काठमाडौं । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल नेकपा एमालेमा क्रियाशील रहेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगले उक्त उजुरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउँदै आवश्यक कारबाही गर्न भनेको छ ।
Advertisement
आयोगले ७ मंसिरमा स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा पौडेल एमालेमा क्रियाशील रहेको र उक्त पार्टीको जनसंगठनको महासचिव रहेको भनी उजुरी आएको उल्लेख गरिएको छ । पत्रमा अगाडि भनिएको छ, ‘निज सन्तोष पौडेल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी रही हाल वीर अस्पतालको निर्देशकको पदमा कार्यरत रहेको भन्ने जानकारी प्राप्त हुन आएकोमा संलग्न उजुरी यसैसाथ संलग्न गरी आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध छ ।’




