झापा । झापाको कमल गाउपालिकाले शिक्षाको संवेदनशिलताई मध्यनजर राख्दै, अब देखि पालिका भित्रका कुनै पनि सरकारी/सामुदायीक विद्यालयमा राजनैतिक दलको कार्यक्रम गर्न नपाउने जनाएको छ । शिक्षा समितीको हिजो बसेको बैठकले सो निर्णय गरेको शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले वताउनु भयो । “अब देखि विद्यालय परिसर भित्र कुनै पनि राजनीतिक कार्यक्रम गर्न नपाईने निर्णय गरेको छ”, उहांले बताउनु भयो ।
कमल गाउँपालिका परिचय
नेपालको सुदूर पूर्व मेची अंचलको दक्षिणी जिल्ला झापाको कमल गाउँपालिकाको उत्तर तर्फ ईलाम जिल्ला, दक्षिण तर्फ गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका, पश्चिम तर्फ रतुवा खोला दमक नगरपालिका, र पूर्व तर्फ शिवसताक्षी नगरपालिका रहेको छ। यस कमल गाउँपालिका साविकका दुई गा.वि.स.हरु तोपगाछी ६४.६ वर्ग कि.मी. र लखनपुर ३९.९९ वर्ग कि.मी. जोडेर बनेको हुनाले यहाँको कुल क्षेत्रफल १०४.५९ वर्ग कि.मी. रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ५३,८९४ रहेको छ, जसमध्ये पुरूष २५,४२६ र महिला २८,४६८ रहेका छन् ।
(यो निर्णय हजुरलाई कस्तो लाग्यो !!)




