• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा आफैँले पाउनुपर्ने निगमको दाबी


  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाको निरन्तरता आफूले नै पाउनुपर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पहल गरी अनुरोध गर्ने निर्णय गरिएको जनाएको छ ।

    Advertisement

    विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाका विषयलाई लिएर पछिल्ला समय केही सञ्चारमाध्यमबाट प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै निगमले ग्राउन्ड ह्याण्डलिङ्ग सेवालाई सुरक्षित, विश्वसनीय र गुणस्तरीय बनाउन निरन्तर लगानी गर्दै आइरहेको पनि जनाएको छ ।

    विज्ञप्ति जारी गर्दै निगमले ग्राउण्ड ह्याण्डलिङ सेवाका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार उपकरण र दक्ष जनशक्ति तयार गरिएको पनि जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिरिक्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमासमेत ग्राउण्ड ह्याण्डलिङ गर्न अनुमति पाएका कारण यस क्षेत्रमा जनशक्तिलगायत उपकरणहरुको लागि थप लगानी गरी सेवालाई निरन्तरता दिइरहेको पनि निगमले प्रस्ट पारेको छ ।

    इयुको स्कुप अफ अडिटसँग सम्बन्धित नै नरहेको विमानस्थल ग्राउण्ड ह्याण्डलिङ सेवाप्रति आक्रमण हुनु अप्रासंगिक एवम् नेपाल सरकारको पूर्ण स्वमित्वमा रहेको निगमको लगानी र सम्पत्तिमा हानि नोक्सानी पुग्ने भएकोले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राखी मङ्सिर ८ को निगम कार्यकारी समितिको बैठकबाट र निगममा क्रियाशील चार वटै कर्मचारी ट्रेड युनियन सहित निगम व्यवस्थापनको मिति मङ्सिर १९ को बैठकबाट निगमले नै ग्राउण्ड ह्याण्डलिङ गर्नु पर्ने कुरामा एकताबद्ध रही दृढतापूर्वक उभिन र यसको निरन्तरता, लगानीको सुनिश्चितताका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको पनि निगमले जनाएको छ ।

    निगमले नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको निगमको ग्राउण्ड ह्याण्डलिङ सेवाको निरन्तरताका लागि उपकरणहरुमा गरिएको अर्बौं रुपैयाँ लगानीको सुनिश्चितता, व्यावसायिक दक्षता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुरक्षाको सुनिश्चितताका लागि समेत निगमको पक्षमा यथार्थ सूचना सम्प्रेषण गरी ऐक्यबद्धता जनाइदिन सबैमा अनुरोध गरेको छ ।

    बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer