• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

संस्थागत कमजोरी लुकाऊने गतिलो बाहाना बन्दै छानबिन !


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
  • काठमाण्डौ। बालकुमारी घटनाको राप केही अधिकारीमाथि विभागीय कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र पक्राउ गरिएकालाई रिहा गरेपछि सेलाउँछ भन्ने शासकहरूको ठम्याइ गलत हुनसक्ने लक्षण देखियो । काठमाडौंको प्रतिध्वनि कर्णालीको वीरेन्द्रनगरमा झन् चर्को स्वरमा गुञ्जिएको छ । रोजगारसम्बन्धी सामान्य विषय असन्तुष्टि प्रदर्शन हुनेबित्तिकै ध्यान दिइएको भए त्यसले आन्दोलनको रूपै लिने थिएन । आन्दोलनकारीसँग वार्ता गर्नु र उनीहरूको माग मान्नुलाई शासनको प्रतिष्ठाको प्रश्न बनाइँदा २ जना युवाको ज्यान अकालमा गयो ।

    Advertisement

    पक्कै पनि गत शुकवार बालकुमारी भिड उग्र र अराजक थियो । मन्त्रीको गाडीमा भएको आगजनी त्यसको प्रमाण हो । त्यसपछिको तोडफोड भने प्रहरी हर्तक्षेपविरुद्धको प्रतिक्रियाजस्तो देखिन्छ । त्यसपछि त दमन चक्र चल्ने नै भयो । जेहोस्, नहुनुपर्ने । सामान्य सुझबुझबाट पनि टार्न सकिने दुःखद घटना भयो । अब सरकारी अधिकारीले जति ‘गोहीको आँसु’ चुहाए पनि ती दुई युवाको जीवन फर्कँदैन । विपक्षी राजनीतिक दलहरूले गर्ने चर्को विरोधको पनि कुनैअर्थ छैन ।

    कुनै पनि आन्दोलनलाई अर्घेलो ठान्दै सामन्ती मानसिकता नेपालका शासक प्रशासकमा संस्कारै बनेर बसेको छ । यसैले उनीहरू सत्तामा छँदा सधैँ अरूकै अर्घेल्याइँ र कमजोरी देख्छन् । दोष अरूलाई दिएपछि आफू सुध्रिन जो पर्दैन ।
    यस्ता घटनाबाट जनताको ध्यान हटाउन ‘छानबिन समिति’ बनाएर तल्ला तहका कर्मचारीलाई ‘बलिको बोका’ बनाउने पुरानै उपाय सरकारले यसपटक पनि अपनायो । विभागीय छानबिन समिति गठन र केही कर्मचारी निलम्वन गरिएको समाचार छ ।

    सामान्यतः प्रहरी ज्यादतीका यस्ता घटनामा विभागीय अधिकारीहरूकै संलग्नतामा छानबिन गर्ने गरिन्छ । यसरी छानबिन गर्दा संस्थागत कमजोरी लुकाउन र व्यक्ति विशेषलाई दोषी देखाउन र कुनै व्यक्तिलाई कारबाही जोगाउन पनि सजिलो जो हुन्छ । यसपटक पनि ललितपुर जिल्लाका प्रशासन र प्रहरी प्रमुखलाई फर्काइएको छ । यसबाट छानबिनका लागि सहज हुने सरकारी दाबी छ । तर, प्रश्न उठ्छ ती विभागमा फर्काइएका अधिकारीहरू नै घटनामा मुख्य दोषी हुन् त ?

    सामान्यतः घटनास्थलमा खटिएको र गोली हान्ने सुरक्षाकर्मी दोषी हुनुपर्ने हो । नभए नीतिगत कमजोरीका निम्ति गृहमन्त्री र गृहसचिव, प्रहरी महानीरिक्षक जिम्मेवार मानिनु पर्ने थियो । प्रमाणित गर्न नसकिने अधिकारीहरूलाई के सजाय गर्ने ? मूलतः शासकको मानसिकतामा जरा गाडेको सामन्ती प्रवृत्तिले शासनमा यस्तो जडता उत्पन्न भएको हो । राणाकाल जसरी नै अहिले पनि अरूलाई दोष दिएर उम्कने प्रवृत्ति शासकको छ । छानबिनमा भने यस्तो विषयले प्रवेश नै पाउँदैन ।

    नेपाल प्रहरीको पनि सायद दीक्षा नै गलत छ । भिडको सामना सामान्यरूपमा गरेको बिरलै देखिन्छ । कि त तमासा हेरेर बस्ने नभए अनावश्यक र अनुचित बल प्रयोग गर्ने कार्यशैली प्रहरीले अपनाउने गरेको छ । संसारमा सुरक्षाकर्मीले भिडमा गोली हान्दा घाइते धेरै हुन्छन् भने मर्नेको सङ्ख्या निकै कम हुन्छ । नेपालमा प्रायः किन उल्टो हुने गरेको छ ? यस्तै राजनीतिक कार्यकर्ताले आगजनी गर्दा प्रायः गोली चलाइँदैन तर जनसाधारणका प्रदर्शनहरूमा धेरैजसो गोली नी चलिहाल्छ । किन ? यस्ता घटनाको समग्रतामा अध्ययन गरेर सुधारका उपाय सुझाउन सक्ने समिति बनाए बेस हुने देखिन्छ । यस्तै, वीरेन्द्र नगरका आन्दोलनकारीसँग तत्काल वार्ता गरी थप अप्रिय घटना हुन नदिन सरकार अग्रसर होस् ।

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer