• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

खस्किँदै माओवादी केन्द्रको जनमत


  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । तराईको आठ जिल्ला समेटिएर बनेको मधेस प्रदेशमा माओवादी केन्द्रको तुलनात्मक रूपमा अन्य प्रदेशमा भन्दा जनमत निकै खस्किएको छ ।

    Advertisement

    साउनको तेस्रो साता सकिएको केन्द्रीय समिति बैठकको निर्णयअनुसार मधेससहित देशभर पार्टी रूपान्तरण विशेष अभियान जारी छ । तर मधेसमा तीन महिने अभियानले माओवादी जाग्न बाँकी नै रहेको स्थायी कमिटी सदस्य एवं अभियानको बारा जिल्ला इन्चार्ज प्रह्लाद बुढाथोकीको बुझाइ छ । अन्य प्रदेशको तुलनामा मधेसमा विशेष समस्या देखिएका पार्टीलाई चलायमान बनाउन नयाँ कार्यक्रम ल्याउनुपर्ने उनको तर्क छ । तर समग्रमा अभियानले संगठनलाई चलायमान बनाउन राम्रै सङ्केत गरेको बुढाथोकीले बताए ।

    ‘तीन महिने अभियानले मधेसमा माओवादी जाग्न बाँकी नै रहेको छ । प्रयत्न जारी छ । त्यही अनुसार गतिविधि भएका छन् । कतै जागेको छ । मुख्य पार्टीलाई चलायमान बनाउने प्रयास हो । त्यसअन्तर्गत विभिन्न गतिविधि भएको छ । अभियानले राम्रै सङ्केत गरेको छ’, उनले भने ।

    अहिलेको तयारीले २०८४ को चुनाव जित्न नसकिने र पार्टीलाई झकझकाउने तथा चलायमान बनाउने काम भएको उनले बताए । ‘पार्टीलाई नयाँ ढङ्गले नढालीकन अगाडि बढ्न त्यति सजिलो छैन । त्यसका लागि नयाँ कार्यक्रम आउनुपर्छ’, उनले भने, ‘अभियानपछि सङ्गठनात्मक क्षेत्रमा काम गर्न नयाँ कार्ययोजना सङ्गठन निर्माण, विस्तारको तयारीका लागि अर्को योजना आउँछ । त्यसपछि केही भन्न सकिन्छ ।’

    समस्या कहाँ छ ?

    मुख्य कुरा पार्टी विधि र पद्धतिमा नबढेकै कारण समस्या उनको अनुभव छ । उनले पार्टी र नेतृत्वको कार्यशैली, जीवन शैलीमाथि अनेकौँ प्रश्न उठेकाले विधि, पद्धति र प्रक्रियामा ढाल्ने नै चुनौती रहेको बताए ।

    ‘पार्टी र नेतृत्वको कार्यशैली, जीवन शैलीमाथि अनेकौँ प्रश्न उठेका छन् । विधि, पद्धति र प्रक्रियामा ढाल्ने चुनौती छ । यी कुरा नभई अन्य काम गर्न सकिँदैन । त्यसलाई रूपान्तरण गर्ने कुरा हो । जनतामा माओवादीप्रति ठुलो अपेक्षा थियो’, तीन महिनाको अनुभव सुनाउँदै उनले भने, ‘सामान्य सांस्कृतिकवादी कोणबाट सोच्नेहरूले उनीहरूलाई भोट दिइरहेका छन् । क्रान्तिकारी र आमूल परिवर्तनकारी सोचमा विकास भए, त्यसबाट प्रभावित भए उनीहरूमात्र रहने हुन् । जसबाट ठुलो परिवर्तन भइरहेको छ भन्ने कुरा जनताले महसुस गरेनन् । त्यसले जनतामा चरम निराशा देखिन्छ । अहिलेको मुख्य समस्या नै यही हो । हामीले उठाएका एजेन्डाहरू पूर्णरुपमा कार्यान्वयन गर्न नसकेको स्थिति हो । पार्टीमा पनि विधि र पद्धतिमा लान सकेनौँ ।’

    मधेसको समस्या के हुन् ?

    मधेसको समस्याबारे अहिले नै समीक्षा गरेर ठोस धारणा बनाइसकेको उनले बताए । उनकाअनुसार प्रक्रियामै रहेकाले समीक्षा बैठकपछि ठोस रूपमा भन्न सकिन्छ । मुख्य रुपमा पार्टी जुन ढङ्गले निर्माण हुनुपर्ने त्यसबमोजिम हुन नसकेकोले पार्टी खस्किँदै गएको उनको बुझाइ छ ।

    ‘मधेसमा अन्त भन्दा फरक समस्या छ । अशिक्षा, गरिबी, उत्पीडनलगायतको समस्या छ । चेतनाको स्तर निकै कमजोर छ । यी सबै हिसाबले पार्टी अलि खस्किएको छ । त्यसका पार्टीभित्र गुटबन्दीका कुराहरू छन् । गुटबन्दी अन्तभन्दा मधेसमा चर्को छ । गुटबन्दीले संगठनलाई शिथिल बनाएको छ । नेता तथा कार्यकताको चेतनाको कुराले जनता नेतामुखी हुँदा समस्या आएको छ । त्यसैले पैदा गरेको समस्या पनि हो’, बुढाथोकीले बताए ।

    पुराना दलप्रति जनता किन आकर्षित हुन सकेनन् ?

    नयाँ दलप्रति जनता आकर्षित हुनु स्वभाविक हुने उनको तर्क छ । उनले पुराना दलहरूले परिणाम दिन नसक्दा समस्या आएको बताए ।

    माओवादीको हकमा पार्टीलाई व्यवस्थित रूपमा परिचालन गर्न नसक्नु, चुनावी टेक्निक नबुझ्नु, जुन हरकत छन्, ती चिजहरू यहाँको सापेक्षतामा परिचालन गर्न नसक्नु कमजोरी रहेको उनको भनाइ छ । त्यस्तै जात, धर्म र समुदायका आधारमा प्रभावित हुने जनमत बढी भएकाले मधेसमा विशेष कार्यक्रम आवश्यक रहेको बुढाथोकीले बताए ।

    ३२ वटा निर्वाचन क्षेत्र रहेको मधेसमा २०७४ मा माओवादीले ५ सिट जितेको थियो । मधेस प्रदेश सभामा प्रत्यक्षमा ६ वटा सिट जितेको थियो । स्थानीय तहको चुनावमा माओवादीले २१ वटा पालिका जितेको थियो । तर २०७९ को चुनावमा प्रतिनिधिसभातर्फ एक सिट पनि जित्न सकेन । यस्तै माओवादीले प्रदेश सभामा चार वटा सिट जितेको छ । जबकि अघिल्लो चुनावमा ६ वटा सिट जितेको थियो । स्थानीय तहतर्फ मधेसका २१ वटा पालिका जितेको माओवादी यो पटक १० वटा पालिकामा खुम्चिएको छ ।

    शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer