• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ आकर्षित


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • बांके । गाउँघरमा खेताला राख्दा खर्च बढी हुने र समय पनि बढी लाग्ने हुँदा बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ बढी आकर्षित हुन थालेका छन् ।

    Advertisement

    यस पटक जिल्लाका धेरै किसानले धानका लागि थ्रेसर मेसिनको प्रयोग गरेकोले कम खर्चमा छिटो छरितो काम भएको उनीहरूले जनाएका छन् ।

    डुडुवा गाउँपालिका ६ भंघोटना गाउँका कृषक वंशीलाल मौर्यले अहिले गाउँघरमा काम गर्ने नभेटिँदा र कामदार लगाएर काम गर्दा समय र खर्च दुवै बढी लाग्ने हुँदा आधुनिक कृषि उपकरणतर्फ आकर्षण बढ्दै गएको बताउनुभयो ।

    उहाँले यस पटक थ्रेसर मेसिनको प्रयोग गरेर धान दाउने काम गरेकोले छिटो र सस्तोमा भएको बताउनुभयो । मौर्यले पाकेर काटिएको धान दाइँका लागि यस वर्ष डुडुवाका अधिकांश किसानले थ्रेसर मेसिनको प्रयोग गरेको जनाउनुभयो ।

    सोही कारणले छिटो धान बजारमा उपलब्ध भएको पनि किसानको भनाइ छ । यसैगरी बाँके कोहलपुर ७ का किसान जयवीर थापाले गाउँघरमा पछिल्लो समय जनशक्तिको अभाव भएसँगै कामदार पाउनै समस्या हुन थालेको र पाए पनि निकै खर्चिलो भएकोले अधिकांश किसानको पहिलो रोजाइ आधुनिक कृषि उपकरण बनिरहेको बताउनुभएको छ ।

    यो वर्ष गाउँघरमा थ्रेसर मेसिनको माग बढ्दै गएपछि व्यवसायीक रूपमा थ्रेसर मेसिन राखेर भाडामा पनि चलाउन थालिएको छ । भाडामा दिनका लागि थ्रेसर मेसिन राख्नु भएका नेपालगन्जको हिरमिनियाका लल्लनप्रसाद पाण्डेले थ्रेसर मेसिनले काम गर्दा पैसा र समयको बचत हुने हुँदा यसको लोकप्रियता बढ्दै गएकोले यस वर्ष आफ्नो मेसिन धेरै प्रयोगमा आएको बताउनुभयो। उहाँले आगामी वर्ष एउटा थप मेसिन पनि किनेर ल्याउने योजना रहेको बताउनुभयो ।

    पाण्डेले प्रति १ क्विन्टल धान थ्रेसरिङ गरेबापत १० किलो धान लिँदै आएको जनाउँदै बाँकेका किसानमा थ्रेसर मेसिनप्रति आकर्षण यस वर्ष धेरै बढेको पाइएको बताउनुभयो ।

    उता कृषि ज्ञान केन्द्र नेपालगन्जले पनि आधुनिक प्रविधिको विकासले किसानलाई सजिलो बनाएपछि जिल्लाका किसानलाई आधुनिक उपकरण र प्रविधिको प्रयोगमा लाग्न आग्रह गर्दै आएको र त्यसका लागि सहयोगसमेत गर्दै आएको जनाएको छ ।

    कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमद खाँले गाउँघरमा गोरु पाइन छाडेको, जनशक्ति कम हुँदै गएको र कामदारको अभाव रहेकोले कृषिका आधुनिक उपकरणको माग बढ्दै गएको बताउनुभयो ।

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer