• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

यो कस्तो खालको व्यवस्थापन?: पशुमाथि मान्छेको अत्याचार


  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • रुपन्देही। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा रहेका छाडा चौपायालाई व्यवस्थित गर्ने नाममा क्रूर यातना दिइएको छ।

    Advertisement

    कात्तिकको दोस्रो हप्ता संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी भ्रमणमा आउने भएपछि लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले विनायोजना हतारहतार कोषपरिसरमा तारबार गरी करिब तीन सय छाडा चौपाया राखेका थिए। करिब तीन बिघा क्षेत्रफलमा तारजाली लगाएर राखिएको छाडा चौपायालाई समयमै दानापानी र औषधिको व्यवस्था नहुँदा अहिले चौपायाहरू मर्न थालेका छन्।

    चौपाया व्यवस्थापनका लागि कोषले एकजना र नगरपालिकाले ६ जना कर्मचारी राखे पनि उनीहरूले सही तरिकाले काम नगर्दा समस्या थप जटिल हुन थालेको स्थानीयको गुनासो छ। चौपाया एक महिनादेखि परालको भरमा छन्। तिनीहरूले हरियो घाँस, दाना र औषधि देख्न पनि पाएका छैनन्।

    अस्थायी रूपमा छाडा चौपाया राखिएको ठाउँमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका तर्फबाट नियमित रूपमा ६ जना कर्मचारी खटाएर घाँसको व्यवस्थापन गर्ने र लुम्बिनी विकास कोषले पानी र परालको व्यवस्थापन गर्ने निर्णय भए पनि काम नहुँदा दैनिकजसो चौपायाहरू मर्न थालेका छन्।

    केही दिनअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल र वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको बैठकले अस्थायी रूपमा छाडा चौपायाको व्यवस्थापनको विषयलाई तत्काल सम्बोधन गर्ने र दीर्घकालीन समाधान खोज्ने निर्णय गरेको थियो। सो निर्णय पनि कागजमै सीमित हुँदा अहिले गाईगोरु पीडादायी तरिकाबाट मरिरहेका छन्। व्यवस्थापन नहुँदा कतिपय जिउँदा चौपायाका आँखा चराहरूले खाइदिएका भयानक दृश्य देखिन्छन्।

    अस्थायी रूपमा व्यवस्थापन गरिएको छाडा चौपायालाई थप व्यवस्थित बनाउने निर्णय गरिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए। छाडा चौपायाको स्वास्थ्य परीक्षणका लागि एनिमल नेपाललाई आग्रह गर्ने निर्णयसमेत भएको शाक्यले बताए।

    लुम्बिनीमा छाडा चौपायाले किसानहरूको बालीनालीसमेत नष्ट गर्ने गरेका थिए। इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार छाडा चौपायाहरू हुँदा किसानहरू रातभर जाग्राम बसेर बाली कुर्दै आएका थिए। तर, कात्तिक पहिलो हप्ता रातारात कोषले छाडा चौपाया नियन्त्रणमा लिएको थियो। संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी भ्रमणमा आउने निश्चित भएपछि कोषले छाडा चौपाया नियन्त्रणमा लिएको थियो।

    छाडा चौपाया नियन्त्रणमा हुँदा लुम्बिनी वरपर सुन्दरता बढेको भन्दै कोषलाई चौपाया सडकमा नछाड्न दबाब परेसँगै पछिल्लो एक महिनादेखि चौपाया थुनामा छन्। दानापानी र औषधिको व्यवस्थापन नहुँदा भने अहिले गाईगोरु थुनामै पीडादायी मृत्युवरण गरिरहेका छन्।

    खाना खान नपाएर बिरामी परी ढलेका गाईगोरु उठ्न नसकेको अवस्थामा चराहरूले आँखा खाइदिँदा भयानक तरिकाले मर्न बाध्य भएका चौपाया कुर्न खटिएका एक कर्मचारीले बताए। करिब तीन सयको हाराहारीमा थुनिएकामा एक महिनाको अवधिमा ४० भन्दा बढी चौपाया मरिसकेका कोषका कर्मचारीहरू बताउँछन्। मरेका चौपायालाई डोजर लगाएर सोही स्थानमा गाडिएका छन्। चौपायालाई थुनिएको क्षेत्रमा अहिले धेरै खाल्टाहरू देखिन्छन्।

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer