दैलेख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन गरेका छन्।
Advertisement
एमालेले सुरु गरेको मेची महाकाली पदयात्राको क्रममा अध्यक्ष ओलीसहितका एमाले नेताहरु आज बिहान दुल्लु पुगेका हुन्।
अध्यक्ष ओलीले दुल्लु भैरवी १ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरीे त्यस सम्बन्धी आवश्यक जानकारी लिएका छन्।
अध्यक्ष ओलीले श्रीस्थान मन्दिरको पनि दर्शन गरेका छन्। एमालेले सुरु गरेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ। जनसभामा अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
उनले आज दैलेखको पर्यटकीय क्षेत्र गुरास गाउँपालिकामा पनी अवलोकन गर्ने कार्यक्रम रहेको छ।




