• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब छिट्टै आउने मेलम्चीको पानी


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • सिन्धुपाल्चोक । खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँमा छिट्टै वितरण हुने बताउनुभएको छ ।

    Advertisement

    उहाँले मेलम्चीबाट काठमाडौँमा पानी पठाउन बाढी र पहिरोबाट क्षतिग्रस्त हेडवक्र्सको काम तीव्र गतिमा भइरहेको बताउँदै गत वर्षको तुलनामा यो वर्ष मुहानस्थलमा बढी नै क्षति पु¥याएकाले पानी वितरण केही ढिलो भएको स्पष्ट पार्नुभयो ।

    हेलम्बु गाउँपालिकाको आम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवक्र्स) स्थलगत अनुगमनको क्रममा खानेपानीमन्त्री यादवले काठमाडौँमा मेलम्चीको पानी नियमित वितरण गर्न तथा सो आयोजनालाई स्थायित्व दिन आयोजनाको पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    मन्त्रालयका सचिव रामआधार साह, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारी, आयोजनाका इन्जिनियरहरूसहित मुहानस्थलको अनुगमनमा पुग्नुभएका मन्त्री यादवले काठमाडौँ पानी पठाउन सुरुङमा पानी पथान्तरणको सुनिश्चितता गरेपछि मात्र आफू काठमाडौँ फर्किने प्रतिबद्धता गर्नुभयो । उहाँले मन्त्रालयको टोलीसहित आफूहरू चार÷पाँच दिनसम्म मुहान क्षेत्रमै बस्ने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “एक÷दुई दिनमा मुहानस्थलसम्म पुग्ने बाटो निर्माण हुन्छ । त्यसपछि मुहानस्थलमा काम सुरु हुन्छ । चाँडोभन्दा चाँडो काठमाडौँमा पानी पठाइने छ । प्राविधिक रूपले केही ढिलो भए पनि मेलम्चीको पानी काठमाडौँ पठाउन यहाँका स्थानीय जनता एकमत रहेका र उहाँहरूको महŒवपूर्ण योगदान रहेको छ ।”

    मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक अन्सारीले बाहिर भने जस्तो पानी पठाउन सजिलो नरहेको बताउँदै पानी पथान्तरण गरिने सुरुङमा समस्या नभए पनि पानी बगाउन प्रयोग गरिने प्रेसरसुरुङमा समस्या रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हेडवक्र्स क्षेत्रमा १५ मिटर गहिरो पुरिएको छ । त्यहाँ जम्मा भएका ढुङ्गा बालुवा पूरा सफा नगरिएसम्म पानी पठाउने प्रणाली सञ्चालनमा ल्याउन सकिँदैन । मुहानसम्म पुग्ने बाटो निर्माणसँगै हेडवक्र्स क्षेत्रको काम सुरु हुन्छ ।” उहाँका अनुसार बाटो निर्माण र हेडवक्र्स क्षेत्रको सफाइका लागि चार वटा डोजर परिचालन गरिएको छ ।

    भेन्डरका कारण ढिलाइ

    आयोजनाको मुहानस्थलमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले यसअघिको निर्माण कम्पनी केएमसीले निर्माण सामग्री आपूर्तिकर्ता (भेन्डर) हरूसँग लिएको उधारो नतिरेकाले तिनीहरूले आयोजनामा काम गर्न नदिँदा यो वर्ष काममा ढिलाइ भएको बताउनुभयो ।

    उहाँले भेन्डर (निर्माण सामग्री आपूर्ति गर्ने) हरूसँग सहमति भइसकेकाले अब बाटो निर्माणलगायतका काम सुरु भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार भेन्डरलाई तिर्नुपर्ने रकम करिब ११ करोड रुपियाँ रहेको छ । पानी पठाउन रहेको समस्याको पहिचान भई कामसमेत सुरु भइसकेकाले अब छिट्टै नै पानी पथान्तरण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    मुहानस्थलसम्म पुग्न बाटो नै नभएकाले काम सुरु हुन नसकेको चर्चा गर्दै उहाँले भन्नुभयो, “काठमाडौँमा पानी कति दिनमा पु¥याउन सकिन्छ भनेर ठ्याक्कै भन्न त सकिँदैन तर हामीले युद्धस्तरमा काम गरिरहेका छौँ । आशा गरौँ एक महिनाभित्र पानी काठमाडौँ पुग्छ ।”

    काठमाडौँमा पानी पठाउन यहाँको स्थानीय सरकारबाट निरन्तर सहयोग हुँदै आएको जानकारी दिँदै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भन्नुभयो, “मेलम्चीको पानी पठाउन हामी सहयोग गरिरहेका छौँ । स्थानीयका पनि केही माग छन् । यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र अन्य मन्त्रालयमा पटक पटक ज्ञापनपत्र बुझाएका छौँ, ती मागको सम्बोधन हुनु पर्छ ।”

    मेलम्चीको पानी खान पाऊँ भन्दै काठमाडौँमा मेलम्ची खानेपानी सङ्घर्ष समिति गठन गरिएको छ । आयोजनाको मुहानसम्म पुगेर फर्केका समितिका सदस्यले काठमाडौँ पानी पठाउन कुनै समस्या नरहेको दाबी गरेका छन् ।

    समितिका सदस्य राममणि अधिकारीले हेडवक्र्समा राखिएको फलामको पाता हटाए मात्र सुरुङभित्र पानी पठाउन सकिने र केही दिनभित्र काठमाडौँवासीले मेलम्चीको पानी खान पाउने बताउनुभयो । मङ्सिर ८ गते सङ्घर्ष समितिले निर्णय गरेर छ जना सदस्य मेलम्चीको वास्तविक अवस्था स्थलगत रूपमै थाहा पाउन मेलम्ची आयोजनाको हेडवक्र्ससम्म पुगेका थिए ।

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer