• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

निस्कृय बस्न बनाइएका वागमती प्रदेशका विषयगत समितिहरु


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • हेटौडा। बागमती प्रदेश सभामा विषयगत समितिका बैठकहरू निष्क्रिय बनेका छन्। लामो सयमदेखि बैठक नबस्दा प्रदेश सभाबाट छलफलका लागि पठाइएका विधेयकहरू समितिमै अलपत्र परेका छन्।

    Advertisement

    प्रदेश सभा बैठक बसेको समय पारेर मात्रै विषयगत समितिका बैठकहरू बस्ने गरेका बागमती प्रदेश सभा सचिवालयका एक कर्मचारीले बताए। सांसदहरूले प्रदेश सभा सञ्चालन नभएको समयमा संसदीय समितिको बैठकसमेत नराख्न भन्ने गरेका उनले बताए।

    ‘प्रदेश सभा बैठक चलेको वेलामा मात्रै हो उहाँहरूले विषयगत समितिको बैठकमा सहभागी हुन खोज्ने, अन्यथा समितिका सदस्यहरू विषयगत समितिको बैठक बोलाउँदा आउन नै आनाकानी गर्नुहुन्छ,’ उनले भने। नियमित प्रदेश सभाको बैठक बस्न नसक्नु, प्रदेश सभामा बिजनेस नहुनु, विषयगत समितिहरूमा पनि पर्याप्त मात्रामा बिजनेस नहुनु र अहिलेसम्म विषयगत समितिहरूको सभापति चयन गर्न नसक्नुले पनि सांसदहरू जिम्मेवार रूपमा प्रस्तुत नभएको हुन सक्ने ती कर्मचारीको भनाइ छ।

    १८ पुस ०७९ बाट सुरु भएको बागमती प्रदेश सभाको दोस्रो कार्यकालले गत असारमा विषयगत समिति गठन गरेको थियो। त्यसवेला समितिका सदस्यहरूको टुंगो लगाइएको भए पनि अहिलेसम्म समितिहरूको सभापति भने चयन हुन सकेको छैन।

    गत भदौ १९ गते पहिलोपटक विषयगत समितिहरूको बैठक बस्दा समितिका ज्येष्ठ सदस्यहरूले बैठकको सभाध्यक्षता गरेका थिए। त्यसयता हालसम्म उनीहरूले नै संसदीय समितिको नेतृत्व गरिरहेका छन्।

    अहिलेसम्म प्रदेश सभाअन्तर्गत शिक्षा तथा कृषि समितिको बैठक सबैभन्दा बढी जम्मा नाैपटक बसेको छ। यसैगरी यो अवधिमा प्रदेश मामिला समितिको चार र उक्त समितिको उपसमितिको तीनवटा बैठक बसेको छ। यस्तै, अर्थ तथा विकास समितिको तीन र उपसमितिको दुई, सार्वजनिक लेखा समितिको तीन र उपसमितिको तीन, उद्योग पर्यटन तथा वातावरण समितिको सात र उपसमितिको नाैवटा बैठक सञ्चालन भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ।

    प्रदेश सभामा रहेका पाँचवटा समितिहरू निष्क्रिय हुँदा समितिमा दफाबार छलफलका लागि प्रदेश सभाले पठाएका विधेयकहरू अलपत्र परेका छन्। यसबीचमा सदन सञ्चालन भएको अवसर पारेर विषयगत समितिका बैठकहरू बसेका भए पनि २३ असोजमा संसद् स्थगित भएयता समितिका बैठकहरू बस्न सकेका छैनन्।

    १९ भदौ यता प्रदेश सभाले समितिहरूमा पठाएका पाँचवटा विधेयकहरूमा दुईवटा विधेयकमाथि छलफल गरेर प्रतिवेदनसहित सदनमा पेस गरिएको छ भने अन्य तीनवटा विधेयक संसदीय समितिमै रोकिएका छन्।

    प्रदेश मामिला समितिको बैठकबाट प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकबाट प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफाबार छलफल गरी संशोधनसहित प्रतिवेदन तयार गरी पठाएपछि प्रदेश सभाबाट पारित भइसकेको छ।

    तर, अन्य तीनवटा विधेयक प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तक तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशाेधन गर्न विधेयक, २०८० समितिमा रहेका छन्।

    प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा रहेका यी तीन विधेयकमध्ये प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफाबार छलफल टुंग्याएर प्रतिवेदन लेखनको काम मात्रै बाँकी रहेको समितिको सभाध्यक्षता गरिरहेकी ज्येष्ठ सदस्य मीना पराजुली पोखरेलले जानकारी दिइन्। उनले अन्य दुईवटा विधेयकउपर छलफल हुनै बाँकी रहेको बताइन्।

    ज्येष्ठ सदस्य पोखरेलले यस अवधिमा चाडपर्व परको र समितिको बैठक राख्नेबाहेक अन्य काम नहुँदा सांसदहरूले आउजाउ गरिरहन अप्ठ्यारो मान्ने भएकाले पनि नियमित बैठक बस्न नसकेको स्पष्ट पारिन्।

    ‘प्रदेश सभाको बैठक सञ्चालन हुँदा समितिका सदस्यहरूलाई बैठकमा राख्न सजिलो हुन्छ। तर, हाल चाडपर्व पनि परेको र प्रदेश सभामा अन्य कुनै काम पनि नभएकाले सदस्यहरू बैठककै लागि भनेर आउन अप्ठ्यारो मान्नुहुन्छ,’ उनले भनिन्।

    ज्येष्ठ सदस्य पोखरेलले समितिको सभापति चयन नहुँदा पनि प्रतिपक्ष दलका सांसदहरूले समितिको बैठकलाई महत्व नदिएको दाबी गरिन्। उनले समितिको सभापति निर्वाचनमा ढिलाइ हुँदा पनि समितिको बैठकहरू नियमित बस्न नसकेको हो कि भन्ने आफूलाई लागेको बताइन्। उनले मंसिरको दाेस्रो साता बैठक बोलाउने तयारी गरेको जानकारी दिइन्।

    यता बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले समितिको बैठक नियमित बस्न नसक्नु सरकारको कमजोरी भएको बताए। उनले प्रदेश सभा र समितिहरूलाई बिजनेस दिने काम सरकारको भएको प्रस्ट पारे।

    ‘सरकारको बेवास्ताका कारण न प्रदेश सभा बैठक नियमित बस्छ, न संसदीय समितिहरूले काम गर्न सकेका छन्। हामीले प्रदेश सभा सदस्यको रूपमा शपथ लिएको एक वर्ष पुग्न लाग्यो, तर अहिलेसम्म विषयगत समितिहरूले पूर्णता पाएका छैनन्। सरकार जिम्मेवार नभई केही हुँदैन,’ उनले भने।

    प्रमुख सचेतक पौडेलले आठ–नाै महिना बितिसक्दा पनि विषयगत समितिहरूको सभापति चयन हुन नसकेको भन्दै बैठकलाई नियमिति सञ्चालन गर्न र प्रभावकारी बनाउन तत्काल समितिको सभापति चयन हुनुपर्ने बताए। समितिप्रति जिम्मेवार सभापति चयन नहुँदासम्म समितिहरूले राम्रोसँग काम गर्न नसक्ने उनले दाबी गरे।

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer