• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नयाँ प्रहरी ऐन ल्याउन छलफल सुरु


  •   शनिबार, पुष १४, २०८० मा प्रकाशित
  • काठमाडौँ । समायोजन ऐन बनेको करिब ४ वर्ष पुरा हुँदा पनि केन्द्र र प्रदेशमा प्रहरी कर्मचारीको समायोजन भएको छैन । समायोजन गर्नुअघि नेपाल प्रहरी ऐन–२०१२ लाई प्रतिस्थापन गर्ने गरी नयाँ ऐन ल्याउनेबारे छलफल सुरु गरिएको छ ।

    Advertisement

    पूर्व मुख्यसचिव लीलामणि पौड्याल नेतृत्वको समितिले त्यसबारे छलफल गरिरहेको छ । गृह मन्त्रालयको कार्यसम्पादन सुधार कार्यायोजना बनाउन पूर्व मुख्यसचिव पौड्यालको नेतृत्वमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले समिति गठन गरेका हुन् ।

    शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित छलफलमा सहभागी उच्च प्रहरी अधिकृतहरूले नयाँ ऐन बनाउनुपर्ने सुझाव दिएका छन् । छलफलमा पूर्व मुख्य सचिव पौड्याल र पूर्व आईजीपी प्रकाश अर्याल सहितका अधिकारीहरू सहभागी थिए ।

    गृह प्रशासनको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनका लागि गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न पौड्यालको संयोजकत्वमा १० सदस्यीय समितिले काम गरिरहेको छ । प्रहरी समायोजन ऐन अनुसार समायोजन गर्दा सो ऐनमा ‘प्रहरी ऐन अनुसार हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

    सो व्यवस्थाका कारण नयाँ प्रहरी ऐन आवश्यक परेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘समायोजनका लागि नयाँ प्रहरी ऐन आवश्यक देखिएपछि त्यसबारे यसअघि पनि छलफल हुँदै आएको छ ।’

    यसअघि पनि गृह मन्त्रालयले प्रहरी ऐन–२०१२ लाई संशोधन गर्ने प्रस्ताव अघि बढाएको थियो । ऐन संशोधन गरेर नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन २०७९ मङ्सिरमा गृह मन्त्रालयले प्रस्ताव गरेको थियो । सो प्रस्ताव अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा फन्को मारेर पुनः गृह मन्त्रालयमा फिर्ता भएको छ ।

    शनिबार, पुष १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer