• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘पाथीभरामा केवलकार चाहिन्न: मुक्कुमलुङ संघर्ष समिति


  •   शनिबार, पुष १४, २०८० मा प्रकाशित
  • ताप्लेजुङ । मुक्कुमलुङ संघर्ष समिति लगायतका विभिन्न संस्थाले पाथीभरामा केवलकार बन्न नदिने दोहोर्‍याएका छन् । शनिबार दिउँसो सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गर्दै जबरजस्ती गर्न खोजे अनिष्ट हुने चेतावनीसमेत दिए । केवलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्वु लिम्बूले जबरजस्ती निर्माण गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिए ।

    Advertisement

    ‘यसअघि पाथीभरा केवलकार कम्पनीका अध्यक्ष चन्द्र ढकाल आएर छलफल राख्नु भएको थियो । उहाँलाई पनि हामीले प्रस्टसँग भनेका छौं,’ फेम्वूले थपे, ‘डिएफओले पनि वनको कटान आदेश दिएको भन्नु भएको छ, त्यसो गरिए प्रतिकार हुन्छ ।’

    एक/दुई जना जनप्रतिनिधिले सिंगो समुदायको प्रतिनिधित्व गरेको नठहरिने भएकाले स्थानीयवासी संघर्षरत रहेको बुझ्न निर्माण कम्पनी र सरोकारवालालाई उनीहरुले स्मरण गराएका छन् । मुक्कुमलुङको अस्तित्वलाई स्वीकारेर पाथीभरा क्षेत्र विकास समितिको सट्टा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको, याक्थुम लिम्बूको मुन्धुमीस्थल आध्यात्मिक आस्थाको स्थल समाप्त गर्न अतिक्रमणलाई निरन्तरता दिनमात्रै नभई व्यापारिक केन्द्र बनाउने माध्यमको रुपमा केवलकार भित्र्याइएको आरोप उनीहरुको छ ।

    मुन्धुमअनुसार मान्दै आएको आध्यात्मिक स्थल मुक्कुमलुङ युमा माङ देवस्थललाई अतिक्रमणबाट जोगाउन आफुहरु आन्दोलित हुनु परेको किरात याक्थुङ चुम्लुङ जिल्ला समिति ताप्लेजुङका सदस्य सरोज कङलीवा लिम्बू बताउँछन् ।

    हिन्दु, क्रिश्चियन, बुद्धिष्टहरुको पवित्रस्थलमा जाँदा सम्बन्धित धर्मको सभ्यता, संस्कृति, परम्परा, हेर्न जाने भनेझैं मुक्कुमलुङमा जाँदा त्यहाँको मुन्धुमी मान्यता, सभ्यता, परम्परा देख्न सकिने स्थलको रुपमा विकास गर्नुपर्ने माग प्रस्ताव संघर्ष समितिको छ । आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गर्दै स्थानीय समुदायमाथि एकापसमा जुधाएर व्यापारिक अभिष्ट पूरा गर्न खोजिए त्यो पूरा नहुने चेतावनी दिइएको छ ।

    मुक्कुमलुङ संघर्ष समिति, केवलकार निर्माण खारेजी संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किरात धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति, किरात याक्थुङ चुम्लुङले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी निर्माणमा नलाग्न अपिल गरेका छन् । पाथीभरा (मुक्कुमलुङ) केवलकार प्रालिको जिम्मेवारी चन्द्र ढकालले लिएका छन् ।

    शनिबार, पुष १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer