• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अलमलमा कांग्रेस,”जनताकहाँ के भनेर जाने” ?


  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
  • काठमाडौं । आफुलाई पुरानो र २०१७ साल देखी नै जनताले पत्याईरहेको भनेर दावा गर्ने पार्टी नेपाली कांग्रेस यतिवेला अलमलमा भएको बुझिएको छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीहरुको कार्यक्षमतामाथि प्रश्न उठेका छन् । सरकारको प्रभावकारितामा प्रश्न उठाएका उनीहरुले जनताकहाँ जाँदा सरकारको काम सुनाउने अवस्था नरहेको बताएका हुन् ।

    Advertisement

    पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामकारबाहीको समीक्षा गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको थियो । पार्टी कार्यालय, सानेपामा बिहीबार सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले १६ पुसदेखि ‘समुदायमा कांग्रेस’ अभियानमा दिएर जनतामा जाने योजना सुनाएका थिए ।

    तर नेताहरुले जनतामा जाँदा सरकारको बचाउ गर्न सकिने अवस्था नभएको बताएका छन् । ‘देशभरिका धेरै सम्मेलनमा गएँ, जनताको गुनासो सरकारले डेलिभरि दिन सकेन भन्ने छ’, केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भनिन्, ‘अब समुदायमा जाँदा त्यही गुनासो बोकेर आउन कांग्रेस सक्दैन ।’ केही नेता मन्त्री बनेको र सेवा सुविधा लिएको भन्ने मात्र परेको उनले बैठक सुनाइन् ।

    केन्द्रीय सदस्य मुक्ता यादवले मन्त्रीहरुको कामबाट प्रधानमन्त्री नै सन्तुष्ट नदेखिएको बताइन् । ‘मन्त्रीहरुबाट सन्तुष्ट नभएको प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभयो । प्रधानमन्त्री मात्रै होइन, कांग्रेसका कार्यकर्ता पनि सन्तुष्ट छैनन्’, यादवले भनिन्, ‘काम गर्न नसकेको हो कि प्रधानमन्त्रीले काम गर्न नदिएर हो ? मन्त्रीहरुले भन्नुपर्छ ।’

    गण्डकीका पूर्व मुख्यमन्त्री समेत रहेका कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेस भनेको भष्ट्राचारी र कुशासनको प्रतीक जस्तो भएको बताए । ‘कांग्रेसको व्यक्ति अगाडि देखिनेवित्तिकै कुशासनको जिम्मेवार भन्ने माहोल बनेको छ’, पोखरेलले भने ।

    नेताहरुले आसन्न राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटका लागि मापदण्ड बनाउन माग गरेका छन् । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कुनै व्यक्तिले सधैंभरि अवसर पाउने र कुुनै व्यक्तिले कहिले पनि केही नपाउने परम्पराको अन्त्य गर्नुपर्ने विचार राखे ।

    सरकारका राम्रा कामका प्रचार गर्ने र नराम्रा प्रचारलाई रोक्ने आफ्नो जिम्मेवारी भएपनि नराम्रा कुरालाई रोक्न नसकेको सुनाए । ‘नराम्रो प्रचारलाई रोक्न सकेको छैन । नराम्रो कामको प्रचार ८० प्रतिशत भन्दा बढी कांग्रेसकै मान्छेले गरिरहेका छन्’, विश्वकर्माले भने ।

    केन्द्रीय सदस्य देबेन्द्रराज कँडेलले पटक पटक अवसर पाएकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउन नहुने बताए । स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावमा हारेकालाई उम्मेदवार बनाउन नहुने तर्क राखे । गत निर्वाचिनमा पराजितलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने हो भने म पनि किन नहुने भन्दै नेतृत्वलाई प्रश्न गरेका थिए ।

    तीन तहमा कांग्रेसले चलाएको सरकार र पार्टीबीच समन्वय नभएको धारणा केन्द्रीय सदस्य नैनसिंह महरले राखे । तीन तहका सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने पूर्व निर्णय कार्यान्वयन नभएको महरले बताए । महरले प्रतिस्पर्धी दलहरु प्रति कांग्रेसको दृष्टिकोण स्पष्ट रुपमा आउनु पर्ने धारणा राखे ।

    केन्द्रीय सदस्य दीपक गिरीले पार्टीलाई सामाजिक सञ्जालबाट आक्रमण भइरहेको विचार राखेका थिए ।

    बैठक स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो मन्त्रालयले गरेको कामबारे जानकारी गराएका छन् । उनले स्वास्थ्य बीमा कार्यान्वयनमा परेको समस्या समाधानमा लागिरहेको बैठकमा बताएका थिए । आफूले गरेका कामको प्रतिवेदन शुक्रबार बुझाउने बैठकमा जानकारी गराएका थिए ।

    अरु मन्त्रीहरु भने मन्त्रिपरिषद् बैठक भएको भन्दै केन्द्रीय कार्यसमिति बैठकबाट छिट्टै हिँडेका थिए । कांग्रेसले मन्त्रीहरुलाई केन्द्रीय सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिने र वर्षभरि गरेका कामको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

    अरु केके छन् एजेण्डा ?

    बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले एजेण्डाहरु प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री गगनकुमार थापाले एक महिने अभियानबारे केन्द्रीय सदस्यलाई जानकारी गराएका थिए । जनताका कुरा बढी सुन्ने र आफू कम बोल्ने गरि समुदायमा केन्द्रित हुन केन्द्रीय सदस्यहरुलाई सुझाव दिएका थिए ।

    कांग्रेसले पुस १६ (मेलमिलाप दिवस)देखि माघ १६ (सहीद दिवस) सम्म कांग्रेसले समुदायमा कांग्रेस अभियानमा केन्द्रीय तहका नेताहरु जिल्लामा खटाउने तयारी गरेको छ । ‘आफ्ना कुरा सुनाउने होइन, समुदायका कुरा सुन्ने हो । समाजमा सद्भाव बढाउने कार्य गर्नुपर्छ’, केन्द्रीय सदस्यहरुलाई थापाले भने ।

    पार्टी र जनप्रतिनिधिबीच समन्वयमा अभाव रहेको भए त्यसलाई हल गर्ने तथा पार्टी भित्रका समस्या समाधान गर्ने कार्ययोजना महामन्त्री थापाले सुनाए ।

    उानले भ्रातृ संस्थाहरुको अवधि थप्दै जाने मात्रै हो कि नयाँ विकल्प सोच्ने बारेमा पार्टीमा छलफल हुनुपर्ने बताए । ‘अवधि थप्दै आएको पनि दुई वर्ष हुन लाग्यो । यसरी म्याद मात्रै थप्ने मात्रै हो कि के गर्ने ? बैठकबाट निर्णय गरौं’, थापाले भने ।

    जाजरकोट भूकम्पका पार्टीले हालसम्म गरेका कामबारे सहमहामन्त्री जीवन परियारले बैठकमा जानकारी गराएका थिए । पार्टी र भ्रातृ संस्था मिलेर ९३८ वटा अस्थायी आवास बनाएको उनको रिपोर्ट छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार जिम्मेवारी दिएर भूकम्प प्रभावित क्षेत्रमा नखटिएका केही व्यक्तिले भूमिका निर्वाह नगरेको विषय समेत प्रतिवेदनमा उल्लेख छ ।

     

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer