• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

विद्यार्थीलाई पुजा विधान सिकाउँदै दरबार हाई स्कुल


  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • काठमाण्डौ ।  काठमाण्डौको रानीपोखरीमा रहेको दरबार हाई स्कुलले विद्यार्थीलाई अग्नि स्थापना तथा रुद्राभिषेकबारे पूजा विधि विधान सिकाएको छ।

    Advertisement

    आज विहान संस्कृत शिक्षा अन्तर्गतका कर्मकाण्ड विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई कर्मकाण्डबारे व्यवहारिक ज्ञान दिन स्कुल प्राङ्गणमा अग्नि स्थापना तथा रुद्राभिषेकबारे पूजा विधि विधान सिकाएको हो।

    विहान सात बजे देखिनै स्कुलमा विद्यार्थी, अभिभावक, शिक्षक तथा महानगर शिक्षा विभागको प्रमुखको उपस्थित थियो।कर्मकाण्डका विद्यार्थीहरू आफूले किताबमा पढेका विषयबारे व्यवहारिक ज्ञान लिन आतुर देखिन्थे।अग्नि स्थापना तथा रुद्राभिषेक पूजाको तयारीको लागि समूहमा बाँडिएर कोही रेखी बनाउने, कोही मण्डप सजाउने, कोही दियो सजाउने, कोही कलश सजाउने , कोही गणेश स्थापना गर्नमा व्यस्त थिए।यसै गरी केही विद्यार्थीको समूह रुद्री पाठ गरिरहेका थिए।त कोही वेद पढ्ने , केही समूह चण्डी पाठ गर्न व्यस्त थिए त केही समूहका विद्यार्थीहरू माला जपी रहेका थिए । स्कुलको माहौल निकै उत्साहित देखिन्थ्यो।

    विहान ७ बजेदेखि विहान ११ बजेसम्म स्कुलले विद्यार्थीलाई कर्मकाण्डबारे पूर्ण रुपमा व्यवहारिक ज्ञान दिँदा विद्यार्थीहरू उत्साहित बनेका थिए । उनीहरूलाई किताबमा पढ्नु भन्दा साथीहरू मिलेर समूहमा व्यवहारिक ज्ञान पाउँदा पढेको विषय राम्ररी बुझेको साथीभाइसँग छलफल गरिरहेका थिए।

    कर्मकाण्ड व्यवहारिक विषय भएकोले विद्यार्थीले किताबी ज्ञान भन्दा पनि व्यवहारिक रूपमै पूजा आजा गरेरै विधि विधान बुझ्नु पर्ने आवश्यक भएकोले स्कुल प्राङ्गणमा आज विद्यार्थी, अभिभावक, शिक्षक र महानगर शिक्षा विभाग का प्रमुखसहितको रोहवरमा स्कुलले अग्नि स्थापना र रुद्राभिषेकको विधि सिकाएको हो।

    स्कुलमा कर्मकाण्ड अध्यापन गराउने गुरु ओमकार दुलाल र भानुभक्त खनालले विद्यार्थीहरूको समूह विभाजन गरि सबै पूजाको विधि विधान अनुसारको पूजा सामाग्री, दियो, कलश, गणेश स्थापना गर्न लगाए।भने विद्यार्थीहरू पनि समूह बनाएर आ आफ्नो पढाइ अनुसारको पूजाको सबै तयारी गरे। कक्षा ९ देखि १२ मा अध्ययन गर्नु पर्ने कर्मकाण्ड ऐच्छिक विषयका सय विद्यार्थीहरू गुरुको निर्देशनमै पूजाका सबै तयारी गरे।पूजामा विद्यार्थीले व्यवहारिक ज्ञान पाए पाएनन् बारे जानकारी राख्न काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सिताराम कोइरालाको समेत उपस्थित रहेको थियो।

    स्कुलका प्रिन्सिपल शिव अधिकारीका अनुसार कर्मकाण्ड व्यवहारिक विषय भएकोले किताबमा मात्र सीमित गर्दा विद्यार्थीले कर्मकाण्ड कसरी गर्ने बारे खासै तरिका नजान्ने भएकोले स्कुल प्राङ्गणगणमै विधिपूर्वक पूजा लगाउँदा समग्र कर्मकाण्ड कसरी गर्ने बारे ज्ञान पाएको जनाए।उनले विद्यार्थीलाई चार वेद, अग्नि संस्कार,शिव स्थापना, रेखी बनाउने, दियो स्थापना, मण्डप पूजा ,कलश स्थापना तथा गणेश पूजा बारे मन्त्र उच्चारणसहित विधि पूर्वक पूजा गर्न प्राक्टिकल रुपमा ज्ञान दिएपछि विद्यार्थीले कहिल्यै नविर्सने बताए।

    गुरु ओमकार दुलाल र गुरु भानुभक्त खनालको अगुवाइमा विद्यार्थीले रुद्राभिषेक कसरी गर्ने, रुद्री कसरी पढ्ने , हवन कसरी गर्ने,कुन देवतालाई कति हवन गर्ने बारे बारे आफै सहभागी भएर स्पष्ट रुपमा सिकेका छन्,’ प्रिन्सिपल अधिकारीले नागरिकसँग भने ‘कर्मकाण्ड अध्ययन गर्ने विद्यार्थी पण्डित हुने हो।यो व्यवहारिक विषय नै हो । स्कुलमा सबै विद्यार्थीले आफूले अध्ययन गरेका विषयबारे गरेरै सिके। ’ उनले थपे ‘देव कर्मको सुरु देखि समापन सम्मको व्यवहारिक ज्ञान विद्यार्थीले पाएको हामीले महसुस गर्‍यौँ।’

    पूजा सकिए लगत्तै गुरुले सबैलाई रक्षा बाँधेर टिका लगाइ दिए। विद्यार्थीले तयार पारेको प्रसाद सबैले ग्रहण गरी उत्साह पूर्वक पूजा सम्पन्न गरे। पूजा सकिएपछि कक्षा ११ की मैया विश्वकर्माले आफूले मन्त्र जप गर्दा सुद्ध र विधि पूर्वक उच्चारण गर्न सिकेको जनाइन । ‘किताबमा मैले लिङ्गो गाड्ने विधि पढेको थिए केही दुबिधा थियो।आज प्रस्ट भँए ।आज मैले सुरु देखिनै पूजा विधि सिके, कुन कुन देवताको लागि कति, कसरी लिङ्गो गाड्ने विधि सिके। कति रमाइलो लाग्यो,’ मैयाले नागरिकसँग अनुभव सुनाइन् ‘मलाई पूजा गर्न रुचि लाग्छ तर जानकारी थिएन।मलाई योग र पूजामा रुचि भएकोले संस्कृत शिक्षा पढेकी हु ।’ उनले थपिन्‘वैज्ञानिक तरिकाले पनि ब्रह्माण्डमा भएको नकारात्मक ऊर्जालाई सही गर्ने विधि पनि पूजा नै हो।पूजा कसरी गर्ने विधि विधानबारे व्यवहारिक ज्ञान पाए।’

    कक्षा ११ को लोकस सिग्देल पनि मंगलबार कर्मकाण्डबारे समग्र पूजाको विधि सिकेको बताए। उनी बुढा नीलकण्ठ मन्दिरका पुजारी समेत हुन्।‘हालसम्म मैले किताबमा मात्र पढेको थिए। कर्मकाण्डबारे प्राक्टिकल गरेको थिइन् ,’लोकसले भने ‘झुक्किने विषयहरूबाट अब स्पष्ट भए। ’ उनले थपे‘पूजाको सुरुवात र समापनसम्मको सम्पूर्ण विधि विधानबारे आज व्यवहारिक ज्ञान पाए।’

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer