• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

राज्यको सम्पत्ति दुरुपयोग गर्ने?, सबस्टेसन बनेपछि संचालन गर्नु पर्दैन?


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • सर्लाही। नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको दक्षिण–पूर्वी भेग हरि पूर्वामा निर्माण गरेको सवस्टेशन अलपत्र परेको छ ।

    Advertisement

    प्राधिकरणले हरिपूर्वा नगरपालिका वडा नं। २ मा निर्माण गरेको सवस्टेशन पोल गाड्ने विषयमा विवाद हुँदा सञ्चालनमा आउन नसकेको हो । ११ केभी लाइनको बाँकी रहेका २०(२२ वटा पोल गाड्ने विषयमा विवाद हुँदा एक वर्षअघि नै निर्माण पूरा भएको सवस्टेशन अलपत्र परेको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रले जनाएको छ ।

    अनियमित विद्युत् कटौती र भोल्टेज नआउने समस्याले हैरान भएका हरिपूर्वासहित पूर्वी भेगका बासिन्दा सवस्टेशन सञ्चालनमा आएपछि ती समस्या समाधान हुने आसमा बसेका छन् । तर, पोल गाड्ने विषयमा विवाद भई शवस्टेशन नै अलपत्र परेपछि स्थानीय अहिले निराश बनेका छन् ।

    हरिपूर्वा नगरपालिका–२, सञ्जय कुमार मण्डलले छिनछिनमै बत्ती गइरहने र भोल्टेज नआउने समस्या लामो समयदेखि झेल्दै आएको बताउनुभयो । “विद्युत्को त यहाँ घरीघरी समस्या आइरहेकै हुन्छ, कहिले भोल्टेज हुँदैन, कहिले बारम्बार बत्ती कटिरहन्छ,“ मण्डलले भन्नुभयो, “गाउँमै पावर हाउस बनेको छ तर अनेक बहानामा चालू भइरहेको छैन ।”

    सवस्टेशन सञ्चालन गर्न स्थानीय सरकार र यस क्षेत्रका सांसदले चासो नदिँदा सास्ती खेप्नु परेको मण्डलले गुनासो गर्नुभयो । हरिपूर्वा बजार क्षेत्रबाट सवस्टेशनसम्म बस्ती हुँदै तार लाने वा बस्तीदेखि पूर्व खेतै खेत लाने भन्नेमा विवाद छ ।

    समाचार स्रोतका अनुसार यस विषयमा हरिपूर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह तेली र सर्लाही क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्य एवं सङ्घीय सरकारका खानेपानी मन्त्री महिन्द्रराय यादवबिच टकराब छ । मन्त्री यादवले केही समयअघि जिल्ला आउँदा सवस्टेशन सञ्चालनबारे स्थानीय स्तरमा छलफल समेत गर्नुभएको थियो ।

    हरिपूर्वा नगरपालिका–२, का वडाध्यक्ष दिनेश राय यादवले पुरानो सर्भे अनुसार बिजुलीको खम्बा नगाडिँदा विवाद उत्पन्न भएको बताउनुभयो । “पुरानो सर्भे अनुसार लैजाँदा गाउँ पर्छ, नयाँ सर्भे अनुसार लैजाँदा खेत छ,” वडाध्यक्ष यादवले भन्नुभयो, “कताबाट तार लैजाने भन्ने विवादले समस्या भएको हो ।”

    नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेश प्रसाद यादवले सवस्टेशन निर्माणको काम पूरा भए पनि स्थानीय विवादकै कारण सञ्चालन गर्न नसकिएको जानकारी दिनुभयो । “सवस्टेशन निर्माणको काम पूरा भइसकेको छ, स्थानीय स्तरको विवादले गर्दा २०(२२ वटा पोल गाड्न नसकेर सवस्टेशन सञ्चालनमा ल्याउन सकेका छैनौँ,” वितरण केन्द्र प्रमुख यादवले भन्नुभयो ।

    आफूले नयाँ आउनुभएका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलासँग समन्वय गरिरहेको र चाँडै नै सवस्टेशन सञ्चालनमा ल्याउने प्रयास जारी राखेको यादवले बताउनुभयो । उहाँका हरिपूर्वा सवस्टेशन सञ्चालन नहुँदा मलङ्गवा वितरण केन्द्र अन्तर्गतको सवस्टेशन ओभरलोडमा सञ्चालन गर्नुपरेको छ ।

    ओभरलोडका कारण ३३ केभी लाइन बारम्बार ‘डिस्टर्ब’ हुने, तार चुँडिएर खस्ने, जम्पर कट्ने जस्ता समस्या आइरहेको वितरण केन्द्र प्रमुख यादवले बताउनुभयो । “हरिपूर्वा क्षेत्रका जनतालाई त बिजोक नै छ, गर्मी याममा त्यस क्षेत्रमा भोल्टेज नभएर कुनै विद्युतीय उपकरण चल्दैन,” वितरण केन्द्र प्रमुख यादवले भन्नुभयो, “यी समस्या समाधानकै लागि प्राधिकरणले कार्यक्रम ल्याएर सवस्टेशन बनाएको हो तर स्थानीय बाधा विरोधले गर्दा सवस्टेशन सञ्चालन हुन सकेको छैन ।”

    पोल गाड्ने विवादका कारण सवस्टेशन सञ्चालन नहुँदा सवस्टेशनमा जडान गरिएको ट्रान्सफर्मरसहित अन्य उपकरण बेवारिसे झैँ बनेका छन् ।

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer