• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

फेरि चर्चामा कालिका मानवज्ञान मावि १६ वटा शैक्षिक सूचकमा नेपाल प्रथम /३९४ वटा पालिकामाभन्दा धेरै विद्यार्थी


  •   सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
  • बुटवल । बुटवलको कालिका मानवज्ञान माविमा शैक्षिक शत्र २०८० मा ८ हजार ५० जना विद्यार्थी संख्या पुगेको छ । यो विद्यालयको बालविकास केन्द्रदेखि कक्षा १२ सम्मको विद्यार्थी संख्या हो । उक्त संख्या देशभरका पालिकामध्ये ३९४ वटा पािलकामा भन्दा बढी पनि हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना तथा व्यवस्थापन शाखाको शैक्षिक शत्र २०७९ को तथ्यांकमा ३९४ वटा पालिकामा ८ हजार ७२ भन्दा कम विद्यार्थी संख्या छ भने ३५९ वटा पालिकामा उक्त संख्या भन्दा बढी विद्यार्थी संख्या छ ।

    Advertisement

    देशभर महानगर ६ वटा, उपमहानगर ११ वटा, नगरपालिका २६८ वटा र गाउँपालिका ७४ गरी ७५३ वटा पालिका छन् । त्यसमध्ये ८ वटा नगरपालिका र ३८६ वटा गाउँपालिका गरी ३९४ वटा पालिकागत विद्यार्थी संख्या भन्दा कालिका मानवज्ञान माविको विद्यार्थी बढी छन् ।

    शिक्षा तथा मानवस्रोत विकास केन्द्रको शैक्षिक शत्र २०७९ को तथ्यांक अनुसार कालिका मानवज्ञान माध्यमिक विद्यालयमा भन्दा ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २६८ वटा नगरपालिका र ७४ वटा गाउँपालिका गरी ३५९ वटा पालिकामा विद्यार्थी संख्या बढी देखिएको छ । विद्यालयमा शिक्षक र कर्मचारी संख्या ३३७ जना छन् । त्यसमध्ये विद्यालय स्रोतका शिक्षक—कर्मचारी २७५ जना हुन् ।

    कालिका मानवज्ञानमा के के राम्रो ?

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको अध्ययनमा यस विद्यालयमा भएका अभ्यासहरूलाई २९ वटा बुँदामा समेट्ने प्रयास गरिएका छ । यसले विद्यालयको अवस्थाको चित्रलाई देखाएको छ । केन्द्रका महानिर्देशक दीपक शर्माले सूचक निर्माण गरी गरि गरिएको अध्ययनमा कालिका मानवज्ञान देशभरीका सामुदायिक विद्यालयमा प्रथम भएको बताए ।

    कालिका मानवज्ञान माविको अभ्यास अरू विद्यालय र सरकारका लागि पनि सिकाइ भएको महानिर्देशक शर्मा बताउँछन् । देशभरीकै विद्यालयमा सबैभन्दा बढी विद्यार्थी भएर पनि विद्यालयको शैक्षिक व्यवस्थापन, विद्यार्थीलाई सिकाउने अभ्यास, शिक्षक प्रोत्साहन र शैक्षिक पारदर्शिताको पक्ष उदाहरणीय भएको बताए । सामुदायिक विद्यालयतर्फ अभिभावकमा देखिएको आकर्षण पक्षले सबैलाई उत्साहित गरेको उनले बताए ।

    सरकारको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार देशभर सामुदायिक २७ हजार ३४३ (७५ दशमलव ९ प्रतिशत), संस्थागत ७ हजार ३७३ (२० दशमलव ५ प्रतिशत) र धार्मिक १ हजार ३१६ (३ दशमलव ६ प्रतिशत) गरी कुल ३६ हजार ३२ विद्यालय छन् ।

    शैक्षिक व्यवस्थापनतर्फः
    विद्यार्थीहरू कै सहभागिता र नेतृत्वमा विद्यार्थी आचारसंहिता निर्माण र कार्यान्वयन गरिएको छ । शिक्षक कर्मचारीकै सहभागितामा शिक्षक कर्मचारी आचारसंहिता निर्माण र कार्यान्वयन गरीएको छ । कक्षाकोठालाई प्रभावकारी बनाउन आइसिटीको प्रयप्रवेश नगर्ने प्रतिबद्धता, कक्षा कोठामा पुग्दा शिक्षक मुस्कान सहित प्रस्तुत हुने गरेको छ । उत्तरदायित्वको सिद्धान्तलाई व्यवहारिक रूपमा प्रयोग गरिएको छ ।

    कक्षा मनिटरलाई प्रशिक्षण र पूर्ण जिम्मेवारी हस्तान्तरण गरिएको छ । हरेक दिनको प्रार्थना समयमा महत्त्वपूर्ण घटना र विषयमा विचार राख्ने अवसर र आकर्षक साङ्गीतिक पिटीको व्यवस्था गरिएको छ । विद्यार्थीहरूको सहज र पहुँचमा उजुरी पेटीका राख्ने र इन्चार्जद्वारा त्यसको उचित ढङ्गले सुनुवाई गर्ने व्यवस्था गरिएको छ । वार्षिक शैक्षणिक योजना, शिक्षक तालिम, शैक्षिक सामग्रीहरूको निर्माण तथा खरिद सहित शैक्षिक वर्षको सुरुवातमै सबै शिक्षकले आआफ्नो तयारी पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

    बालविकासको निम्ति १, २–५,६७, ८, ९ र १० कक्षाको लागि १/१ जना र विज्ञान समूहको लागि १, कानुन, शिक्षा र मानविकी समूहको लागि १, व्यवस्थापन समूह कक्षा ११ को लागि १ र व्यवस्थापन समूह छ । कक्षा १२ को लागि १ शिक्षक इन्चार्जको व्यवस्था गरिएको छ ।

    परीक्षा र मूल्यांकन तर्फः
    प्रश्नप्रत्र निर्माण कार्याशाला मार्फत प्रश्नप्रत्रको निर्माण गरी विद्यार्थीको मुल्याङ्नमा प्रयोग गर्ने गरीएको छ । प्रत्येक विद्यार्थीहरूको प्रोफाइल तयार गरी विद्यार्थी मूल्याङ्कनको व्यवस्था भएको छ । नियमित रूपमा मूल्याङ्कन, मासिक, २ ओटा त्रैमासिक, १ वार्षिक र २ ओटा त्रैमासिक मौका परीक्षाको संचालन र कुनै विषयमा असफल भए मौका परीक्षाको अवसर दिइएको छ ।

    बालविकासदेखि कक्षा ७ सम्म निरन्तर मूल्याङ्कन पद्दति र आवधिक मूल्याङ्कन पद्धति अवलम्बन गरिएको छ । बालविकास केन्द्र देखि कक्षा १२ का हरेक आन्तरिक त्रैमासिक परीक्षामा ८० प्रतिशतभन्दा माथि अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति र बोर्ड परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारको व्यवस्था छ । गरिएको जम्मा भर्नाको ५ प्रतिशत विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ ।

    अभिभावक शिक्षातर्फः
    अभिभावकहरूलाई प्रशिक्षण दिइएको छ । अभिभावक विद्यार्थी र शिक्षकहरूबीच अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । बालविकास कक्षामा प्रवेश गर्ने बालबालिकालाई विद्यालय पोसाक निःशुल्क वितरण गरिएको अङ्ग्रेजी र नेपाली दुवै माध्यमलाई अवलम्बन गरिएको, (कक्षा ६ देखि कक्षा १२ सम्म) दण्डहीन (बालमैत्री) शिक्षण सिकाइ अभ्यास भएको छ ।

    शिक्षक व्यवस्थापन प्रोत्साहनतर्फः

    औसत सिकाइ उपलब्धिका आधारमा शिक्षकहरूको बीच प्रतिस्पर्धात्मक वातावरण तयार गरी प्रत्येक वर्षको उत्कृष्ट शिक्षकहरूको घोषणासहित पुरस्कृत गर्ने व्यवस्था छ । किसानसंग विद्यार्थी कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा व्यवस्थापन समितिको व्यवस्थाद्वारा शिक्षकले कक्षामा विताउने समयको अनुगमन गर्ने गरिएको छ । समुदायका लागि कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

    विद्यार्थीका लागि अतिरिक्त सीपविकास तर्फः

    नैतिक शिक्षा र व्यवहारिक अभ्यासलाई जोड दिइएको छ । कानूनका विद्यार्थी र प्रहरीबिच अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । वर्षमा एकपटक खाना महोत्सव आयोजना गर्ने गरिएको छ ।समुदायिक सहभागितामा सिप विकासका लागि टपरी निर्माण तालिम सञ्चालन गरिएको छ । रोजगारमूलक विद्युतीय जडान तालिम सञ्चालन गरिएको छ । नियमित रूपमा प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलाप (हरेक शुक्रबार ५ औं घण्टीपश्चात) सञ्चालन गरिएको छ ।

    कालिका मानवज्ञान कुन सूचकमा बलियो, कुनमा कमजोर ?

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका २१ वटा विद्यालयको १६ वटा सूचक बनाई मूल्यांकन गरेको थियो । आव २०७९/८० मा गरिएको अध्ययनमा ९३ दशमलव ५ नम्बर ल्याइ कालिका मानवज्ञान पहिलो विद्यालय बनेको छ । विद्यार्थी विवरण, शिक्षक विवरण, विद्यालय व्यवस्थापन समितिको बैठक सञ्चालन, शिक्षक अभिभावक संघ गठन तथा बैठक संचालन, लेखा परीक्षण तथा सामाजिक परीक्षण, विद्यालयको भौतिक अवस्था, शैक्षिक सूचना तथा संचार प्रविधिको प्रयोग, सह तथा अतिरिक्त क्रियाकलाप संचालन, अभिलेख व्यवस्थापन, अभिभावक भेटघाट तथा अन्तक्र्रिया संचालन, अन्य कार्य र कार्यसम्पादन गरी १३ वटा सूचकमा पूर्णांक नै प्राप्त गरेको छ । विद्यालयले बाल विकास केन्द्रको व्यवस्थापन, परीक्षाको नतिजा विवरण र केन्द्रबाट प्राप्त अनुदानको व्यवस्थापनमा पूर्णांक नम्बर ल्याउन सकेको छैन् । ती सूचकमा सुधार गर्नुपर्ने अध्ययनले देखाएको छ ।

     

    पुरस्कार जित्नमा पनि कालिका मानवज्ञान अगाडीः

    विद्यालय प्राविधिक धारतर्फ नेपाल २०७१, ७२, ७३ र ७४ नेपाल प्रथम भएको थियो । त्यसैगरी साधारणतर्फ २०७३ प्रथम, २०७४ तेस्रो स्थान ल्याएको थियो । २०७९ मा देशभरका ४२२ नमूना विद्यालयमध्ये प्रथम भएको थियो । एसईई परीक्षामा यहाँका विद्यार्थीले २०७५ र २०७८ सालको एसईईमा जिपिए ४ ल्याएका थिए ।
    अतिरिक्त क्रियाकलापतर्फ पनि विद्यालये अग्रणी स्थान ल्याउने गरेको छ । पछिल्लोपटक २०७९ मा राष्ट्यि स्तरमा भएको कविता प्रतियोगितामा नेपाल प्रथम भएको थियो भने २०७९ को राष्ट्पति कप प्रतियोगितामा नगर प्रथम भएको थियो ।

    २०६३ चैत्र महिनादेखिको रेकर्डमा कालिका मानवज्ञान माविमा करिब १७ हजार ५ सय व्यक्तिहरूले विद्यालयको अवलोकन गरेका छन् । ति संघीय शिक्षा मन्त्रीदेखि प्रदेश, स्थानीय तह र विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, शिक्षाकर्मी र शिक्षाका अध्येताहरू हुन् ।

    विद्यालय सबैको आकर्षणको केन्द्र बन्नुमा सबैको मिहिनेत परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली बताउँछन् । उनले विद्यार्थी संख्या अनुसार शिक्षक दरबन्दी र विद्यालय संचालनको बजेट व्यवस्थापन सरकारबाट नपाउँदा अनेको समस्या झेल्नु परेको बताए । हामी सबैको हाई हाई त भएका छौं अध्यक्ष ज्ञवालीले भने, तर सरकारको बजेट निकै कम आउँछ, अभिभावक सहयोग लिएर विद्यालय संचालन गर्दा मुद्दा मामिलादेखि आलोचना पनि उत्तिकै सुन्नु परेको छ ।

    सबैको रोजाइको विद्यालय बन्नु राम्रो पक्ष भएपनि विद्यार्थी भर्ना थेग्न नसकिएको प्रधानाध्यापक दिनेश थापा बताउँछन् । केही वर्ष पहिले भर्नाका समयमा घरदैलो गर्ने हाम्रो विद्यालय अहिले हामी विद्यार्थी थप गर्नमा डराइरहेको छौं प्रअ थापाले भने । उनले अहिले विद्यार्थी संख्या थप्ने भन्दापनि शैक्षिक व्यवस्थापन, सिकाइ सुधार र बालबालिकाको सीप बढाउनमा विद्यालयले प्राथमिकता दिएको बताए ।

    सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer