काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे लगायतलाई थुनामै राख्ने आदेश सदर गरेको छ।
Advertisement
उनीहरुले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो।
थुनामै राख्न आदेश दिएकोमा रायमाझी, पाण्डे, इन्द्रजित राई, आङ्टावा शेर्पा, केशव दुलाल र टेकनारायण पाण्डे रहेका छन्।
उनीहरुले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेशबिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।




