• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

टिकटक पछि अन्य सामाजिक संजाल र गेमिंग एप पनि रोक्दै सरकार, के के बन्द हुदै छन् त?


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • काठमाडौं । सरकारले टिकटकबाहेक केही अन्य एपहरूको प्रयोगमा पनि प्रतिबन्ध लगाउने विषयमा अध्ययन गरिरहेको छ । कार्तिक २७ गते टिकटक प्रतिबन्ध गरेपछि सरकारको निर्णयलाई धेरैले स्वागत गरेका थिए भने आलोचना पनि उत्तिकै भएको थियो ।

    Advertisement

    अचानक टिकटक बन्द गरिएको भनिए पनि टिकटक र केही अन्य एपमाथि पहिलेदेखि नै अध्ययन भइरहेको प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ प्रकाश रायमाझीले बताएका छन् ।

    उनका अनुसार अहिले अरू एपहरूमा राखिने कन्टेन्टबारे अध्ययन भइरहेको छ । ती एपहरूमा आइरहेका कन्टेन्टले समाजमा पारिरहेको प्रभावबारे अध्ययनको काम भइरहेको उनको भनाइ छ ।

    “बिगो लाइभ, बम्बल, लाइकी, टेलिग्राम र स्न्यापच्याटमा एकदमै एडल्ट कन्टेन्ट डिस्ट्रिब्युट भइरहेको छ । टिन्डर र अन्य डेटिङ एप पनि नेपालमा एकदम चलेको भेटिएको छ,” उनले भने ।

    यस्ता एपबाट धेरैजसो अपराधिक घटना भइरहेको र मान्छेको आर्थिक स्थितिदेखि परिवार नै तहसनहस भएको घटना आएका उनले बताए ।

    “यस्ता एप सोसल मिडियाभन्दा पनि एन्टी–सोसल मिडिया जस्तो देखियो । सरकार भनेको त अभिभावक हो । अभिभावकले सबै कुराको ख्याल गर्नुपर्‍यो । त्यसैले यसको सामाजिक पक्ष, प्राविधिक र आर्थिक पक्ष सबै क्षेत्रका विज्ञ राखेर समग्र पाटोको अध्ययन गरिरहेका छौँ,” रायमाझीले भने ।

    गेमिङतर्फ पब्जी र फ्रिफायरलगायतका एपहरू पनि के गर्ने भन्ने अध्ययन भइरहेको उनले बताए । पब्जी गेममा नेपालका टिमले करोडौँ रुपैयाँ जितिरहेको बताउँदै उनले यो सकारात्मक पाटोलाई पनि ध्यानमा राखिएको बताए ।

    बालबालिकालाई कस्तो बनाउने ?

    प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ रायमाझीका अनुसार सन् २०२२ को जनगणना अनुसार नेपालमा २८.८८ प्रतिशत (करिब २९ प्रतिशत) शून्यदेखि १४ वर्षका बालबालिका रहेका छन् । अहिले बच्चालाई जे काम गर्दा पनि मोबाइल दिने चलन बढेको रायमाझी बताउँछन् ।

    “आजका बालबालिका भोलिका भविष्य हुन् । यसमा सरकार गम्भीर हुनुपर्ने अवस्थ कहाँ देखियो भने हाम्रो घर–घरमा, ९० प्रतिशतमै भन्दा फरक नपर्ला कस्तो प्रचलन भएको छ भने बच्चालाई सुताउनुपर्‍यो भने पनि मोबाइल चलाउन दिने, खाना खुवाउन पर्‍यो भने पनि मोबाइल चलाउन दिने । यो चलन एकदमै बढेको छ,” उनले भने ।

    “आमा, बुवा विभिन्न एप चलाउने, सोसल मिडियामा पनि इङ्गेज हुने र अनि केयर नभएपछि बच्चा रुँदा अर्काे मोबाइल खोजेर बच्चालाई पनि मोबाइल दिने स्थिति बनेको छ । यो सबै कुराले हामीलाई कहीँ पनि पुर्‍याउँदैन भन्ने लागेर अध्ययन गरिरहेका हौँ,” उनले भने ।

    यसो हुँदा एपमा भएका कन्टेन्टले बालबालिकालाई असर पार्ने उनको भनाइ छ । “हामीले बच्चालाई मोबाइल दिन्छौँ । मोबाइलमा त्यस्ता एप इन्सटल हुन्छन् । ती एपबाट त्यस्ता ‘एडल्ट कन्टेन्ट’ बच्चामा ‘डिस्ट्रिब्युट’ हुन्छ,” उनले भने, “यी एपहरूले ९० देखि ९५ प्रतिशत कन्टेन्ट एकदमै नेगेटिभ, जुन बालबालिकाले हेर्न सुन्नै नहुने र हामीलाई पनि अप्ठेरो लाग्ने खालको कन्टेन्ट समाजमा उपलब्ध गरिरहेका छन् ।”

    “यस्तो भइरहँदा भोलिको भविष्य कस्तो हुने ? हामीले भोलिको भविष्य कस्तो बनाउने ? अथवा भोलिको समाज कस्तो हुने ? भन्ने एउटा गम्भीर प्रश्न हो,” आईटी विज्ञ रायमाझीले भने ।

    “यस्तै लागेको हुँदा हामीले माथि भनिएका एपहरू जुन सोसल मिडिया भन्दा पनि एन्टी सोसल देखिए र यी एपमाथि अध्ययन हुनुपर्छ, सरकारले गर्नुपर्छ भन्ने लागेर अहिले हामीले प्राविधिक, सामाजिक सबै पक्षको अध्ययन गरिरहेको अवस्था हो,” उनले भने ।

    पछिल्लो समय बालबालिका (जुभिनायल)ले आत्महत्या गरेका घटना बढ्दै गएको उनले बताए ।

    “सतहीरूपमा हेर्दा सरकारले गलत निर्णय गर्‍यो, राजनीतिक कारणले बन्द ग‍र्‍यो, यो गर्‍यो, त्यो गर्‍यो भनिरहेका छन् । तर, त्यस्तो होइन, सरकार जिम्मेवार अभिभावक भएर यस (टिकटक)लाई बन्द गरेको हो,” उनले भने, “सोसल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर वा आम नागरिकले कन्टेन्ट बनाउँदा मैले कस्तो खालका कन्टेन्ट बनाउने भन्ने कुरामा ध्यान दिनुभएको भए, खासमा टिकटक त प्रतिबन्ध नै गर्नुपर्ने थिएन ।”

    तर, अन्य एन्टी सोसल मिडियाकारूपमा देखिएका एपबारे अहिलेदेखि नसोचे भोलि गएर पछुताउने बाहेक कुनै विकल्प नहुने ठानेर प्रधानमन्त्री कार्यालयकै पहलमा अध्ययन भइरहेको उनले बताएका छन् ।

    ‘प्रविधिमा रोक वा अंकुश हैन’

    समाजको एक वर्गले सरकारले नयाँ प्रविधिलाई रोक्न खोज्यो, अंकुश लगाउन खोज्यो भनेपनि त्यसो नभएको उनको भनाइ छ ।

    “त्यस्तो हैन । टिकटकको विषयमा दुईपटक गृहमन्त्रालयमा छलफल भएको थियो । कन्टेन्टको विषयमा कुरा हुँदै आएको थियो । सोझै प्रतिबन्ध लगाउनुभन्दा पनि नियमन गर्नुपर्ने कुरा उठे । तर, नियमन गर्न पनि त्यति सजिलो छैन । यसमा सम्बन्धित एप नै जिम्मेवार हुनुपर्ने कुरा भयो,” उनले भने ।

    विभिन्न एपका गतिविधिले समाज राम्रोतिर गइरहेको छैन भन्ने देखिएकाले अध्ययन गर्न खोजेको उनले बताए ।

    “यसको डिटेल अध्ययन गर्छाैं र जे कुरा पत्ता लाग्छ त्यसलाई हामी रिपोर्टका रूपमा बाहिर सार्वजनिक पनि गर्छाैं । त्यसपछि बल्ल के गर्ने भन्ने निर्णय लिने हो,” प्रधानमन्त्रीका आईटी विज्ञ रायमाझीले भने ।

    उनले अन्तर्राष्टिय अभ्यास हेर्दा छिमेकी भारत र चीनमा पनि यी धेरै किसिमका एपमा प्रतिबन्ध लगाइएको दाबी गरेका छन् ।

    भूराजनीतिक हल्ला

    टिकटकको विषयमा भूराजनीतिले पनि असर गरेको हो कि भन्ने हल्ला साँचो नभएको उनको दाबी छ ।

    “चिनियाँ एप भएर प्रतिबन्ध गरेको हो भन्ने कुरा पनि आएको छ । त्यो पनि सरासर गलत हो । हामीले अध्ययन गरिरहेका कति एप चाइनिज छन्, कति अमेरिकी र रुसी छन्,” उनले भने, “त्यसैले कहाँ बन्यो, के बन्यो भन्ने हाम्रो चासो हैन । यसले हाम्रो समाजमा कस्तो असर गरिरहेको छ र भोलिको भविष्य हामीले कस्तो निर्माण गरिरहेका छौँ भन्ने हाम्रो एक मात्र चिन्ता र चासो हो ।”

     

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer