• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • २. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

किन मान्दैनन् बच्चा विद्यालय जान?


  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • सधैं स्कुल गइरहेको बच्चा कहिलेकाहीं अचानक जान मान्दैनन् । स्कुल जान डराउने, रुने, कराउने, झगडा गर्ने गर्छन् । बालबालिकाको यस्तो जिद्दीको अगाडि अभिभावक पनि लाचार भएर उनीहरुको इच्छाअनुसार स्कुल पठाउँदैनन् । कहिलेकाहीं यस्तो अवस्था आएमा त गम्भीर नहोला ।

    Advertisement

    तर कतिपय अवस्थामा लामो समयसम्म पनि बालबालिका स्कुल जान मान्दैनन् । बच्चालाई सक्ल पठाउने अभिभावकको प्रयास असफल भइरहेको हुन्छ । कसैलाई बल्ल पठायो, पुन: फर्किएर आउने र अर्को दिन पठाउन कठिन हुने अवस्था हुन्छ ।

    यस्तोमा बालबालिकाको यस्तो बानीबाट आजित कतिपय अभिभावक स्कुल नजानुको कारण बुझ्नुको सट्टा बच्चाले नै झुट बोलेको वा बहाना बनाएको ठानेर कुटपिट गरी विद्यालय पठाउने गर्छन् । जुन विल्कुल गलत हो ।

    स्कुलको वातावरण, साथी वा शिक्षकहरूका कारण उनीहरुमा परेको मानसिक प्रभावले स्कुल जान नखोजेको हुन सक्छ । यस्तोमा उनीहरुलाई कुटपिट गर्नुको सट्टा के कारणले जान चाहँदैनन् त्यो बुझ्नु जरुरी छ ।

    साथीबाट बुलिङ

    स्कुल भनेको साथीभाइ जमघटको स्थान पनि हो । आफ्ना उमेरसमूह र मिल्ने साथीसमूहबीच स्कुलमा प्रायः बालबालिकाको ग्रुप बनिसकेको हुन्छ । केही बालबालिका पहिल्यै जमिसकेको समूहमा भिज्न नसक्दा आफूलाई एक्लो अनुभव गर्न सक्छन् । त्यति मात्र होइन, कहिलेकाहीं स्कुलमा साथीभाइबाट बुलिङ भइररहेको हुन सक्छ । स्कुलमा साथीभाइले होच्याउने, नामलाई बंग्याएर बोलाउने तथा जिस्काउने, धम्काउने जस्ता कार्यले उसले केही भन्न नसक्ने र बिस्तारै बच्चाको मनमा डर बस्न सक्छ । त्यो डरले स्कुलको नाम सुन्दै बच्चाको टाउको दुखाइ बन्न सक्छ ।

    आफूलाई कमजोर ठान्ने

    स्कुलमा बच्चाले आफ्ना साथीहरूसँग सबै कुरामा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अन्य सहपाठीजस्तो पढाइमा कमजोर भए वा अरुले बारम्बार भनिरहेमा उसले आफूलाई कमजोर ठान्ने र आत्मविश्वासमा कमी हुन्छ, जसले विद्यालय जान नगर्न सक्छन् । यसबाहेक यदि बच्चाले अन्य बच्चाहरूको तुलनामा सिक्न बढी समय लिन्छ भने उनीहरु झन् आत्तिने र ध्यान केन्द्रित नगर्ने समस्या हुन सक्छ ।

    यदि अरू बच्चाहरू भन्दा सिक्न बढी समय लगाउने, कक्षामा कुनै पनि प्रश्नको जवाफ दिन नसकेमा उसको यो कमीलाई स्कुलमा मजाक बनाइएको देखिन्छ । प्रश्नको जवाफ दिन नसकेपछि शिक्षकले बालबालिकालाई हप्काउने, अन्यसँग तुलना गरिदिने, साथीभाइले पनि जिस्काउने गर्ने परिपाटीले गर्दा आफ्नो कमजोरी लुकाउन बच्चाहरु विद्यालय नजाने बहाना खोज्न थाल्छन् । यसले बालबालिकाको मनोबल घटाउँछ ।

    समयमा कार्य पूरा नहुनु

    विद्यालयमा शिक्षकले उनीहरूलाई विद्यालयमा अभ्यास गराउने मात्र होइन, घरबाटै पूरा गर्ने काम पनि दिन्छन् । यस्तो अवस्थामा कतिपय बालबालिकाले अभ्यासको अवधारणा बुझ्दैनन् वा आफ्नो कक्षाको काम र गृहकार्य पूरा गर्न नसक्ने अवस्थामा शिक्षकबाट गाली गर्ने डर हुन्छ । यस्तो अवस्थामा उनीहरूले यो गालीबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको विद्यालय नजानु नै हो भन्ने ठान्छन् । त्यसैले विद्यालय नजान बहाना बनाउँछन् ।

    एन्जाइटी हुन सक्छ

    बच्चाले विभिन्न कारणवश विद्यालय जानबाट पन्छिन खोजेमा उसमा आजीवन नकरात्मक असर पार्न सक्छ । जस्तै, ६ महिना पढाइ छुटेको छ भने पनि बालबालिकालाई पछि कक्षामा पुन: सामेल हुन गाह्रो हुन्छ । यसबाट उनीहरुमा झन् मानसिक दबाब पर्न जान्छ ।

    यदि स्कुलमा तनावपूर्ण वातावरण भइरह्यो र समयमै यसको समाधान भएन भने बच्चामा एन्जाइटी हुन सक्छ । पढाइमा ध्यान दिन नसक्नु, परीक्षाको डर, अन्य बालबालिकाबाट पीडित, शिक्षकद्वारा कुटपिट तथा यातना दिइएमा बालबालिकामा परिणाम स्वरुपः स्कुल जान मन नगर्ने, स्कुल जान डराउने, विद्यालय गएपछि टाउको भारी हुने, पेट दुखाइ, कहिले ज्वरो समेत आउने जस्ता स्वास्थ्य समस्या हुन सक्छ ।

    यस्ता मानसिक समस्याबाट ग्रस्त भएका बालबालिकामा स्वास्थ्य जाँच चेक गराउँदा पनि कुनै पनि किसिमको शारीरिक रोग नदेखिने हुन्छ । अर्थात्, तनावपूर्ण वातावरणले उनीहरुमा एन्जाइटी गराई शारीरिक रुपमा पनि प्रतिक्रिया स्वरुप असहजताको महसुस गराउन सक्छ ।

    समाधान कसरी गर्ने ?

    स्कुल जान नमान्ने कारण पत्ता लगाउन प्रयास गर्ने

    यस्ता समस्या देखा परेमा सर्वप्रथम उनीहरुमा के कारणले यस्तो समस्या देखा पर्‍यो भन्ने विषयको पत्ता लगाई समस्या समाधान गर्नेतर्फ लाग्नुपर्छ । बच्चाको नजिक हुने पहिले सदस्य भनेको अभिभावक हो । अभिभावकले किन स्कुल जान नमानेका कारण नरम भएर सोध्नुपर्छ । यदि बच्चाबाट कुरा नआए स्कुलमा केही घटना घटेको छ कि भनेर बुझ्नु जरुरी हुन्छ । किनकि यो समस्यालाई जति धेरै बेवास्ता गरिन्छ, त्यति बच्चाको मनोदशा बिग्रिंदै जान्छ ।

    साथीजस्तो व्यवहार गर्ने

    आफनो बालबच्चालाई सधैं साथीको रूपमा कुरा गर्नुहोस् । ताकि उसले आफ्ना सबै कुरा तपाईंसँग खुलेर भन्न सकोस् । स्कुलबाट आएपछि बच्चासँग घुलमिल हुने प्रयास गर्नुपर्छ । सुरुवातका लागि आफ्नो विद्यालय र विद्यालयका रमाइलो पलबारेमा बताउनुपर्छ । जसले गर्दा उनीहरूलाई स्कुल एकदमै रमाइलो ठाउँ हो भन्ने लागेर जान प्रेरित हुन सक्छन् ।

    पढाइमा कमजोर भए गाली नगर्ने

    बच्चा पढाइमा कमजोर छ भने उसलाई सिकाउने, बुझाउने प्रयास गर्न सकिन्छ । अभिभावकले होस् वा शिक्षकले उनीहरुलाई कमजोर भएको भान नगराई मेहनत गराउन अभिप्रेरित गर्नुपर्छ ।हरेक शिक्षकले कुनै पनि विषय बच्चालाई असहज लागेमा आफूले धैर्य राखी उनीहरुले बुझ्ने शैलीमा बुझाउनुपर्छ । र, केही गडबड भए पनि उनीहरूलाई स्नेहपूर्वक बुझाउनुपर्छ ताकि उनीहरूले आफ्ना कमजोरी र गल्तीहरूलाई सकारात्मक रूपमा लिएर सुधार्न सकुन् ।बालबालिकामा सम्झाउँदा, फकाउँदा पनि उचित सुधार नदेखिएमा सम्बन्धित चिकित्सकसँगको परामर्शमा औषधिसमेत खुवाउनुपर्ने हुन्छ ।

    लेखक: डा. गुन्जन धुजु, बाल मनोचिकित्सक

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer