• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २८, २०८३
☰
आइतबार, असार २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सार्वजनिकस्थलमा सुर्ती प्रयोग गरे एक लाखसम्म जरिवाना लाग्ने


  •   सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
  • काठमाडौं। महानगरपालिकाले महानगरभित्रका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीवितरणमा रोक लगाउने भएको छ।

    Advertisement

    महानगरपालिकाले महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० र सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ अनुसार यही मंसिर २७ देखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग र बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।

    महानगरपालिकाको निर्णय कार्यान्वयसँगै रेष्टुरेन्ट, बार, चमेना गृह, भोजनालय, छात्रावास, कभर्ड हल, लज, अतिथि गृह, पुल हाउस, रंगशाला, शारीरिक सुगठन व्यायाम केन्द्र, सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, बालआश्रम, वृद्धाआश्रम, सार्वजनिक शौचालयमा सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीवितरण गर्न पाइने छैन।

    त्यस्तै अनाथआश्रम, बाल उद्यान, उद्योग तथा कलकारखानाका कार्यस्थल, चलचित्र घर, नाट्यशाल, सांस्कृतिक केन्द्र, होटेल, मोटेल, रिसोर्ट, धर्मशाला, बसपार्क, टिकट काउन्टर, एयरपोर्टलगायत स्थलमा पनि सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीमा रोक लाग्नेछ।

    सार्वजनिक स्थलदेखि २ सय मिटर टाढा बन्द प्याकेटमा मात्र चुरोटलगायत सुर्तीजन्य पदार्थ बिक्री गर्न पाउने व्यवस्था ऐनले गरेको छ। १८ वर्षमुनिका बालबालिकालाई भने सुर्तीजन्य पदार्थ विक्री गर्न ऐनले रोक लगाएको छ।

    कारागार, विमानस्थल वा पर्यटकीयस्तरको होटेलको कुनै खास ठाउँमा अन्य व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी सुर्तीजन्य पदार्थ प्रयोग गर्न पाउने व्यवस्था व्यवस्थापकले मिलाउन सक्ने छन्।

    ‘ऐनले तोकेको ठाउँमा चुरोट बिक्री र प्रयोग गर्न पाइनेबाहेक अन्य सुर्तीजन्य पदार्थ पूरै निषेध गर्ने तयारीमा छौं,’ काठमाडौं महाननगरपालिका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले भने। उनले महानगरपालिकाको निर्णय कार्यान्वयनका लागि सुर्तीजन्य पदार्थका डिलर र उत्पादक कम्पनीलाई १५ दिनको म्याद राखेर जानकारी गराइएको उनले बताए।

    सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन बनेको १२ वर्षसम्म पनि सरकारले कार्यान्वयनमा ल्याउन सकेको छैन। यस्तो अवस्थामा काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थ्लमा सुर्तीजन्य पदार्थ प्रयोग र बिक्रीमा प्रतिबन्ध लगाउन सम्भव छ त भन्ने प्रश्नमा महानगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद पाण्डेले निर्णय कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

    ‘कसैले सार्वजनिक स्थलमा बिक्री गरे प्रहरीले जफत गर्नेछ, कसैले प्रयोग गरे जरिवाना लाग्ने छ,’ उनले भने, ‘असम्भव भन्ने लाग्दैन, ऐनअनुसार चल्ने हो।’

    सार्वनिक स्थलमा कसैले सुर्तीजन्य पदार्थ प्रयोग गरे काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐनअनुसार २५ हजारदेखि १ लाख रूपैयाँसम्म जरिवाना हुन सक्छ।

    त्यसैगरी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग गरी फोहोर गरेमा फोहोरमैला ऐनअन्तर्गत कारबाही हुने महानगरपालिका स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए।

    सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer