• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

पुरानै लयमा पर्यटन व्यवसाय, दस महिनामा ८ लाख पर्यटक भित्रिए: पर्यटन वोर्ड


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • काठमाडौं । मुलुकको अर्थतन्त्रका धेरै सूचकहरुमा अपेक्षकृत सुधार हुन नसकिरहेका वेला पर्यटन व्यवसाय भने पुरानै लयमा फर्किएको छ । नेपाल पर्यटन वोर्डको तथ्याङक अनुसार गएको १० महिनामा ८ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् ।

    Advertisement

    पछिल्लो एक महिनामा मात्र हवाईमार्ग भएर एक लाख १७ हजार बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२३ जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख बढी विदेशी पर्यटक नेपालमा आएको वोर्डको तथ्याङकले देखाएको छ । पछिल्लो समय बङ्गलादेश, भियतनाम, चीन र भारतलगायत मुलुकबाट विमान चार्टर्ड गरी पर्यटक आउने क्रम बढेको छ ।

    पर्यटकको बाक्लो आगमन सँगै पर्यटन गतिविधि बढ्दा यस क्षेत्रका व्यवसायी उत्साहित बनेका छन् । यसबाट मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव देखिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पर्यटन क्षेत्रको आम्दानी ५१ प्रतिशतले बढेर १७ अर्ब रुपैयाँ बढी पुगेको छ ।

    खासगरी छोटा तथा मध्यम रुटका ट्रेकिङ गन्तव्य तथा पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढेको पर्यटन ब्यवसायीहरु बताउछन् ।

    अन्नपूर्ण बेस क्याम्प र सगरमाथा आधार शिविर खुम्बु क्षेत्रमा बह्य पर्यटकहरुको चहल पहल बढिरहँदा काठमाडौँ आसपासका पाँचपोखरी, सैलुङ, कालिञ्चोक, लाङ्टाङ मध्यवर्ती क्षेत्र–गोसाइँकुण्ड, रुविभ्याली लगायतका क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो पनि उत्तिकै छ ।

    यस्तै केही लामो दुरीका कम्तीमा एक हप्ता समय लाग्ने ट्रेकिङ रुटहरू मार्दी, एबीसी घान्द्रुक–पुनहिल, मनाङको तिलिचोदेखि कर्णालीको रारासम्म पर्यटकको आवागमन बढेको स्थानीय ब्यवसायीहरु बताउछन् । अक्टोबर–नोभेम्बर महिना पर्यटनको मुख्य सिजनको महिनामा हो ।

    सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य रखेको छ । अक्टोबरसम्ममा करिब ८ लाख पर्यटक भित्रिसकेकाले बाँकी अवधिमा २ लाख पर्यटक सहजै भित्रिने वोर्डका प्रवक्ता लामिछानेले बताउनु हुन्छ ।

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer