• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सबैलाई कोरियाली भाषा परीक्षाको फारम भर्न दिनू: उच्च अदालत


  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
  • काठमाडौं । उच्च अदालत, पाटनले कोरियन पानी जहाज कम्पनीको कामदारका लागि भाषा परीक्षा दिएकाहरुलाई उत्पादनमुलक कामदार छनोटको भाषा परीक्षामा सहभागी हुन दिन आदेश दिएको छ ।

    Advertisement

    न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले रिट निवेदक र उनीहरु सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरुलाई आवेदनमा सहभागी गराउन आदेश दिएको हो ।

    पानी जहाज निर्माण क्षेत्रका कामदारका लागि ईपीएस कोरिया शाखाले साउनमा आवेदन लिइएको थियो । त्यसअनुसार परीक्षा भएर ३ हजार ९८९ जनाले नाम निकाले ।

    १९ मंसिरमा उत्पादनमुकल क्षेत्रको कामदारका लागि हुने भाषा परीक्षाको सूचना निस्कियो, जसमा आवेदकको योग्यतामा २०२३ भित्र भाषा परीक्षाका लागि आवेदन नदिएको हुनुपर्ने उल्लेख थियो । यसले पानी जहाज निर्माणतर्फ भाषा परीक्षाका लागि आवेदन दिएकाहरु यसमा फरम भर्न नै अयोग्य भए ।

    यसविरुद्ध तर्कबहादुर पल उच्च अदालत, पाटन गए । ईपीएस कोरिया शाखाले राखेको शर्तले रोजगार तथा श्रमको हक र संविधान तथा अन्तराष्ट्रिय कानुनले प्रत्याभूत गरेको मौलिक हकमा आघात पुगेको निवेदकको तर्क थियो ।

    वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले भने २५ मंसिरमा विज्ञप्ति निकालेर यो विवामा सम्बन्धित निकायसँग छलफल गरिरहेको र निष्कर्ष आउनसाथ सूचना निकालिने बतायो । यसले विवाद समाधानका लागि विपक्षीबाट प्रयास भएको नदेखिएको र उनीहरुलाई फरम गर्न बञ्चित गर्नु अपुरणनीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट मनासिव नभएको अदालतका ठहर छ ।

    अदालतले निवदेक र निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरुलाई २०८० मंसिर १९ को सूचना बमोजिम २ पुसबाट खुला भएको आवेदन फारम भर्न रोक नलगाउन र परीक्षा आवेदन फारम भर्न दिन आन्तरिम आदेश दिएको छ ।

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer