गोरखा । गोरखामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । जिल्लाको सहिद लखन गाउँपालिका–३, स्थित सिलिङदोभान सडकखण्डमा घ १ त १२५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाकाले जनाएको छ ।
दुर्घटनामा परी सहिद गण्डकी गाउँपालिका वडा नम्बर ३ घर भएका २९ बर्षका पदमबहादुर थापामगरको मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका थापामगरलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्याएको थियो । उपचारको क्रममा थापामगरको मृत्यु भएको थियो ।
दुर्घटनामा सहिद लखन गाउँपालिका वडा नम्बर ३ घर भएका २६ बर्षका रामबहादुर आलेमगर, तनहुँको आवुखैरेनी गाउँपालिका–३ बस्ने २२ बर्षका प्रदिप अर्याल र गोरखा नगरपालिका–१३ घर भएका ट्याक्टर चालक ३५ बर्षका विश्वास गुरुङ घाइते हुनुभएको छ ।
घाइतेहरुको चितवनमा उपचार भइरहेको छ । ज्याप्राङबाट नाम्जुङतर्फ ढुङगा बोकेर जाँदै गरेका ट्याक्टर सडकमा पल्टिएर दुर्घटनामा परेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




