काठमाडौं । खानेपानीमन्त्री माननिय महिन्द्रराय यादवले काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने प्रतिबद्दता संगै आफै फिल्डमानै खटिईरहनु भएको छ । उहां हरेक बिदाको समयलाई सदुपयोग गर्दै युद्दस्तरमा स्वयं फिल्डमानै पुग्ने गर्नुभएको छ । आफ्नो कार्यकाललाई कसरी प्रभावकारी बनाउन सकिन्छ र हरेक नागरिकलाई कसरी स्वच्छ पिउने पानीको पहुचमा पुर्याउन सकिन्छ भन्ने नै उहांको मुख्य चिन्ता रहने गरेको कुरा उहांका हरेक क्रियाकलापबाट प्रस्ट छन् । यस अघि कार्तिक २५ गते काठमाडौंको शिवपुरी क्षेत्रको अवलोकन भ्रमण गरी, त्यहां रहेका पानीका स्रोतहरुलाई कसरी बढी भन्दा भढी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा स्थानिय निकाय र सरोकारवालाहरुसंग अन्तर्क्रिया गर्नु भएका मन्त्री यादब अहिले, मेलम्चीको पानी काठमाडौ आउने टनेलमा पथान्तरको लागि मन्त्रालय को टिम, मेलम्ची बिकास समिती टिम र प्राबिधिक टिम सहित मेलम्ची खानेपानी आयोजनाको फिल्डमानै पुग्नु भएको छ ।
केही लोकल भेण्डर को अवरोध ले काममा ढिलाई भय पनि इटालियन कम्पनीले लोकल भेन्डरलाई तिर्नु पर्ने रकम राज्यले जिम्मेवारी लिनु पर्ने भनी काममा अवरोध भय पछि मन्त्री आफै समाधान गर्न त्यसतर्फ जानुभएको हो ।
यसअघि, काठमाडौंवासीले सो पानी एक हप्ता भित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला उहाले अर्थमन्त्री डा. प्रकाश शरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ सो प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेटमा उहांले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालय सकारात्मक छलफल भएको बताउनु भएको थियो । उक्त समयमा मन्त्री यादवले उपभोक्ता र भेन्डरसहित अर्थ मन्त्रालयसँग छलफल गरेर मेलम्चीको पानी काठमाडौँ ल्याउने काममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिनुभएको थियो ।
यसैबिच, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौँ ल्याउने कुरामा हेलम्बुका स्थानीयले कुनैपनि अवरोध नगरेको स्पष्ट पारे तर अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौता अनुसारको बजेट भने तत्काल व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएका थिए ।
यसैबिच, सचिवालय सदस्य टंक धमलाका अनुसार, मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको हेडवक्स अवलोकन/निरीक्षण सम्पन्न गरी मेलम्ची आयोजनाको मुख्य ठेकेदार सिनो हाइड्रोलाई काम सुरु गर्न मन्त्रालयको २४ घन्टे अल्टिमेटन निर्देशन दिनुभएको छ । खानेपानी आयोजनाको पानी पतान्थरको कार्य सुरु गरेर मात्र आफु फर्किने मन्त्री यादवले बताउनु भएको छ ।




