• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

ढिलै भएपनि राहु घाट–तातोपानी सडक खण्डको काम सुरु, यातायात सहज हुने विश्वास


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • म्याग्दी। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अलपत्र परेको राहु घाट–तातोपानी खण्डको सडक निर्माणको काम छ वर्षपछि ढिला गरी सुरु गरेको छ ।

    Advertisement

    योजनाको पहिलो प्याकेज १९ किलोमिटर दुरीको उक्त खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रे गर्न शर्मा युनाइटेड जेभीसँग २०७४ जेठमा ठेक्का सम्झौता भएको थियो । मुख्य ठेकेदारले पेटी ठेक्का दिने,भौगोलिक कठिनाइ,प्राकृतिक विपत्ति र कोरोना महामारीका कारण यो खण्डको निर्माण बिचमै अलपत्र परेको थियो ।

    लामो समयसम्म योजना अलपत्र पारेपछि ठेक्का तोड्ने र कालोसूचीमा राख्ने सम्मको चेतावनीपछि ठेकेदार कार्यस्थलमा फर्किएर काम थालेको कालिगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले जानकारी दिनुभयो । यो खण्डमा पहिरोग्रस्त स्थल र कडा पहरा फुटाउनुपर्ने भागमा बाहेक सडक विस्तार,नाली,पर्खाल निर्माण र सब बेस बिछ्याउने काम सकिएकाले कालोपत्रेको तयारी गरिएको उहाँले बताउनुभयो ।

    भौगोलिक रूपमा अफठ्यारो स्थानहरू चमेरे,वैसरी र महभिर बाहेकको सडक कालोपत्रे गर्नका लागि तयारी गरिएको शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सब बेसको काम सम्पन्न भएर करिब ६ किलोमिटरमा बेस राखिसकेका छौँ । मौसमले साथ दियो भने ६ देखि ८ किलोमिटर दुरी सम्मको सडक यस पालीनै कालोपत्रे गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ ।’’

    यो खण्डमा विभिन्न स्थानमा गरेर ४ किलोमिटर जति पहिरो स्थल भएकाले ग्राभेल गर्ने र महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइको छ । बाँकी साढे दुई किलोमिटर साढे एक वर्ष अगाडी नै कालोपत्रे गरिसकिएको छ ।

    सहायक ठेकेदार ओमकारेश्वरले राहु घाट पुल देखि कुनौटो सम्मको सडक अलपत्र पारेको र पटक पटक काम सम्पन्न गर्न ताकेता गरिएको शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले बताउनुभयो ।

    यसपालि जसरी पनि निर्माण सम्पन्न गर्ने योजनाका साथ कार्यस्थलमा आएको छौँ, शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले भन्नुभयो, ‘‘योजना सम्पन्न नगरी हामीलाई सुखै छैन । जसरी पनि योजना सम्पन्न गरेर उम्किने हो । दसैँ तिहार र छडका कारण कामको गति सुस्त भए पनि अव निर्माणले गति लिन्छ । मजदुर र उपकरण परिचालन गरेर काम थालेका छौँ । चैत–वैशाख भित्र योजना सम्पन्न गर्दछौँ ।’’

    ओमकारेश्वरलाई पेटी ठेक्का दिएको राहु घाट देखि कुनौटे सम्मको ८ किलोमिटर दुरीको खण्डलाई पनि छिटो सक्न पटक पटक ताकेता गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अव हामीसँग पर्खिने समय छैन । ओमकारेश्वरलाई अन्तिम चेतावनी दिएका छौँ । एक हप्ताभित्रमा काम सुरु नगरे पेटी ठेक्का तोडेर आफै काम थाल्छौँ ।’’ काम सम्पन्न गरेको स्थान म्याग्दीको रघुगंगा गाउँपालिका ३ बैसरी र सिरुवारी क्षेत्रमा ठुलो पहिरो खसेर दुःख दिएकाले यस क्षेत्रको दिगो रोकथामका लागि आयोजनाले सोच्नुपर्ने उहाँको भनाई छ ।

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer