिवारमा लाग्ने सबै खर्च यसैले धानेको छ ।’ असोज पहिलो सातामै बगैंचा वैना हालेका ठेकेदार यतिखेर भट्टबेंसीका सुन्तला टिप्ने र कालिमाटी बजार पुर्‍याउन व्यस्त छन् । धादिङ महादेवबेंसीका बलबहादुर तामाङले यस वर्ष भट्टबेंसीको माक्र ७ वटा बगैंचाका सुन्तला बिक्रीको जिम्मा लिएका छन् । ‘बगैंचाबाट सुन्तला टिपेपछि ग्रेडिङ गरेर बजार पुर्‍याउँछौँ,’ उनले भने,‘यही एरियाको सुन्तला बिक्री थालेको ७ वर्ष भयो, केही थाहा पनि हुन्छ, बगैंचा हेरेर हचुवामा केही पैसा दिएर बैना दिन्छु, सुन्तला ब्रिक्री गरेपछि पैसा ल्याएर दिन्छौँ ।’

    सुन्तला खेतीको प्रवर्द्धनमा सघाउने उद्देश्यले आठ वर्षअघि भट्टबेंसीमा बूढीकोटी माई कृषक समूह पनि गठन भएको छ । समूहमा २७ जना सुन्तला खेती गर्ने किसान आबद्ध रहेको समूहका अध्यक्ष दीपबहादुर आलेले बताए । ‘सानो-ठूलो गरेर यो गाउँमा ३५ सयभन्दा बढी सुन्तलाका बोट छन्,’ उनले भने,‘यस वर्ष सुन्तला टिप्न पनि सुरु भइसकेको छ, यो वर्ष ९० लाखदेखि एक करोडसम्मको सुन्तला बिक्री हुने अनुमान गरेका छौँ ।’

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer