• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

समयमै डिपिआर बनाउने चीन सरकारको प्रतिबद्धता


  •   सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
  • काठमाडौँ। चीन सरकारले प्रस्तावित नेपाल–चीन पहिलो अन्तर्देशीय केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

    Advertisement

    चीनमा सम्पन्न रेलमार्गबारे समीक्षा बैठकमा चिनियाँ पक्षले सो प्रतिबद्धता गरेको बैठकमा सहभागी रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले जानकारी दिनुभयो। नेपाल–चीन सचिवस्तरीय रेलवे संयन्त्रको बैठकमा सहभागी भई स्वदेश फर्कनुभएका महानिर्देशक बिसुरालले प्रस्तावित सो रेलमार्ग निर्माणलाई चीन सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

    बैठकमा रेल विभागका महानिर्देशक बिसुरालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र वन मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । अहिले चीनमा सम्पन्न नेपाल–चीन सचिवस्तरीय रेलवे संयन्त्रको आठौँ बैठक हो । नवौँ बैठक अबको तीन महिनापछि नेपालमा बस्ने छ । विभागका महानिर्देशक बिसुरालले भन्नुभयो, “आगामी २०८३ असारभित्र सो रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने चीनको प्रतिबद्धता छ । चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा २०७९ पुसदेखि सम्भाव्यता अध्ययन सुरु भएको थियो । दुई मुलुकबिच भएको सहमति अनुसार सन् २०२६ जुलाईसम्म सम्भाव्यता अध्ययन सम्पन्न गर्नु पर्छ ।” तीन अर्ब रुपियाँ खर्च गरेर चीनले सो अध्ययन गरिरहेको छ।

    सम्भाव्यता अध्ययनका लागि गत वर्ष पुसको अन्तिम साता चीनको रेलवे प्राविधिक टोली नेपाल आएको थियो। सम्झौता अनुसार ४२ महिनाभित्र आयोजनाको सम्पूर्ण अध्ययन पूरा गर्नुपर्ने छ। जसमध्ये करिब एक वर्षको समय पूरा भइसकेको छ ।

    प्रस्तावित सो रेलमार्ग निर्माणका लागि चीनद्वारा यसअघि गरिएको पूर्वसम्भाव्यता (प्रि–फिजिबिलिटी) अध्ययन प्रतिवेदनले उक्त रेलमार्गको निर्माण र सञ्चालन सम्भव रहेको देखाएको थियो। चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । चीनले पाँच वर्षअघि नै सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरी सोको प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको थियो । चाइना फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले गरेका सो सम्भाव्यता अध्ययन प्रतिवेदन २०७५ मङ्सिरमा हस्तान्तरण गरिएको थियो ।

    अध्ययन अनुसार सो रेलमार्गमा चार वटा स्टेसन प्रस्ताव गरिएको छ, जसमध्ये पहिलो स्टेसन केरुङमा हुने छ भने काठमाडौँ र केरुङको बिचमा दुई वटा र अन्तिम स्टेसन काठमाडौँको टोखामा हुने छ । चीन सरकारकै सहयोगमा यो रेलमार्गको सम्भाव्यता अध्ययन भएको थियो । करिब तीन वर्षअघि नै अध्ययन गरिएको भए पनि त्यसपछि थप अध्ययन अघि बढ्न सकेको छैन ।

    अध्ययन अनुसार यो रेलमार्ग करिब ७२ किलोमिटर हुने छ। निर्माण सुरु भएको करिब एक दशकभित्र केरुङदेखि काठमाडौँसम्म रेल सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार रेलमार्गको कुल लम्बाइको करिब ९८ प्रतिशत सुरुङमार्ग र हाई ब्रिज निर्माण गर्नुपर्ने हुन्छ ।

    सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer