• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २८, २०८३
☰
आइतबार, असार २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

धितोपत्र बोर्डमा अध्यक्षका लागि को–को छन् आकांक्षी?


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • काठमान्डौ। धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्याकाल आगामी पुस २० गते सकिँदैछ। उनले सोही पदमा कार्यकाल दोहोर्‍याउन पहल गरिरहेका छन्।

    Advertisement

    ‘हमालले अर्थमन्त्री र प्रधानमन्त्रीसमक्ष आफूलाई बोर्डको अध्यक्षमै दोहोर्‍याइदिन पत्राचार गरेका छन्,’ स्रोतले भन्यो।

    हमालले पत्राचार गरेको विषय स्वीकार गरेनन्। तर आफू बोर्डको अध्यक्षमा दोहोरिन चाहेको संकेत भने गरेका छन्।

    ‘यस्तो विषाक्त वातावरणमा बसेर काम गर्न गाह्रो त छ,’ हमालले भने, ‘तर पनि केही काम गर्न बाँकी नै छ।’

    अब २६ कार्यदिन बाँकी रहेको हमाल नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज ल्याउने प्रयास गरिरहेका छन्।

    सम्भवतः बाँकी रहेको भनिएका काम यिनै हुन सक्छन्। तर नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज ल्याउने विषय विवादित बनिरहेको छ।

    त्यस्तै, हमालले प्रस्ताव गरेको ब्रोकरको कमिसन घटाउने र साना कम्पनीहरूको अलग्गै कारोबार प्रणाली विकास गर्ने लगायत काम प्रक्रियामै रहेको बताइन्छ।

    धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई सर्वोत्तम सिमेन्ट प्रकरणमा सरकारले बर्खास्त गरेपछि हमाल अध्यक्षमा नियुक्त भएका थिए।

    २०७६ पुस २१ गते सरकारले ढुंगानालाई नियुक्त गरेको थियो। चारवर्षे कार्यकाल नसकिँदै ढुंगानालाई बर्खास्त गरेपछि बाँकी कार्यकालका लागि हमालको नियुक्ति भएको थियो।

    धितोपत्र ऐन २०६३ ले अध्यक्षको कार्यकाल चार वर्षको हुने र सरकारले चाहेमा एउटा कार्यकाल सम्पन्न गरेको व्यक्तिलाई पुनः एक पटकलाई चार वर्षको कार्यकाल थप्न सकिने व्यवस्था गरेको छ।

    पूर्ण कार्यकाल पनि नपाएको कारण आफूलाई दोहोर्‍याइदिन हमालले अर्थमन्त्री र प्रधानमन्त्रीलाई पत्राचार गरेर अनुरोध गरेको स्रोतको दाबी छ।

    हमालले बोर्ड अध्यक्ष पाउने पक्कापक्की रहेको र उनले नपाएको खण्डमा मात्रै आफू आकांक्षीका रूपमा रहने नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए।

    ‘उहाँ (हमाल) ले गर्नुभएको काममा मेरो समर्थन छ। उहाँको कार्यकाल नवीकरण हुने सम्भावना छ,’ साउदले भने, ‘उहाँको कार्यकाल नवीकरण नभएको अवस्थामा यो पदको उम्मेदवार बन्न सक्ने सम्भावना त रही नै हाल्छ।’

    नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत साउद पनि सर्वोत्तम सिमेन्ट प्रकारणमा जोडिएका थिए। उनी नेप्सेको जिम्मेवारीमै रहेको समयमा समेत उनी सम्बद्ध लगानी कम्पनीले दोस्रो बजारमा कारोबार गरिरहेको पाइएको थियो।

    त्यस्तै, बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले समेत अध्यक्ष पदको लागि दाबेदारी दिने तयारी गरिरहेको बुझिएको छ। तर उनी यसको अहिल्यैदेखि नै यसको प्रचार भएकामा खुसी छैनन्। अधिकारीले यसअघि पनि अध्यक्षको लागि दाबेदारी दिँदै आएका थिए।

    बोर्डको अध्यक्षको दाबेदारीमा चर्चामा रहेका बोर्डका अर्का कार्यकारी निर्देशक कृष्णराज पोखरेल, बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरी र नेप्सेका पूर्व महाप्रबन्धक सिताराम थपलियाले आफूहरू यो दौडमा नरहेको स्पष्ट पारेका छन्।

     

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer