• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

अनुशासन र देशप्रेम भावी पुस्ताका गहना: प्रधानसेनापति शर्मा


  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
  • कास्की । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल बन्नेमा जोड दिएका छन् ।

    Advertisement

    सैनिक आवासीय महाविद्यालय पोखराको १९औँ वार्षिकोत्सवमा उनले भविष्यका कर्णधार विद्यार्थीलाई भविष्यको सोच, शिक्षाको महत्व, अनुशासन र देशप्रेमको भावना विकास गर्न सकेमा मात्रै भावी पुस्ता थप सबल बन्ने बताए ।

    शिक्षा पेशा आफैँमा गौरवपूर्ण र प्रतिष्ठित पेशा भएको बताउँदै उनले पछिल्ला समयमा यसलाई हेप्न थालिएको बताए । शिक्षाको महत्व विस्तारै बढ्दै गएको उल्लेख गर्दै प्रधानसेनापति शर्माले यस पेशालाई उदाहरणीय बनाउनुपर्नेमा जोड दिए ।

    महाविद्यालयमा व्यवस्थापनतर्फ विविएको कक्षा पनि सञ्चालन गर्न लागिएको बताउँदै उनले यसबाट लाभान्वित बन्न आग्रह गर्दै स्नातक तहमा विभिन्न कक्षा सञ्चालन गर्न यो सुरुवात भएको र भविष्यमा अन्य विषयमा पनि पठनपाठन सुरु गरिने जानकारी गराए ।

    घरपरिवारबाटै उचित शिक्षा, दिक्षा र संस्कारको विकास भई विद्यालय, महाविद्यालयमा अध्ययन गरे पश्चात समाज र राष्ट्रको सेवा गर्ने व्यक्तित्वका रुपमा विकास गर्न सकिने धारणा प्रधानसेनापति शर्माले राखे ।

    सैनिक कल्याणकारी कोषमार्फत सेनाले शिक्षा, स्वास्थ्य, स्वरोजगार, पूर्वाधार निर्माणलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएको बताउँदै उनले शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा परेको बताए ।

    कोषकै सक्रियतामा देशका विभिन्न भागमा विद्यालय, महाविद्यालय, अस्पातल आदि निर्माण भएको उनले बताए ।

    प्रधानसेनापति शर्माले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभन गरेका थिए ।

    विद्यालयका विद्यार्थीबाट नेपालका जातजातिका विभिन्न झाँकी, सांस्कृतिक कार्यक्रम, खुकुरी ड्रिल तथा तेक्वान्दो, कराँते प्रदर्शन गरिएको थियो ।

    उक्त अवसरमा प्रधानसेनापति शर्माले विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान गर्नुका साथै महाविद्यालयको वार्षिक मुखपत्र फुलबारीको लोकार्पण गरेका थिए ।

    शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer