☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

काम अलपत्र पार्ने निर्माण व्यवसायी कालोसूचीमा


  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर काम अलपत्र पार्ने आठ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । सरकारका विभिन्न पाँच वटा निकाय अन्तर्गत निर्माणका काम जिम्मा लिएर अलपत्र पार्ने निर्माण व्यवसायीलाई खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।

    Advertisement

    ठेक्का लिएर काम नगर्ने आठ निर्माण व्यवसायी कालोसूचीमा
    कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ठेक्का लिएर काम अलपत्र पार्ने भारत कन्स्ट्रक्सन, मैनाचुली कन्स्ट्रक्सन र सिद्धिसाई कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । ती तीन कम्पनीले भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीमार्फत् लोकमार्गको पाँचथर खण्डमा ठेक्का लिएर काम अलपत्र पारेपछि आयोजनाको कार्यालय फिदिम पाँचथरले लेखिपठाएका आधारमा कालोसूचीमा राखिएको हो ।

    यी कम्पनी सन्चालक क्रमश: राजिव गुर्गा, मदनकुमार अधिकारी र दिपेन्द्रबहादुर शाही हुन् । त्यस्तै, धादिङको धुनीबेँसी नगरपालिकाको सिफारिसमा कार्स्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्स पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । सो कम्पनीका सन्चालक विक्रम तामाङ हुन् ।

    त्यस्तै, जुम्लाको चन्दनाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । सो कम्पनीका सन्चालक हरिराम बोहोरा हुन् । कार्यालयले झापाको कमल गाउँपालिकाको सिफारिसमा शेर्पा–हेना–सुनामी जेभीलाई पनि एक वर्षको लागि कालोसूचीमा राखेको छ ।

    यी कम्पनीका सञ्चालकहरू क्रमश: फुर्तेम्बा शेर्पा, गणेशबहादुर बस्नेत र पोष्टबहादुर बोगटी हुन् । कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरुले अब सूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer