• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ०२, २०८३
☰
शनिबार, जेठ ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बाबू अख्तियारको आयुक्त, छोरीद्वारा अर्काको घर तोडफोड


  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त जयबहादुर चन्दकी छोरीले एक घरमा तोडफोड गरेकी छन् । बालुवाटारमा रहेको एक आफन्तको घरमा आयुक्त चन्दकी छोरीसहितको समूहले तोडफोड गरेको हो ।
    आइतबार साँझ बालुवाटारमा रहेको आफ्नो घरमा सुप्रभा चन्दसहितको समूह गएर तोडफोड गरेको पीडित मनिषा बास्कोटाले बताइन् । नाताले छोरीकी जेठानी पर्ने सुप्रभा चन्दसहितको समूह आफूहरु घरमा नभएको समयमा प्रवेश गरी तोडफोड गरेको मनिषाको भनाइ छ ।

    Advertisement

    मनिषाका अनुसार सुप्रभा अख्तियारका आयुक्त जयबहादुर चन्दकी छोरी हुन् । बुबा अख्तियारको आयुक्त भएको धम्की र पावर देखाउँदै आफूहरुको घरमा आएर तोडफोड गरिएको मनिषाले सुनाइन् । प्रहरीले पक्राउ गर्न खोज्दासमेत सुप्रभाले आयुक्तकी छोरी हुँ भन्दै धम्की दिएपछि प्रहरी फर्किएको मनिषाले बताइन् ।

    आइतबार ज्वाइँ सुमेर राणा, छोरीकी सासु, छोरीका जेठाजु उज्ज्वल राणा र छोरीकी जेठानी दिदीसमेत रहेकी सुप्रभा चन्दले आफ्नो घरमा प्रवेश गरी गमलाहरु फुटाएको, ढोकाको लक तोडेर भित्र प्रवेश गरेको र बगैंचामा फूलहरु समेत भाँच्ने र काट्ने गरेको मनिषाले बताइन् ।

    आफूहरु नभएको समयमा घरमा प्रवेश गरी तोडफोड गरेपछि पीडित मनिषा बास्कोटाले जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त मालीगाउँमा शान्ति सुरक्षा र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै निवेदन दिइएको बताइन् ।

    यस सम्बन्धमा बुझ्न मोबाइलमा सम्पर्क गर्दा सुप्रभा चन्दले कुनै रेस्पोन्स गरिनन् । सो सम्बन्धमा सुमेर राणाकी आमा किशोरी राणालाई सम्पर्क गर्दा सुरुमै त्यहाँ नगएको दाबी गरिन् । उनले भनिन्, ‘को गएको भन्ने थाहा भएन ।’

    पछि ‘तपाईंहरु जानुभएको रहेछ, कुरा के हो ?’भनी सोध्दा उनले भनिन्, ‘पहिले त्यही मनिषाले हामीलाई बोलाएको हो, पछि हामी जाँदा उनीहरु त्यहाँ थिएनन् । त्यसकी छोरी र हाम्री बुहारी भनाउँदीलाई उनीहरुले कहाँ लुकाए भनेर त्यसैलाई सोध्नुहोस् न ।’

    यत्ति भनेर उनले फोन काटिन् ।

    प्रहरी भन्छ– पारिवारिक विवाद हो

    यता प्रहरीले भने दुई परिवारबिचको विवाद भएकाले तत्कालै कुनै कारबाही प्रक्रिया अगाडि नबढेको र उजुरी आएमा कारबाही गर्ने बताएको छ । प्रहरी वृत्त मालीगाउँका डीएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार मंगलबार अपराह्न ३ बजेसम्म कुनै उजुरी आएको छैन । उजुरी आएमा छानबिन गरी कारबाही गरिने उनले बताए ।

    डीएसपी सुवेदीका अनुसार मनिषाको छोरी र सुप्रभाको देवरबिच एक वर्ष अगाडि मात्रै विवाह भएको थियो । तर छोरीमाथि हेला भएको र बन्दी बनाएर राखिएको भन्दै मनिषाको परिवारले छोरीलाई उनको घरबाट ल्याई अमेरिका पठाएका थिए । त्यसपछि उनीहरु झगडा र तोडफोड गर्न मनिषाको घरमा पुगेका थिए ।

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • २.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ४.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: जेठ, २०८३

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer