• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

हात्ती आतंकबाट आहत छ, पूर्वी नेपाल


  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
  • मोरङ । पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापा जिल्लामा वर्षेनी जंगली हात्तीको आक्रमणले मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने गरेको छ ।

    Advertisement

    सुनसरीको इटहरी उपमहानगरपालिका-२ स्थित शान्तिझोडाको बुढासुब्बा चोकमा बिहीबार राति हात्तीको आक्रमणबाट एक स्थानीय युवाको मृत्यु भएको छ। जंगली हात्ती मानव बस्तीमा प्रवेश गर्न लागेपछि राति हात्ती खेदाएर घर फर्किने क्रममा २५ वर्षीय रविन खड्कालाई हात्तीले आक्रमण गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीनसिंह भण्डारीले जानकारी दिए।

    सामुदायिक वन क्षेत्रको बाटोमा हात्तीले आक्रमण गरेपछि खड्कालाई उपचारको क्रममा धरान घोपाक्याम्प लागेपछि उपचारको क्रममा निधन भएको उनले उल्लेख गरे। हात्तीले किचेर खड्काको मृत्यु भएपछि इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले मृतकको घर पुगेर पीडित परिवारलाई एक लाख क्षतिपूर्ति दिने बताए। उनले थप घटना हुन नदिन रातको समयमा जिल्ला वनका वनरक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित संयुक्त टोलीले आवश्यकअनुसार गस्ती गरिने तयारी भएको बताए।

    चारकोशे जंगल क्षेत्रमा हिउँदको समयमा हरेक वर्ष हात्तीको चलहपहल बढ्ने गरेकोले मानवीय तथा भौतिक संरचनामा हानी हुने गरेको स्थानीय बताउँछन्। सुनसरीको इटहरीस्थित तालतलैया, पानीपिया तथा शान्तिनगर क्षेत्रमा दजनौँ जंगली हात्तीको समूहले स्थानीय बस्तीमा वितण्डा मच्चाउने गरेको प्रहरीको भनाइ छ।

    सुनसरीको इटहरी २ मा हात्तीको बथान चार कोसे जंगलबाट गाउँ पस्न लागेपछि स्थानीय हात्ती धपाउन जुटने गरेका छन्। यहाँको राइचोक नजिक जंगली हात्तीले रातको समयमा एक स्थानीयको घर भत्काएर क्षति पुर्‍याएको छ।

    मोरङको बेलबारी नगरपालिकाको विभिन्न वडामा हात्तीले उपद्रो मच्याए पछि नगरप्रमुख दिलप्रसाद राई तथा उपप्रमुख नितु थापा कोइरालालगायत जनप्रतिनिधिले अनुगमन गरेका छन्। बेलबारी-१ मा किसानले लगाएको धानबालीलगायत अन्य नगदे बालीनालीमा हात्तीको बथानले नष्ट गर्दा क्षति भएको बेलबारी नगरपालिकाका नगरप्रमुख राईले बताए।

    पाकेको धानबाली, केराखेती, सिमल तरूललगायत बालीनाली हात्तीको बथानले नष्ट गरेको उनले बताए। केही दिनयता पुर्वोत्तर मोरङका विभिन्न क्षेत्रमा हात्तीको हुल नै गाउँ पसेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन्। हात्तीको हुल सुन्दरहरैंचा, बेलबारी, लेटाङ, केराबारीलगायत चारकोशे जंगल नजिकको बस्तीमा पसेको हो।

    छावा (बच्चा) सहितको जंगली हात्तीको सङ्ख्या दुई दर्जनभन्दा बढी रहेको स्थानीय बताउँछन्। बेलबारी ११ लक्ष्मीमार्गमा राती हात्तीले दुई वटा घर भत्काएर क्षति पुर्‍याएको छ। रातभर बेलबारी नगरपालिकाको दमकल र इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले साइरन बजाएर जंगलतर्फ हात्ती भगाउने कोसिस गरेको स्थानीय सञ्चारकर्मी नरेन्द्र बस्नेतले बताए।

    जंगल क्षेत्रबाट हात्तीको हुल नै सडकमा निस्किएपछि बेलबारी ११ लक्ष्मीमार्गको केशलिया पुलमा साँझ सडक जाम भएको थियो। हात्तीले बाटो क्रस गर्ने क्रममा सवारीधनीको भागाभाग भएको थियो। मङ्सिर १५ गते शुक्रबार बिहान झापामा हात्तीको आक्रमणबाट एक जना पुरूषको मृत्यु भएको छ। हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    वनमा पुगेका बेला जङ्गलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको झापा प्रहरीले उल्लेख गरेको छ। प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भै रहेको छ। साथै केही दिन अघि जंगली हात्तीको आक्रमणबाट झापामा एकको ज्यान गएको छ।

    दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो। साँझको समयमा शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जंगलमा तामाङलाई हात्तीले आक्रमण गरेर निधन भएको झापा डिभिजन वन अधिकृत मेघराज राईले बताए।

    गत वर्ष पनि मोरङको सुन्दरहरैंचा नगरपालिका १० स्थित सुकुना सामुदायिक बनमा घाँस काट्न जाँदा जंगली हात्तीको आक्रमणबाट ३२ वर्षीय सीता पराजुलीको निधन भएको थियो। साथै गत वर्षमा नगरको त्रिवेणीचोक उत्तर जंगलमा घाँस काटन जाँदा हात्तीको आक्रमणबाट ७५ वर्षीय बृद्व जयप्रसाद वास्तोला निधन भएको थियो।

    हाल सुन्दरहरैँचाको सलकपुर उत्तर तथा गछियाखोला आसपासको क्षेत्रमा दिउँसै जंगली हात्ती मानववस्ती तथा किसानको खेतीबालीमा पसेर आतंक मच्चाउने गरेको छ। पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकाको मानवस्तीमा घुमन्ते जंगली हात्तीले दुःख दिँदा स्थानीय तथा सरोकारभएकामा चिन्ता बढेकोले समस्याको सावधानमा पहन गर्न आवश्यक भएको जिल्लाका सहायक वन अधिकृत लालबहादुर माझीले बताए।

    डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जंगली हात्तीलाई कसैले जिस्काउने तथा जथाभावी लखेटने गर्दा मान्छेमा आक्रमण गर्ने भएकोले यसतर्फ सचेत रहन आग्रह गरे। उनले हात्ती जंगलबाट मानव वस्तीमा प्रवेश गरेको सूचना एक अर्कामा आदानप्रदान गरेर रातमा उज्यालो बत्ती र साइरनको व्यवस्था गरिएको जानकारी दिए।

    जंगल नजिकको बस्तीमा घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्नुहुँदैन। हात्तीले स्थानीय जाँड रक्सी खान मन पराएर मान्छेलाई आक्रमण गर्न सक्छ। जिल्ला डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले भने, “वनजङ्गलको बीचमा हात्तीलाई सहज होस् भनेर पानीको दह तथा पोखरी निर्माण गरी फलफूलको बिरुवा रोप्नुपर्‍यो।

     

    शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer