• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ २२, २०८३
☰
सोमबार, भदौ २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

राधादेवी मेमोरिय स्कुल अब महानगर र लायन्सले संयुक्त संचालन गर्ने


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • पर्सा । वीरगंजको वडा नं. ६ आदर्शनगरमा रहेको राधादेवी मेमोरियल लायनेस स्कुल अबदेखि वीरगंज महानगरपालिका र लायन्स क्लबले संयुक्त रुपमा संचालन गर्ने भएको छ ।
    विद्यालय संचालनका लागि विगत ४२ वर्ष अघि जग्गा दान गर्ने जग्गा दाता मुरलीधर शर्मालाई आइतबार एक कार्यक्रका बीच अभिनन्दन गर्दै उनको स्वर्गीय आमाको नामबाट स्थापना भएको स्कुल अबदेखि महानगर र लायन्स दुबैले संयुक्त रुपमा संचालन गर्ने सहमति भएको हो ।
    विगतमा बेवारिसे अवस्थामा रहेको स्कुललाई पुनर्जीवन दिएर नयाँ ढंगबाट गुणस्तरीय पठन पाठनको व्यवस्था मिलाउने गरी संचालन गरिने महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

    Advertisement

    उहाँले विद्यालय संचालनका लागि करोडौँ मूल्यको जग्गा उपलब्ध गराउने शर्मा परिवारलाई आभार प्रकट गर्दै अहिलेको समयमा पनि व्यक्तिगत भन्दा सामाजिक हितका लागि दान गर्ने शर्मा समाजकै लागि उदाहरणीय व्यक्ति रहेको बताउनुभयो ।
    जग्गा दाता परिवार र लायन्सको सोच अनुरुप विद्यालयलाई गुणस्तरीय र सबैको पहुँचमा रहने गरी पठन पाठन गराउने व्यवस्था महानगरले गर्ने भन्दै उहाँले त्यसका लागि आवश्यक गृहकार्य गर्न शिक्षा महाशाखालाई निर्देशन समेत दिनुभयो ।
    कार्यक्रममा वरिष्ठ उद्योगी अशोक वैद्यले बेवारिसे अवस्थामा रहेको विद्यालयलाई पुनर्जीवन दिन महानगरले थालेको कदम सह्रानीय रहेको बताउनुभयो ।

    विद्यालय संचालनका लागि मुरलीधर शर्माले २०३८ असार १५ गते ७ कट्ठा ५ धुर जग्गा विद्यालयको नाममा रजिष्टर्ड गरेरै दान दिनुभएको थियो । मुरलीधर शर्मा र उनको धर्मपत्नी विमलादेवी शर्मालाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
    विद्यालय संचालनका लागि दान गरेको जग्गामा गएको ४२ वर्षदेखि विद्यालय संचालन बेवारिसे रुपले भइरहेको भन्दै जग्गा दाता शर्माले असन्तोष व्यक्त गर्दै आउनुभएको थियो ।
    अब भने महानगरले नै विद्यालय संचालन गर्ने जमर्को गरेकाले गुणस्तरीय र सबैको पहुँचमा रहने गरि विद्यालय संचालन हुनेमा आफू विश्वस्त रहेको पनि शर्माले बताउनुभयो ।
    लायन्स क्लब अफ वीरगंजका अध्यक्ष पप्पु श्रीवास्तवको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा नम्वर ५ र ६ का अध्यक्षहरू,बिभिन्न कर्मचारी लगायत ,लायन्स क्लब अफ वीरगंजका भुतपूर्व अध्यक्ष बलराम श्रेष्ठ, छेदुप लामा, विनित जयसवाल, ग्रिन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतान लगायतको सहभागिता रहेको थियो ।

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer