• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

मृत्युदण्ड दिन बनाइएको गोलघर, जहाँ छन् सात कैदी


  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • काठमाडौं । गएको असोज १९ गते सुन्धारा कारागार प्रशासनले गोलघरभित्र राखिएका मोरङका चूडामणि उप्रेती ‘गोरे’लाई बाहिर निकाल्यो । ०७४ माघमा साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेर जेल पुगेका गोरेलाई गोलघरभित्र राखिएको थियो ।

    Advertisement

    गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको र परिवारका सदस्य समेतले गोलघरबाहिर राख्दा कुनै समस्या नहुने बताएसँगै उनलाई पाँच वर्षपछि त्यहाँबाट बाहिर निकालिएको हो ।

    त्यसयता गोरे कारागारका अरू कैदीसरह बस्दै आएका छन् । सुन तस्करी र शाक्य हत्या प्रकरणमा ०७८ मा जिल्ला अदालत मोरङले गोरेलाई दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाइएको थियो ।

    कति छ सुन्धारा कारागारभित्र गोलघर ?

    देशभरमा गोलघरको सुविधा भएको जेल काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार मात्र हो । सुन्धारा कारागारका प्रमुख ललित बस्नेतका अनुसार त्यहाँ गोलघरभित्र आठ कोठा छन् । सात कैदीबन्दीलाई गोलघरभित्र राखिएको छ । एउटा भने खाली छ । गोलघरभित्र राखिएका कैदीलाई केही दिनअघि अर्को कारागारमा सरुवा गरिएपछि एउटा खाली भएको हो ।

    गोरेलाई गोलघरबाट बाहिर निकालिएपछि सो स्थानमा सिन्धुपाल्चोकका २२ वर्षीय सञ्जय भण्डारीलाई राखिएको छ । उनी गएको भदौ ३० गते तीनकुनेस्थित दिव्य सःमिलमा दोलखाका कुमार भुजेलको परिवारसहित चारजनाको हत्या अभियोगमा पुर्पक्षका निम्ति जेल पुगेका कैदी हुन् ।

    एक चिनियाँ नागरिकलाई पनि गोलघरभित्र राखिएको छ । लागुऔषध मुद्दामा पक्राउ परेर पुर्पक्षका निम्ति जेल पुगेका ती चिनियाँ नागरिकलाई अस्पताल लैजाँदा भाग्न खोजेका थिए । त्यसपछि उनलाई गोलघरभित्र राखिएको कारागार प्रमुख बस्नेतले जानकारी दिए ।

    उनका अनुसार कैदी राखिएका अरू गोलघरमध्ये दुइटामा तेस्रोलिंगी र एउटामा चोरी डाँका मुद्दामा जेल पुगेका अमित तुलाधार छन् । तुलाधरले पटक–पटक आत्महत्याको प्रयास गरेको खुलेपछि उनलाई गोलघरभित्र राखिएको हो । अरू दुई गोलघरमा कारागारबाट भाग्न खोज्ने कैदीलाई राखिएको बस्नेतले बताए ।

    कस्तो छ गोलघर ?

    गोलघर राणाशासनकालमा राणाविरोधी गतिविधि गर्नेलाई ‘डेथ पेनाल्टी’ मृत्युदण्ड दिने उद्देश्यले निर्माण गरिएको हो ।

    वि.संं १९७१ सालमा चन्द्रशमशेरले निर्माण गराएको गोलघरभित्र राणाशासनविरोधी गतिविधि गरेको भन्दै गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई राखिएको थियो । पछि उनीहरूलाई मृत्युदण्ड दिइयो ।

    पञ्चायतविरोधी गतिविधि गर्ने नेताहरूलाई समेत पक्राउ गरेर गोलघरभित्र राखिएको थियो । कारागार प्रशासनका अनुसार बाहिरबाट हेर्दा गोलो आधारको घर देखिए पनि त्यहाँ करिब ४ फिट उचाइ र ६ फिट चौडाइका कोठाहरू छन् । त्यसको बाहिरपट्टि सानो ठाउँमा शौचालयको व्यवस्था मिलाइएको हुन्छ ।

    हाल कुख्यात अपराधी, संगठित अपराधको जालो फैलाउने प्रवृत्तिका कैदीहरूलाई गोलघरभित्र राख्ने गरिएको छ । उनीहरूले कारागारभित्रैबाट आपराधिक गतिविधि सञ्चालन गर्ने खतरा देखिएपछि प्रशासनको निर्णयानुसार नै गोलघरभित्र राख्ने गरिएको बस्नेतले बताए ।

    केन्द्रीय कारागारभित्र करिब तीन हजार कैदी छन् । यो संख्या दिनैपिच्छे बढ्ने र घट्ने गर्छ ।

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer