रुपन्देही। रुपन्देही जिल्ला सैनामैना नगरपालिकाको अग्रणी शैक्षिक संस्था सहीद नारायण पोखरेल रामापुर क्याम्पसले त्रिभुवन बिश्वबिद्यालद्वारा २०७९ सालमा सन्चालित स्नातक चौथो बर्षको परिक्षामा व्यवस्थापन र शिक्षा संकाय गरि ७ जना बिशिस्ट श्रेणी , ३८ जना प्रथम श्रेणी सहित उत्तीर्ण हुन सफल सम्पुर्ण विद्यार्थीहरुलाई एक कार्यक्रम गरी आगामी शैक्षिक सफलताको शुभकामना सहित समान गरेको छ।
उक्त सम्मान सैनामैना नगरपालिका नगर प्रमुख फणीन्द्र प्रसाद शर्माको हातबाट गरिएको थियो। कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै नगरप्रमुख फणीन्द्र शर्माले सहीद नारायण पोखरेल रामापुर क्याम्पसले क्याम्पसको शैक्षिक नतिजा, तथा समग्र गुणस्तरमा उल्लेख्य प्रगति गर्दै अगि बढेको कुरा बताउनुभयो ।
उहाले सिकाई एक निरन्तर प्रक्रिया भएको र सिकाईको लागि उमेरले कुनै असर नपार्ने कुरा बताउदै शैक्षिक जनशक्तिले देश निर्माणको लागि महत्त्वपूर्ण भूमिका खेल्ने कुरा व्यक्त गर्नुभयो । त्यसैगरी सम्मानित विद्यार्थीहरुको तर्फबाट बोल्दै विद्यार्थी संकर थापाले प्राध्यापकहरुको मार्गदर्शन, विद्यार्थीको मेहेनत तथा क्याम्पसको शैक्षिक वातावरणबाट नै यो नतिजा आउन सफल भएको कुरा उल्लेख गरेका थिए।





