• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ २२, २०८३
☰
सोमबार, भदौ २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

आधुनिक कृषि उपकरणतर्फ आकर्षित हुदै बाँकेका किसान


  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
  • नेपालगन्ज। गाउँघरमा खेताला राख्दा खर्च बढी हुने र समय पनि बढी लाग्ने हुँदा बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ बढी आकर्षित हुन थालेका छन्।

    Advertisement

    यस पटक जिल्लाका धेरै किसानले धानका लागि थ्रेसर मेसिनको प्रयोग गरेकोले कम खर्चमा छिटो छरितो काम भएको उनीहरूले जनाएका छन्।

    डुडुवा गाउँपालिका ६ भंघोटना गाउँका कृषक वंशीलाल मौर्यले अहिले गाउँघरमा काम गर्ने नभेटिँदा र कामदार लगाएर काम गर्दा समय र खर्च दुवै बढी लाग्ने हुँदा आधुनिक कृषि उपकरणतर्फ आकर्षण बढ्दै गएको बताउनुभयो।

    उहाँले यस पटक थ्रेसर मेसिनको प्रयोग गरेर धान दाउने काम गरेकोले छिटो र सस्तोमा भएको बताउनुभयो। मौर्यले पाकेर काटिएको धान दाइँका लागि यस वर्ष डुडुवाका अधिकांश किसानले थ्रेसर मेसिनको प्रयोग गरेको जनाउनुभयो।

    सोही कारणले छिटो धान बजारमा उपलब्ध भएको पनि किसानको भनाइ छ। यसैगरी बाँके कोहलपुर ७ का किसान जयवीर थापाले गाउँघरमा पछिल्लो समय जनशक्तिको अभाव भएसँगै कामदार पाउनै समस्या हुन थालेको र पाए पनि निकै खर्चिलो भएकोले अधिकांश किसानको पहिलो रोजाइ आधुनिक कृषि उपकरण बनिरहेको बताउनुभएको छ।

    यो वर्ष गाउँघरमा थ्रेसर मेसिनको माग बढ्दै गएपछि व्यवसायीक रूपमा थ्रेसर मेसिन राखेर भाडामा पनि चलाउन थालिएको छ। भाडामा दिनका लागि थ्रेसर मेसिन राख्नु भएका नेपालगन्जको हिरमिनियाका लल्लनप्रसाद पाण्डेले थ्रेसर मेसिनले काम गर्दा पैसा र समयको बचत हुने हुँदा यसको लोकप्रियता बढ्दै गएकोले यस वर्ष आफ्नो मेसिन धेरै प्रयोगमा आएको बताउनुभयो। उहाँले आगामी वर्ष एउटा थप मेसिन पनि किनेर ल्याउने योजना रहेको बताउनुभयो।

    पाण्डेले प्रति १ क्विन्टल धान थ्रेसरिङ गरेबापत १० किलो धान लिँदै आएको जनाउँदै बाँकेका किसानमा थ्रेसर मेसिनप्रति आकर्षण यस वर्ष धेरै बढेको पाइएको बताउनुभयो।

    उता कृषि ज्ञान केन्द्र नेपालगन्जले पनि आधुनिक प्रविधिको विकासले किसानलाई सजिलो बनाएपछि जिल्लाका किसानलाई आधुनिक उपकरण र प्रविधिको प्रयोगमा लाग्न आग्रह गर्दै आएको र त्यसका लागि सहयोगसमेत गर्दै आएको जनाएको छ।

    कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमद खाँले गाउँघरमा गोरु पाइन छाडेको, जनशक्ति कम हुँदै गएको र कामदारको अभाव रहेकोले कृषिका आधुनिक उपकरणको माग बढ्दै गएको बताउनुभयो।

    शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer