• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन: उपनेता तामाङ


  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताएका छन् । तामाङले व्यवसायी प्रसाईंले गर्नुभएको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरू सहभागी भएको दाबीसमेत गरेका हुन् ।

    Advertisement

    उनले आफ्नो पार्टीले कार्यकर्तालाई जानु पनि र नजानु पनि नभनेको उल्लेख गर्दै कार्यकर्ताहरूले आफ्नो इच्छाअनुरूप आन्दोलनमा सहभागी भएको बताए । उनले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईंले गरेको कार्यक्रममा गई सम्बोधन गरेको र राप्रपाले नैतिक समर्थन गरेको बताए ।

    न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘दुर्गा प्रसाईंको आन्दोलनलाई हाम्रो नैतिक समर्थन हो । नैतिक समर्थन हामीले गरेका छौँ । पार्टीका कार्यकर्ताहरू त्यहाँ ६५ प्रतिशत भन्दा बढी नै उपस्थित हुनुहुन्छ । हाम्रो पार्टीले जाऊ पनि भनेको छैन र नजाऊ पनि भनेको छैन । त्यस कारण हाम्रो नैतिक समर्थन हो । नैतिक समर्थन भएपछि केके गर्नुपर्छ भन्ने कुरा कार्यकर्ताले जान्ने कुरा हो । हाम्रो प्रवक्ता संसदीय दलका प्रमुख सचेतक समेत गएर त्यहाँ आफ्ना कुरा राखेर आउनुभएको छ । उहाँका विविध प्रस्तावहरू छन्, उहाँका विविध माग छन् । हाम्रा राजासहितको प्रजातन्त्र पुनर्स्थापना र हिन्दु राज्य पुनर्स्थापना दुई विषय र संघीयता खारेजको विषयमा हाम्रो समर्थन छ । हाम्रो विचारमा सहमत सबैलाई आह्वान गर्दछौँ । सहकार्य गर्न आउनुस् ।’

    नेता तामाङले राप्रपाको एजेन्डा बोकेर आउने सबैलाई राप्रपाले समर्थन गर्ने बताए । उनले राप्रपाले मङ्सिर २७ गते कैलाली, २८ गते महेन्द्रनगर र २९ गते जनकपुरमा आमसभा गर्न लागेको जानकारी दिए । उनले पुस २७ गतेबाट राप्रपाले आफ्ना एजेन्डाअनुसारका विभिन्न कार्यक्रमहरू घोषणा गर्ने बताए ।

    शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer