गोरखा । गण्डकी गाउँपालिका चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मंसिर २१ देखि २३ गतेसम्म आयोजना हुने भएको छ । अघिल्लो वर्ष वडा नं ५, दर्बुङमा आयोजना भएको खेलकुद प्रतियोगिता यस वर्ष भने वडा नं ७ घ्याल्चोक स्थित गाउँपालिकाको एकमात्र नमुना विध्यालय श्री ज्ञानमार्ग मा.वि मा आयोजना हुने भएको छ ।
प्रतियोगितामा गाउँपालिका भरिका विभिन्न ११ माध्यमिक विध्यालयहरु विभिन्न १५ खेल विधामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको तेस्रो संस्करण वडा नं ८ स्थित सुर्योदय मा.वि.ले जितेको थियो भने सुर्योदय मा.विले लगातार तिन संस्करण समेत जित्दै रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै आएको अवस्थामा यस वर्षको रनिङ शिःड थप रोमाञ्चक हुने प्रक्षेपण गरिएको छ ।
यससँगै गाउँपालिका कार्यापालिकाले यस वर्ष रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन सहित धेरै पदक ल्याउने एक छात्र तथा एक छात्रालाई जुनसुकै प्राविधिक तथा अप्राविधिक विषयमा उच्च शिक्षा अध्ययनमा प्रोत्साहनका लागि वार्षिक एक लाख रुपैयासम्मको छात्रवृत्तिको समेत घोषणा गरेको छ ।
यस छात्रवृत्तिबाट खेल कौशलमा उत्कृष्ट प्रदर्शन गर्ने विध्यार्थी भाईबहिनीहरुलाई थप उर्जा मिल्ने गाउँपालिका कार्यालयले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विध्यार्थी भाई बहिनिहरुलाई जिल्ला तथा प्रदेशमा समेत प्रतिनिधित्व गर्दै खेल्ने अवसर प्राप्त हुने हुदाँ सम्पूर्ण विध्यार्थीहरुलाई सजग, अनुशासित तथा उत्कृष्ट खेल प्रदर्शन गर्न समेत गाउँपालिका परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।




