• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

उजुरी लिने प्रहरी नै लैङ्गिक हिंसामा संलग्न!


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । लैङ्गिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान गत शनिबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरे अनुसार नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानसमेत सञ्चालन हुँदै आएको छ ।

    Advertisement

    नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यो अभियान मनाइँदैछ । सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

    नेपाल प्रहरीले त प्रहरी कर्मचारी संलग्न लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलता र यसको प्रभावकारी कारबाही सम्बन्धी कार्य आदेश, २०८० बनाएर विश्वव्यापी अभियानलाई साथ दिएको छ । प्रहरी कर्मचारीभित्रै लैङ्गिक हिंसाको अन्त्य अझै नभएको विभिन्न घटनाक्रमले पुष्टि गर्दै आएका छन् ।

    उपल्लो तहमा बसेका प्रहरी वरिष्ठ अधिकारीहरु नै लैङ्गिक हिंसामा संलग्न देखिएपछि प्रहरी मुख्यालयले कार्य आदेश बनाएर पालना गर्न सबै जिल्लामा परिपत्र गरेको छ ।

    पछिल्लो पटक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले त राजीनामा नै दिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदा सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका पालले राजीनामा दिनुको पछाडिको कारण भनेको उनीमाथि छानबिन गर्न बनेको समितिको सिफारिस थियो ।

    डीआइजी सुरेन्द्र मैनाली संयोजकत्वको छानबिन समितिले पाललाई बर्खास्त गर्न सिफारिस गरेको थियो । राजीनामा दिएका पाल फौजदारी अभियोगमा कारबाहीबाट भने जोगिए ।

    गत वर्ष असारमा धादिङमा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुंगाना आफ्नै सहकर्मीलाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनीविरुद्ध छानबिन इकाइमा उजुरी पनि परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङले ढुंगानालाई पक्राउ गरेर अदालतम मुद्दा दर्ता ग¥यो । अदालतले उनलाई २०७९ कात्तिक १५ मा पूर्पक्षका लागि जेल चलान गर्यो ।

    ७९ हजार पाँच सय ४१ जना सम्मिलित फौजभित्र सबै एकै खालको चरित्र भएका कर्मचारी छैनन् । कानुन कार्यान्वयन तथा पालना गर्ने प्रहरीको चरित्र ‘अपराधीले गर्ने व्यवहार’ जस्तो हुनुहुँदैन भन्ने सर्वमान्य सिद्धान्त छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ को मङ्सिर १२ सम्ममा ३८ जना प्रहरी कर्मचारीले आफ्नै सहकर्मीविरुद्ध लैङ्गिक हिंसाको उजुरी गरेका छन् । ती घटनाका पीडकमा जवानदेखि एसएसपीसम्म छन् । लैङ्गिक हिंसामा धेरै प्रहरी हबलदार संलग्न रहेको मुख्यालयले जनाएको छ । तीन आर्थिक वर्षमा १२ जना हबलदारविरुद्ध लैङ्गिक हिंसाको उजुरी परेको छ ।

    प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआइजी) कुबेर कडायतले प्रहरी संगठनभित्र लैङ्गिक हिंसाको घटनामा कमी आएको बताए । उनले भने, ‘ठुलो फौजमा यदाकदा घटना भइहाल्छन्, तर अहिले विगतको तुलनामा धेरै कमी छ । उजुरी संख्याले पनि त्यो पुष्टि गर्छ ।’

    प्रहरी मुख्यालयभित्र रहेको उजुरी छानबिन ईकाइले आवश्यक छानबिन गरेर कारबाहीका लागि कानुन महाशाखालाई सिफारिस गर्दछ ।

    कहिले कति उजुरी

    आ.व २०७८/०७९ – १९

    आ.व २०७९/०८० – १२

    आ.व २०८०/०८१ मंसिर १२ सम्म – ७

    कुन दर्जाका कति

    एसएसपी – १

    एसपी – १

    डीएसपी – ४

    प्रहरी निरीक्षक – ४

    सई – ४

    असई – ४

    वरिष्ठ हबलदार – ३

    हबलदार – १२

    सहायक हबलदार – १

    जवान – ४

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer