• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

बुटवलको पहिलो जित: नेपाल सुपर लिग


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा एफसी बुटवल लुम्बिनी एफसीले पहिलो जित निकालेको छ । बुटवलले आइतबार सम्पन्न खेलमा स्पोर्टिङ इलाम डे मेची एफसीलाई २–१ ले हराएको हो ।

    Advertisement

    आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवललाई जित दिलाउन स्टेफन बिनोङ र कप्तान एरिक बिष्टले गोल गरे । इलामका अमाथ ड्वले गोल फर्काएका थिए ।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ४९औँ मिनेटमा स्टेफन बिनोङले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए । १८ यार्ड बक्स बाहिरबाट विनोङले नै बक्सभित्र लेफ्ट साइडका जिलेश्पीजंग कार्कीलाई खोजेका थिए । जिलेश्पीले निकालेको पासमा ६ यार्ड बक्सनजिक अनमार्क रहेका बिनोङले नै बललाई वान टचमा जालीको दिशा दिएका थिए ।

    अमाथ ड्वले ७८औँ मिनेटमा गोल गर्दै इलामलाई खेलमा फर्काएपछि खेलले रोमाञ्चक मोड लियो । सन्तोष खत्रीले करिब ३५ यार्ड परबाट गरेको प्रहार इलामका गोलकिपर मोहम्मोदोउले बचाए पनि सो बल गोललाइन नजिक रोकिँदा पेनाल्टी बक्समा रहेका ड्वले सहजै जाली चुमाए ।

    तर, ८८औँ मिनेटमा एरिक विष्टले उत्कृष्ट फ्रिकिक गोल गर्दै बुटवललाई पुनः अग्रतामा राखे । ३० यार्डभन्दा परको फ्रिकिकमा एरिकले सोझै टप कर्नर गोल गरे । यही गोल निर्णायक बन्दा बुटवलले पहिलो तीन अंक सुनिश्चित गर्‍यो ।

    त्यसअघि खेलमा दुवै टिमले केही सुन्दर अवसरको सदुपयोग गर्न सकेनन् । खेलको तेस्रो मिनेटमै इलामलाई भाग्यले साथ दिएन । फरवार्ड फोडे कामराको सुन्दरको क्रसमा पेनाल्टी बक्समा रहेका भरत खवासले गरेको वान टच प्रहार पहिलो बारमा लाग्दै फर्किएको थियो ।

    छैटौं मिनेटमा बुटवल लुम्बिनीका कप्तान एरिक बिष्टको प्रहार इलामका गोलकिपर विकेश कुथुका लागि गतिलो खतरा बन्न सकेन । मिडफिल्डर अब्डौल्जे बाले आशिष लामालाई ३५ यार्ड पर फाउल गरेपछि बुटवलले फ्रिकिक प्राप्त गरेको थियो । तर, मार्की खेलाडी एरिक विष्टको प्रहार इलामका गोलकिपर विकेश कुथुले सहजै बचाए ।

    २६औँ मिनेटमा अमाथ ड्वले अवसर सदुपयोग गर्न नसक्दा इलामले अग्रताको मौका खेर फाल्यो । फोडे कामाराले राइट साइडमा उपलब्ध गराएको बल एक रक्षकलाई कटाउँदै ड्वले गरेको प्रहार माथिबाट बाहिरियो ।

    ५८औँ मिनेटमा फोडे कामाराले प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा इलामले खेलमा फर्किने सुनौलो मौका गुमायो । १८ यार्डभित्र अर्नेस्ट टाम्पीको ह्यान्ड भएपछि इलामले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहारका लागि आएका कामाराको प्रहार सही ‘जज’ गर्दै बायाँतर्फ बललाई बाहिर फ्याक्दै इलामको खेलमा फर्किने सम्भावनालाई विफल बनाए ।

    ७६औँ मिनेटमा इलामको आक्रमणमा पोस्ट बाधक बन्यो । राइट साइडबाट अमाथ ड्वले गरेको क्रसमा १८ यार्ड बक्सभित्र बुटवलका गौरब श्रेष्ठबाट डिफ्लेक्ट हुँदा पोस्टमा लागेर बाहिरिएको थियो ।

    जितसँगै बुटवलले प्रतियोगितामा तीन खेलबाट तीन अंक जोडेको छ । यसअघि पहिलो खेलमा ललितपुरसँग २–० ले पराजित बुटवलले दोस्रो खेलमा धनगढीविरुद्ध पनि १–० को हार बेहोरेको थियो ।

    प्रतियोगितामा इलामको भने यो दोस्रो हार हो । यसअघि उद्धघाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग १–० ले निराश बनेको इलामले दोस्रो खेलमा भने झापालाई १–० ले हराएको थियो ।

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer