काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज विरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धाका लागि मैदान उत्रिदै छन् । दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।
Advertisement
वीरगन्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग पहिलो खेलमा २–१ ले पराजित भएको थियो । चितवनको यो प्रतियोगिताम तेस्रो खेल हो । चितवनले पहिलो धनगढी एफसीसँग १–० को हार बेहोरेको थियो । दोस्रो खेलमा चितवनले काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
दुई खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौं स्थानमा छ । अंकविहीन वीरगन्ज भने तालिकाको पुछारमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुईबीचको खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।




